back
CTIZAN AD

धिमाल संगठन एक भए

वि.सं.२०७५ कात्तिक १६ शुक्रवार

642 

shares

१६ कात्तिक, उर्लाबारी। तत्कालीन नेकपा (एमाले)  निकट नेपाल लोकतान्त्रिक धिमाल सङ्घ र नेकपा माओवादी केन्द्र निकट धिमाल राष्ट्रिय मुक्ति मोर्चा नेपालबीच आज एकता भएको छ ।

धिमाल जातीय विकास केन्द्रमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रदेश नं १ का इञ्चार्ज भीम आचार्यको प्रमुख आतिथ्यतामा भएको एकता भेलाबाट पूर्वसांसदसमेत रहेका पर्तमान धिमालको अध्यक्षतामा ५१ सदस्यीय नेपाल गणतान्त्रिक धिमाल सङ्घ गठन गरिएको छ । सङ्घको सहअध्यक्षमा गणेशमान धिमाल, उपाध्यक्षद्वयमा जीवनकुमार धिमाल र रत्नबहादुर धिमाल, महासचिवमा तारिलाल धिमाल, सचिवमा अम्बरबहादुर धिमाल तथा कोषाध्यक्षमा टेकमाया धिमाल रहेका छन् ।

सदस्यमा कविराज धिमाल, कमार धिमाल, शान्तिमाया धिमाल, भुवन कुमार धिमाललगायत छन् । प्रदेश इञ्चार्ज आचार्यले पार्टी एकता सबै तहमा अघि बढिसकेको उल्लेख गर्दै सबै जातजाति, दललगायत आम नेपालीबीचको एकता जरुरी रहेकोमा जोड दिए।

प्रदेश नं १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीले जातजातिको सम्मान र संरक्षण गर्न बृहत् जातीय सङ्ग्रहालय स्थापना गर्ने तयारीमा प्रदेश सरकार रहेको जानकारी गराए । एकता भेलामा पार्टीका केन्द्रीय सदस्य महेश रेग्मी, प्रदेश नं १ का सहइञ्चार्ज सावित्रीकुमार काफ्ले, प्रतिनिधिसभा सदस्य घनश्याम खतिवडालगायतले केन्द्रदेखि वडासम्म पार्टीलाई मजबुद बनाउन लाग्नुपर्नेमा जोड दिएका थिए ।

वि.सं.२०७५ कात्तिक १६ शुक्रवार १९:४० मा प्रकाशित

२५ करोड मूल्य पर्ने सल्लाको आँख्ला भारत निकासी नहुँदा समस्या

२५ करोड मूल्य पर्ने सल्लाको आँख्ला भारत निकासी नहुँदा समस्या

नेपालगन्ज । सल्लाको आख्ला भारत निकासी नहुँदा जडीबुटी व्यवसायी समस्यामा...

सार्वजनिक जग्गालाई आय आर्जनसँग जोड्न स्याउखेती

सार्वजनिक जग्गालाई आय आर्जनसँग जोड्न स्याउखेती

गलकोट (बागलुङ) । बागलुङको तमानखोला गाउँपालिकाले सार्वजनिक जग्गालाई आय आर्जनसँग...

पैदल यात्रीको मृत्यु

पैदल यात्रीको मृत्यु

जलेश्वर (महोत्तरी) । जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले...

असिनाको असरः ‘बुद्धचित्त’को गुणस्तर खस्कनेमा किसानको चिन्ता

असिनाको असरः ‘बुद्धचित्त’को गुणस्तर खस्कनेमा किसानको चिन्ता

काभ्रेपलाञ्चोक । रोशी गाउँपालिका–३ साँझकोटका गणेशबहादुर राउतलाई यसपालि बहमूल्य मानिएको...

नेपाल टेलिकमको फोरजी सेवा : ७५० स्थानीय निकायसम्म

नेपाल टेलिकमको फोरजी सेवा : ७५० स्थानीय निकायसम्म

काठमाडौँ । नेपाल टेलिकमले डोल्पा जिल्लाको छार्का ताङसोङ गाउँपालिकाको केन्द्र...

पर्यटकको रोजाइमा कोशी टप्पु

पर्यटकको रोजाइमा कोशी टप्पु

पर्यटकको रोजाइमा कोशी टप्पुधरान (सुनसरी) । आर्थिक वर्ष २०८१ ÷/८२...