back

इन्डियन प्रिमियर लिग २०१९ मा सन्दीप दिल्लीमै रहने

वि.सं.२०७५ कात्तिक ३० शुक्रवार

312 

shares
GLOBAL IME AD
NTC AD

३० कात्तिक, काठमाडौँ । नेपाली युवा क्रिकेट खेलाडी सन्दीप लामिछाने इन्डियन प्रिमियर लिग (आइपिएल) २०१९ मा दिल्ली डेयर डेभिल्समै रहने भएका छन् ।

सन्दीपलाई दिल्लीले लगातार दोस्रो पटक आफ्नो टिममा राखेको हो । आइपिएलको अघिल्लो संस्करणमा दिल्लीले पहिलो पटक उनलाई टिममा लिएको थियो । उनी आइपिएल खेल्ने पहिलो नेपाली खेलाडी हुन् । सन् २०१८ को आइपिएलमा दिल्लीले सन्दीपलाई रु ३२ लाखमा अनुबन्ध गरेको थियो । सन् २०१९ को आइपिएलमा उनलाई अनुबन्ध गरेको रकम भने खुलाइएको छैन ।

सन् २०१८ को आइपिएलमा सन्दीपले दिल्लीका लागि तीन खेल खेल्दै पाँच विकेट लिएका थिए । सन्दीपले आइपिएलसँगै क्याराभिएन प्रिमियर लिग (सिपिएल), ग्लोबल टी–२० (क्यानडा) र अफगानिस्तान प्रिमियर लिग (एपिएल) खेलिसकेका छन् । उनी अष्ट्रेलियन बिग बास लिग र बङ्गलादेश प्रिमियर लिगका लागिसमेत छनोट भइसकेका छन् ।

वि.सं.२०७५ कात्तिक ३० शुक्रवार १३:२० मा प्रकाशित

यु-१९ विश्वकप महिला क्रिकेट : अष्ट्रेलियाले दियो एक सय ४० रनको चुनौती

यु-१९ विश्वकप महिला क्रिकेट : अष्ट्रेलियाले दियो एक सय ४० रनको चुनौती

काठमाडौं । आइसिसी महिला यु-१९ विश्वकप क्रिकेट प्रतियोगितामा अष्ट्रेलियाले नेपाललाई...

प्रधानमन्त्री कप महिला क्रिकेट : कोशी प्रदेश लगातार विजयी

प्रधानमन्त्री कप महिला क्रिकेट : कोशी प्रदेश लगातार विजयी

फाप्ला (कैलाली) । कोशी प्रदेश यहाँ जारी प्रधानमन्त्री कप महिला...

यु-१९ महिला विश्वकप क्रिकेट : नेपाल स्कटल्यान्डविरुद्ध ब्याटिङमा

यु-१९ महिला विश्वकप क्रिकेट : नेपाल स्कटल्यान्डविरुद्ध ब्याटिङमा

काठमाडौं । यु-१९ महिला विश्वकप क्रिकेट : नेपाल स्कटल्यान्डविरुद्ध ब्याटिङमा...

सन्दीप लामिछाने क्रिकेटबाट सन्यास लिने विचारमा

सन्दीप लामिछाने क्रिकेटबाट सन्यास लिने विचारमा

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका विश्वचर्चित लेग स्पिनर सन्दीप...

महिला विश्वकप क्रिकेटः पहिलो खेलमा नेपाल बङ्गलादेशसँग पराजित

महिला विश्वकप क्रिकेटः पहिलो खेलमा नेपाल बङ्गलादेशसँग पराजित

काठमाडौँ । आईसीसी यू–१९ टी–२० महिला विश्वकप क्रिकेट प्रतियोगिता आफ्नो...

टाइगर कप भलिबल माघ दोस्रो सातादेखि

टाइगर कप भलिबल माघ दोस्रो सातादेखि

काठमाडौँ । ‘टाइगर गु्रप अफ पोखरा नेपाल’को आयोजनामा पाँचौँ संस्करणको...