back
CTIZAN AD

निर्मला हत्याकाण्ड प्रकरण : आशंका गरिएका थप चारको पनि डिएनए मिलेन

वि.सं.२०७५ कात्तिक ३० शुक्रवार

618 

shares


३० कात्तिक, भीमदत्तनगर । कञ्चनपुरको भीमदत्तनगरपालिका–२ की १३ वर्षीया निर्मला पन्त हत्या प्रकरणको अनुसन्धानका क्रममा प्रहरीले पठाएको थप चार जनाको डिएनए रिपोर्ट ‘नेगेटिभ’ आएको छ ।

घटनामा संलग्न हुनसक्ने आशमा प्रहरीले चारको डिएनए परीक्षणका लागि केन्द्रीय विधि विज्ञान प्रयोगशाला पठाएको थियो । प्रहरी नायब उपरीक्षक कृष्णराज ओझाले बिहीबार आइपुगेको डिएनए रिपोर्ट आज हेरिएको र रिपोर्ट नमिलेको बताए । यसअघि प्रहरीले अभियुक्त भन्दै सार्वजनिक गरिएका भीमदत्तनगरपालिका–१९ बागफाँटाका दिलीपसिंह विष्टको डिएनए नमिले पछि साधारण तारेखमा छुटेका थिए ।

सोही घटनामा संलग्नताको आशङ्का तत्कालीन प्रहरी प्रमुख डिल्लीराज विष्टसहित चार जनाको पनि डिएनए परीक्षण गरिएको थियो । अनुसन्धानका क्रममा हालसम्म परीक्षण गरिएका डिएनए नमिले पनि प्रहरीले सुक्ष्मरुपमा घटनाको अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

वि.सं.२०७५ कात्तिक ३० शुक्रवार १८:०५ मा प्रकाशित

तिङ्कर सडकको दुम्लिङसम्म पहिलोपटक गाडी पुग्यो, स्थानयीवासी खुसी

तिङ्कर सडकको दुम्लिङसम्म पहिलोपटक गाडी पुग्यो, स्थानयीवासी खुसी

खलङ्गा (दार्चुला) । दार्चुलाको व्यास गाउँपालिका–२ स्थित दुम्लिङ गाउँमा पहिलोपटक...

नेपाल प्रवेश गर्ने भारतीय सवारीसाधनमाथि डिजिटल  निगरानी

नेपाल प्रवेश गर्ने भारतीय सवारीसाधनमाथि डिजिटल निगरानी

भैरहवा (रुपन्देही) । नेपाल प्रवेश गर्ने भारतीय सवारीसाधन माथिको निगरानी...

मुलुकको ऊर्जा जडित क्षमता चार हजार २९६ मेगावाट पुग्यो

मुलुकको ऊर्जा जडित क्षमता चार हजार २९६ मेगावाट पुग्यो

काठमाडौँ । मुलुकको कूल ऊर्जा जडित क्षमता चार हजार २९६...

वनको दाउराको विषयमा भएको विवादले लियो ज्यान

वनको दाउराको विषयमा भएको विवादले लियो ज्यान

घोराही (दाङ) ।  जिल्लाका राजपुर गाउँपालिका–४ मोतीपुरस्थित एक सामुदायिक वनमा...

आजको मौसम विवरण, यी प्रदेशमा मेघगर्जनसहित वर्षा हुने

आजको मौसम विवरण, यी प्रदेशमा मेघगर्जनसहित वर्षा हुने

काठमाडौँ । नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायूको साथै...

टेकपाइला-केसीसीबीच ऐतिहासिक सहकार्य

टेकपाइला-केसीसीबीच ऐतिहासिक सहकार्य

काठमाडौं । नेपालको सूचना प्रविधि र उच्च शिक्षालाई नयाँ उचाइमा...