back
CTIZAN AD

एन आई सी एशिया बैंकद्वारा विद्यालयलाई खानेपानी सहयोग

वि.सं.२०८३ जेठ १२ मंगलवार

441 

shares

काठमाडौं । एनआइसि एसिया बैंकले सुर्खेतको वीरेन्द्रनगरस्थित श्री नेपाल राष्ट्रिय प्राथमिक विद्यालयलाई पानी ट्यांकी तथा मोटर सहयोग गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सो सहयोग गरेको हो ।

बैंकले वीरेन्द्रनगर–१ धारापानीस्थित विद्यालयमा स्वच्छ खानेपानीको व्यवस्थापन, सहज शैक्षिक वातावरण तथा स्वास्थ्य अनुकूल वातावरण सिर्जना गर्ने उद्देश्यसहित पानी ट्यांकी तथा मोटर जडान गरेको जनाएको छ ।

१६७ भन्दा बढी विद्यार्थी अध्ययनरत उक्त विद्यालयमा आयोजित कार्यक्रममा बैंकका कर्णाली सर्कल हेड जीवन शाहीले विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष सुशिला सुनारलाई पानी ट्यांकी तथा मोटर हस्तान्तरण गरेका थिए । कार्यक्रम २०८३ जेठ ८ गते सम्पन्न भएको हो ।

कार्यक्रममा वीरेन्द्रनगर नगरपालिका वडा नम्बर–१ का वडा अध्यक्ष दिनेश खत्री, विद्यालय व्यवस्थापन समितिका प्रतिनिधि, शिक्षक–शिक्षिका, विद्यार्थी तथा बैंकका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

बैंकले उपलब्ध गराएको सहयोगले विद्यालयमा स्वच्छ खानेपानीको पहुँच अझ प्रभावकारी हुनुका साथै विद्यार्थी र शिक्षकहरुको स्वास्थ्य तथा पठनपाठन वातावरणमा सकारात्मक प्रभाव पर्ने विश्वास लिएको जनाएको छ ।

वि.सं.२०८३ जेठ १२ मंगलवार १३:५९ मा प्रकाशित

सुवा बाढीः १६५ जनाको शव फेला, ५७९ यात्रु बेपत्ता

सुवा बाढीः १६५ जनाको शव फेला, ५७९ यात्रु बेपत्ता

काठमाडौँ । रसुवास्थित भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित...

आज बिहानैदेखि हेलिकप्टरमार्फत उद्धार सुरु

आज बिहानैदेखि हेलिकप्टरमार्फत उद्धार सुरु

नुवाकोट । रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण घाइते तथा...

भोटेकोशी विपदमा छलफल गर्न  सर्वदलीय बैठक सुरु

भोटेकोशी विपदमा छलफल गर्न  सर्वदलीय बैठक सुरु

काठमाडौँ । भोटेकोशी बाढीबाट भएको क्षति, खोजी तथा उद्धार, राहत...

भोटेकोशी बाढीः २८ प्रहरी सम्पर्कविहीन

भोटेकोशी बाढीः २८ प्रहरी सम्पर्कविहीन

काठमाडौँ । भोटेकोशी बाढीपछि रसुवामा कार्यरत २८ प्रहरी कर्मचारी सम्पर्कविहीन...

प्रधानमन्त्री बालेनले विपद्को बेला सबै एकढिक्का हुनुपर्ने भन्दै आह्वान गरिरहँदा दलहरुलाई सम्बोधन किन गरेनन?

प्रधानमन्त्री बालेनले विपद्को बेला सबै एकढिक्का हुनुपर्ने भन्दै आह्वान गरिरहँदा दलहरुलाई सम्बोधन किन गरेनन?

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको भीषण...

भोटेकोशी र त्रिशूलीमा जोखिम कायमै

भोटेकोशी र त्रिशूलीमा जोखिम कायमै

काठमाडौं । गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन...