back

वार्तामा यमनी सरकार र विद्रोहीबाट करिब १५ हजार कैदीको नाम सार्वजनिक

वि.सं.२०७५ मंसिर २६ बुधवार

153 

shares
RBB AD
NTC AD

२६ मङ्सिर, रिम्बो, स्वीडेन । संयुक्त राष्ट्रसंघको पहलमा स्वीडेनमा भइरहेको यमनको सरकार र प्रतिस्पर्धी विद्रोहीबीचको वार्ताका क्रममा करिब १५ हजार कैदीहरूको नाम आदान प्रदान गरेका छन् ।

वार्ता शुरू भएको ठीक एक हप्ता पुग्दा उनीहरूबीच कतिपय बिषयहरूमा सहमतिको सम्भावना देखिएको छ भने केही बिषयमा दुवै अडानमा अडिग देखिएका छन् ।

यमनी राष्ट्रपति अबेद्रब्बो मन्सुर हाडी र राज्यको उत्तरी क्षेत्रमा पकड कायम रहेको हुथी विद्रोहीबीच सन् २०१५ देखि सुरु भएको द्वन्द्वका कारण यमनमा दश हजारभन्दा बढी ब्यक्तिको ज्यान गएको राष्ट्रसङ्घ तथ्याङ्क रहेको छ । तर यमनबारे चासो राख्दै आएका विभिन्न अधिकारवादी समूहहरूले यमनमा द्वन्द्वका कारण मृत्यु हुनेको सङ्ख्या उक्त सङ्ख्याको पाँच गुणा बढी रहेको बताउने गर्छन् ।

यमनमा द्वन्द्वका कारण करिब एक लाख ४० हजार नागरिकले भोकमरीको चरम सङ्कट व्यहोर्दै आएका छन् ।

यमनी हुथी विद्रोहीले वार्तामा दुबै पक्षबाट द्वन्द्वका कारण पिडित बनेका जम्मा १५ हजार कैदीहरूको नाम सार्वजनिक भएको घोषणा गरेको छ भने सरकारी प्रतिनिधिमण्डलले आफ्नोतर्फबाट आठ हजार कैदीको नाम सार्वजनिक गरेको बताएको छ । यद्यपि संयुक्त रूपमा कति नामहरू सार्वजनिक भए प्रतिक्रिया दिन चाहेन ।

दुवै पक्षलाई नाम दोहोरायर हेर्न आगामी दुई हप्ताको समय दिइएको छ । स्वीडेनमा भएको वार्ता यमनी विद्रोहीसँगको पहिलो वार्ता हो ।

वि.सं.२०७५ मंसिर २६ बुधवार ०९:३३ मा प्रकाशित

NLIC AD
NABIL bank AD
बङ्गलादेशमा अप्रिलको तापक्रम रेकर्डमा सबैभन्दा तातो

बङ्गलादेशमा अप्रिलको तापक्रम रेकर्डमा सबैभन्दा तातो

ढाका । बङ्गलादेशको मौसम ब्युरोले बुधबार अप्रिल रेकर्डमा सबैभन्दा तातो...

जापानमा ९० लाख घर खाली

जापानमा ९० लाख घर खाली

टोकियो । जापानमा खाली घरहरूको सङ्ख्या सन् २०२३ अक्टोबरसम्ममा ९०...

चीन र अमेरिका ‘प्रतिद्वन्द्वी नभई साझेदार हुनुपर्छ’-सी

चीन र अमेरिका ‘प्रतिद्वन्द्वी नभई साझेदार हुनुपर्छ’-सी

बेइजिङ । चीनका राष्ट्रपति सी जिनपिङले शुक्रबार अमेरिकी विदेशमन्त्री एन्टोनी...

दक्षिण कोरियाद्वारा पहिलो पृथ्वी नानोस्याटेलाइट प्रक्षेपण

दक्षिण कोरियाद्वारा पहिलो पृथ्वी नानोस्याटेलाइट प्रक्षेपण

सोल । सन् २०२७ सम्ममा उपग्रह समूह बनाउने योजनाको हिस्साका...

अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लगाउने विधेयक कांग्रेसद्वारा पारित

अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लगाउने विधेयक कांग्रेसद्वारा पारित

वासिङ्टन । अत्यन्त लोकप्रिय सामाजिक सञ्जाल एप टिकटकलाई यसको चिनियाँ...

फिलिपिन्समा चरम गर्मीका कारण छ को मृत्यु

फिलिपिन्समा चरम गर्मीका कारण छ को मृत्यु

मनिला । फिलिपिन्सको स्वास्थ्य विभाग (डिओएच) ले यस वर्ष जनवरी...