back
CTIZAN AD

मलेसियाबाट फर्किएका ७७ जिल्लाका युवाहरु काठमाडौँमा भेला भए

वि.सं.२०७५ पुस १८ बुधवार

618 

shares

१८ पुस, काठमाडौँ । सरकारले विदेशबाट फर्कने नेपाली युवालाई प्रदान गर्ने रु दश लाखबाट आफूले सिकेको सीपलाई सदुपयोग गराउने उद्देश्यका साथ मलेसियाबाट फर्किएका युवाको पहिलो राष्ट्रिय भेला मंगलबार सम्पन्न भएको छ ।

स्वरोजगारबाट देशको अर्थतन्त्रमा सहयोग गर्ने उद्देश्यका साथ भेलाको आयोजना गरिएको हो । ‘मलेसिया रिटर्नी समाज नेपाल’ देशका ७७ वटै जिल्लाबाट मलेसियामा गई रोजगारी गरेर फर्किएका युवाका लागि सो भेलाको आयोजना गरेको हो ।

विशेष गरी खाडी मुलुकमा गएर फर्किएका नेपाली युवाका पक्षमा नेपाल युवा परिषद्ले गरेको प्रयासबाट नै रु १० लाख सहुलियत ऋण दिने व्यवस्था सरकारले गरेको परिषद्का उपाध्यक्ष माधव ढुङ्गेलले बताए ।

“विकसित मुलुकमा बस्ने नेपालीले आफू नेपाली भएकामा आफैँलाई धिक्कार्छन्, तर जो खाडी मुलुकमा गएर काम गर्छन्, उनीहरु समृद्ध नेपालको सपना लिएर स्वदेशमै फर्कन्छन्”, ढुङ्गेलले भने ।

युवा परिषद्को तथ्याङ्कअनुसार २४ प्रतिशत अर्धदक्ष जनशक्ति विकसित मुलुकमा छन् भने ७० प्रतिशत युवा खाडीमुलुकमा काम गरिरहेका छन् । वैदेशिक रोजगार प्रवद्र्धन बोर्डमा निःशुल्करुपमा फारम वितरण गराउँदा पनि ठगीका घटना अगाडि आइरहेको बोर्डका कार्यकारी प्रमुख राजन श्रेष्ठले जानकारी दिए । “नेपालभित्रै श्रमको सम्मान गर्ने परिपाटीको विकास हुने हो भने सायद कुनै पनि युवालाई विदेश जानुपर्ने थिएन् होला”, उनले भने ।

नेपालभित्रै उद्यमशीलताको विकास गर्नु अहिलेको आवश्यकता रहेको उनले बताए । वैदेशिक रोजगारीबाट फर्किएका युवालाई पुनःविदेश जाने बाध्यात्मक स्थितिबाट माथि ल्याउन सचेतना दिने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको रिटर्नी समाज नेपालका बुद्धि भट्टराईले जानकारी दिए ।

भेलाले वैदेशिक रोजगारीबाट फर्किएकालाई एकत्रित गरी समूह गठन गरेर आप्रवासीको राष्ट्रिय सञ्जाल गठन गर्ने, विदेशबाट फर्किएकाको परिवारमा वित्तीय साक्षरता अभिवृद्धि गर्ने, विदेशबाट फर्किएकाको सामूहिक लगानीको सम्भावना खोज्ने, सङ्घ, प्रदेश र स्थानीय सरकारलाई नीतिगत तथा कार्यक्रमगत सुझाव उपलब्ध गराउने एवम् विदेशबाट सिकेको सीप, अनुभव र लगानीलाई देश विकासमा लगाउन रणनीतिक बहसमार्फत सङ्घ, प्रदेश र स्थानीय सरकारलाई सुझाव पेश गर्ने उद्देश्यसमेत भेलाको छ ।

भेलाले २१ जनाको कार्यसमितिसमेत चयन गरेको छ । अध्यक्षमा राजेश श्रेष्ठ, उपाध्यक्षमा विनोद खड्का, महिला उपाध्यक्षमा कोपिला कार्की, महासचिवमा रामचन्द्र नेपाल, सचिवमा विष्णुहरि भण्डारी र कोषाध्यक्षमा प्रकाश क्षेत्री रहेका छन् ।

तस्विर : विष्णुहरि भण्डारी

वि.सं.२०७५ पुस १८ बुधवार ११:३४ मा प्रकाशित

सुनचाँदीकोे मूल्यमा सामान्य वृद्धि

सुनचाँदीकोे मूल्यमा सामान्य वृद्धि

काठमाडौँ ।  स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्यमा सामान्य वृद्धि भएको...

आजको मौसम: कोशी, बागमती र गण्डकीमा चट्याङसहित वर्षाको सम्भावना

आजको मौसम: कोशी, बागमती र गण्डकीमा चट्याङसहित वर्षाको सम्भावना

काठमाडौँ । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहनुका साथै...

समानुपातिकतर्फका उम्मेदवारलाई बुधबार प्रमाणपत्र दिइने

समानुपातिकतर्फका उम्मेदवारलाई बुधबार प्रमाणपत्र दिइने

काठमाडौँ । निर्वाचन आयोगले यही चैत ५ गते समानुपातिक निर्वाचन...

ग्यासको अवैध कारोबार भइरहेको सूचना पाए जानकारी दिन विभागद्वारा अनुरोध

ग्यासको अवैध कारोबार भइरहेको सूचना पाए जानकारी दिन विभागद्वारा अनुरोध

काठमाडौँ । अन्तरराष्ट्रिय बजारमा देखिएको अभावलाई कारण बनाएर खाना पकाउने...

गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल नियमित सञ्चालनमा ल्याउन माग

गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल नियमित सञ्चालनमा ल्याउन माग

सिद्धार्थनगर (भैरहवा) । गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थललाई तत्काल पूर्ण क्षमतामा सञ्चालनमा...

पूर्वी नाकाबाट भित्रिए छ हजार ७९१ पर्यटक

पूर्वी नाकाबाट भित्रिए छ हजार ७९१ पर्यटक

झापा । पूर्वी नाका काँकडभिट्टा हुँदै आठ महिनामा छ हजार...