back
CTIZAN AD

दिक्षा फाउन्डेशनको वार्षिक भेटघाट काठमाडौँमा सम्पन्न

वि.सं.२०८२ चैत ३ मंगलवार

537 

shares

काठमाडौँ । दिक्षा फाउन्डेशनको वार्षिक भेटघाट कार्यक्रम आइतबार काठमाडौँको वालुवाटारमा भव्य रूपमा सम्पन्न भएको छ । कार्यक्रम संस्थाका अध्यक्ष शोश्रीन शर्माको सभापतित्वमा सम्पन्न भएको थियो ।

कार्यक्रममा समाज कल्याण परिषद्का कार्यकारी सदस्य दिनेश राज सापकोटा प्रमुख अतिथिका रूपमा सहभागी थिए । साथै ड्यानियल लि लेनी र किलियन उइवर विशेष अतिथिका रूपमा उपस्थित रहेका थिए ।

कार्यक्रमको प्रारम्भमा संस्थाका प्रतिनिधि माधव कुमार धमलाले स्वागत मन्तव्य व्यक्त गर्दै उपस्थित सम्पूर्ण महानुभावहरूलाई स्वागत गरेका थिए ।
त्यसैगरी संस्थाकी प्रतिनिधि आश्मा के.सी.ले आर्थिक वर्ष २०८२ मा धादिङ, काभ्रे, काठमाडौँ, गोरखा र तनहुँ लगायतका जिल्लाहरूमा सञ्चालन गरिएका विभिन्न गतिविधिहरूको बारेमा जानकारी गराएकी थिइन् ।

कार्यक्रममा संस्थाबाट सहयोग प्राप्त विद्यार्थीहरूको प्रतिनिधित्व गर्दै सन्तोषी थापाले आफ्नो अनुभव साझा गर्दै संस्थाप्रति कृतज्ञता व्यक्त गरिन् ।
यसै अवसरमा ड्यानियल लि लेनीलाई नेपाल तथा नेपाली कृषक र समुदायमा विगत तीन दशकदेखि पु¥याउँदै आएको योगदानका साथै संस्थाका विभिन्न कार्यक्रमहरूमा दिएको सहयोगको कदर गर्दै सम्मानपत्र प्रदान गरिएको थियो ।

कार्यक्रममा सहभागी विभिन्न संघसंस्थाका प्रतिनिधिहरूले मन्तव्य राख्दै दिक्षा फाउन्डेशनको कार्यप्रति प्रशंसा गर्दै शुभकामना व्यक्त गरेका थिए ।
प्रमुख अतिथि दिनेश राज सापकोटाले पनि संस्थाको प्रयासको सराहना गर्दै धन्यवाद तथा शुभकामना व्यक्त गरेका थिए ।

अन्त्यमा संस्थाका अध्यक्ष तथा कार्यक्रमका सभापति शोश्रीन शर्माले उपस्थित सबैप्रति आभार प्रकट गर्दै कार्यक्रमको समापन गरेका थिए ।

उक्त कार्यक्रमबारे जानकारी संस्थाका सचिव सन्तोष धमलाले संसार न्यूजलाई दिएका हुन् । कार्यक्रममा संस्थाका पदाधिकारीहरू तथा विभिन्न क्षेत्रका प्रबुद्ध व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

वि.सं.२०८२ चैत ३ मंगलवार १७:५८ मा प्रकाशित

भोटेकोशी बाढीः ४०३ पर्यटक सम्पर्कविहीन, कुन देशका कति ?

भोटेकोशी बाढीः ४०३ पर्यटक सम्पर्कविहीन, कुन देशका कति ?

काठमाडौँ । रसुवाको भोटेकोशीमा आएको बाढीमा परेर ४०३ पर्यटक सम्पर्कविहीन...

भोटेकोशी बाढी : ९५ जनाको मृत्यु भएको पुष्टि, ६३ जना उपचाररत

भोटेकोशी बाढी : ९५ जनाको मृत्यु भएको पुष्टि, ६३ जना उपचाररत

काठमाडौँ । रसुवास्थित भोटेकोशी नदीमा आज बिहान आएको भीषण बाढीका...

एनआरएनएले पाँच करोड बराबरको आर्थिक सहयोग गर्ने निर्णय

एनआरएनएले पाँच करोड बराबरको आर्थिक सहयोग गर्ने निर्णय

काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले भोटेकोशी नदीमा आएको बाढीबाट...

प्रधानमन्त्री बालेनले विपद्को बेला सबै एकढिक्का हुनुपर्ने भन्दै आह्वान गरिरहँदा दलहरुलाई सम्बोधन किन गरेनन?

प्रधानमन्त्री बालेनले विपद्को बेला सबै एकढिक्का हुनुपर्ने भन्दै आह्वान गरिरहँदा दलहरुलाई सम्बोधन किन गरेनन?

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको भीषण...

भोटेकोशी र त्रिशूलीमा जोखिम कायमै

भोटेकोशी र त्रिशूलीमा जोखिम कायमै

काठमाडौं । गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन...

बाढी अपडेट : भोटेकोशीको बाढी देवघाट पुग्यो, नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

बाढी अपडेट : भोटेकोशीको बाढी देवघाट पुग्यो, नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको बाढी अहिले नारायणी नदी हुँदै...