back
CTIZAN AD

भूकम्प प्रतिरोधी भवन निर्माणबारे जानकारी

वि.सं.२०७५ माघ २ बुधवार

1.6K 

shares

२ माघ, दुल्लु । एक्काइसौँ राष्ट्रिय भूकम्प सुरक्षा दिवसको अवसरमा आज बिहान दैलेखमा भूकम्प प्रतिरोधी भवन निर्माणबारे जानकारी गराइएको छ । ‘विपद्बाट सुरक्षित हुने नागरिक अधिकार, पूरा गर्न सङ्घ, प्रदेश र स्थानीय सरकार’ भन्ने मूल नारासहित भूकम्प सुरक्षा दिवस मूलसमारोह समिति दैलेखद्वारा आयोजित कार्यक्रममा भूकम्प प्रतिरोधी भवन निर्माणको प्रविधिबारे सर्वसाधारण नागरिकलाई जानकारी गराइएको हो ।

विपद् व्यवस्थापनका लागि जिल्ला अगुवाई सहयोगी संस्था सोसेकका उप–कार्यकारी निर्देशक वसन्त श्रेष्ठले प्रविधिबारे जानकारी गराएका हुन् । उनले भवनसंहिता र भवन निर्माण मापदण्ड, भवन निर्माण संहितामा समावेश गरिएका विषय प्रष्ट्याएका थिए । उपकार्यकारी निर्देशक श्रेष्ठले भवनका प्रकार, पिलरवाला भवन बनाउँदा ध्यान दिनुपर्ने विषय र गारोवाला भवन निर्माण गर्दा ध्यान दिनुपर्ने विषय जानकारी गराएका थिए ।

सो अवसरमा भूकम्प, विपद् व्यवस्थापन सम्बन्धी नीति नियमावली, २०७२ वैशाखमा गएको भूकम्पबारे क्षतिबारे जानकारी दिनुका साथै नेपालमा भूकम्पको कारणबारे सर्वसाधरणलाई जानकारी गराइएको थियो ।

कार्यक्रममा नारायण नगरपालिका दैलेखका प्रमुख रत्नबहादुर खड्काले भूकम्प प्रतिरोधी भवन निर्माण गर्न सबैलाई आह्वान गरे । उनले सरकारले तयार पारेको घर बनाउने ५५ वटा मापदण्डअनुसार भवन निर्माण गर्नुपर्ने बताउँदै सरकारी तथा गैरसकारी कार्यालयको बजार केन्द्रित कार्यक्रम ग्रामीण बस्तीमा लैजान आग्रह गरेका छन् ।

प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद बाँस्कोटाले जिल्ला विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना निर्माण गर्न लागिएको बताउँदै उक्त योजना बनाउने जिम्मा विपद् व्यवस्थापनका लागि जिल्ला अगुवाई सहयोगी संस्था सोसेकलाई दिइएको जानकारी गराए ।

वि.सं.२०७५ माघ २ बुधवार १४:०३ मा प्रकाशित

उज्यालो नेपाल पार्टीका अध्यक्ष घिसिङद्वारा मतदान

उज्यालो नेपाल पार्टीका अध्यक्ष घिसिङद्वारा मतदान

काठमाडौँ । उज्यालो नेपाल पार्टीका सभापति कुलमान घिसिङले काठमाडौँ क्षेत्र...

पूर्वप्रधानमन्त्री नेपालद्वारा मतदान

पूर्वप्रधानमन्त्री नेपालद्वारा मतदान

चन्द्रपुर (रौतहट) । नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले...

देश समृद्धिको मार्गमा अग्रसर हुने संयोजक दाहालको विश्वास

देश समृद्धिको मार्गमा अग्रसर हुने संयोजक दाहालको विश्वास

चितवन । नेपाली कम्युनिष्ट पार्टी ९नेकपा० का संयोजक एवं पूर्वप्रधानमन्त्री...

र्वाचनको सबै तयारी पूरा, प्रत्यक्षतर्फको मतपरिणाम २४ घण्टाभित्र दिने तयारी

र्वाचनको सबै तयारी पूरा, प्रत्यक्षतर्फको मतपरिणाम २४ घण्टाभित्र दिने तयारी

काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सम्पूर्ण तयारी...

कोशी प्रदेशमा निर्वाचन सुरक्षा मजबुत

कोशी प्रदेशमा निर्वाचन सुरक्षा मजबुत

काठमाडौँ । यसपटकको निर्वाचनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा चर्चामा रहेका...

प्रतिनिधिसभा निर्वाचनः छ मध्ये एउटा कागजातको सक्कलप्रतिले मतदान गर्न पाइने

प्रतिनिधिसभा निर्वाचनः छ मध्ये एउटा कागजातको सक्कलप्रतिले मतदान गर्न पाइने

काठमाडौँ । बिहीबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा मतदान गर्न मतदाता...