back

कोलोराडोमा नेपाल डे परेड अप्रिल १४ मा हुने

वि.सं.२०७५ चैत ११ सोमवार

357 

shares
NTC AD

११ चैत, कोलोराडो, अमेरीका । नेपाली नयांबर्ष २०७६ को उपलक्ष्यमा कोलोराडो निवासी नेपालीहरुले “नेपाल डे परेड” को आयोजना गरी शुभकामना आदान प्रदानगर्ने भएका छन् ।

रकि माउन्टेण्ड फ्रेन्डस् अफ नेपालको आयोजना तथा हेल्पिङ ≈याण्डको सहयोगमा कोलोराडो स्थित बोल्डर नगरमा आगामी अप्रिल १४ तारिक आईतबार दिउसो १ बजेदेखी ३ बजे सम्म “नेपाल डे परेड” कार्यक्रम हुन लागेको हो ।

महाबाडिज्य दुत प्रेमराजा महतको प्रमुख आतिथ्यतामा हुन गईरहेको कार्यक्रममा स्थानीय संघ संस्थाका प्रतिनिधी, गन्यमान्य, बुद्धीजिवी, कलाकार, पत्रकार, व्यवसाही, सर्बसाधारण तथा नेपाल र नेपाली प्रति सद्भाव राख्ने सबैको उपस्थितीको लागी रकि माउन्टेण्ड फ्रेन्डस् अफ नेपालका महासचिव टिका पौडेलले हार्दिक अनुरोध गरेका छन् ।

भौगोलीक हिसावले नेपाल संग मिल्दो जुल्दो सुन्दर बोल्डर नगरमा आयोजना हुन गईरहेको परेड कार्यक्रममा नेपालीहरुबाट नेपालको झण्डा, प्लेकार्ड, संघ संस्थाको ब्यानर बोकी धिमेबाजा र लाखेको तालमा नेपाली गीत संगै शुभकामना आदान प्रदान हुने गर्दछ । यसरी हर्सोउल्लास तथा मनोरन्जनका साथ नगर परिक्रमा गरि नेपाल र नेपालीको संस्कृती पहिचाहन गराउने यो सुनौलो अवशर नगुमाउन उनले सबैलाई अपिल गरेका छन् । स्थानीय खुल्लामञ्चबाट सुरुहुने कार्यक्रममा आफ्नो जातीय भेष भूषा हुनेले जातिय भेष भुषमा, नहुने दाजुभाईहरुले नेपालीको पहिचाहन स्वरुप दौरासुरुवाल, ढाकाको टोपी र महिला दिदी बहिनीहरुलाई साडी चोलो लगाएर कार्यक्रममा सहभागी हुन अनुरोध गरेका छन् ।

त्यसैगरी परेडको अगिल्लो दिन १३ तारिकका दिन सांझ ५ बजे देखी ९ बजेसम्म नेपाली संस्कृतीक कार्यक्रम आयोजना गरिने भएकोले उक्त कार्यक्रममा पनि सहभागी हुन महासचिव पौडेलले सबैलाई आग्रह गरेका छन् ।

बोल्डर सहरमा नेपालीहरुको बसोबास बाक्लो हुदैगए पछि यहाका स्थानीयलाई नेपाली भाषा संस्कृती पहिचान गराउन हेल्पिङ्ग हेण्डका अध्यक्ष नारायण श्रेष्ठको पहलमा आज भन्दा १५ बर्ष अगाडी “नेपाल डे परेड”को सुरुआत गरिएको थियो । कोलोराडो स्थित बोल्डर सिटी एण्ड काउन्टिको कार्यालयले सन् २००४ देखि हरेक बर्ष अप्रिल महिनाको तेश्रो आईतबार नेपालीहरुको नया वर्षको उपलक्ष्यमा “नेपाल डे परेड” हुनेछ भन्ने औपचारिक घोषणा गरेपछि “नेपाल डे परेड”कार्यक्रम आयोजना गर्न थालिएको हो । अहिले अमेरिकाको बिभिन्न स्टेटमा “नेपाल डे परेड” कार्यक्रम हुन शुरुभएपनि नेपालीहरुको दिवस भनेर अमेरीकी सरकारबाट स्विकृत भएको यो पहिलो सुचीकृत कार्यक्रम हो ।

वि.सं.२०७५ चैत ११ सोमवार १३:१९ मा प्रकाशित

कर्णाली राजमार्ग सञ्चालन

कर्णाली राजमार्ग सञ्चालन

मान्म (कालीकोट)। जिल्लाको शुभकालिका(१ गगने खोलामा पहिरो गएपछि अवरुद्ध बनेको...

सम्मानित नेता खनाल पत्नी चित्रकारको अवस्था सुधारोन्मुख

सम्मानित नेता खनाल पत्नी चित्रकारको अवस्था सुधारोन्मुख

कीर्तिपुर (काठमाडौँ) । जेनजी प्रदर्शनका क्रममा घर आगजनी हुँदा गम्भीर...

पोखरा महानगरपालिकाले भोलिदेखि सेवा सञ्चालनमा ल्याउँदै

पोखरा महानगरपालिकाले भोलिदेखि सेवा सञ्चालनमा ल्याउँदै

गण्डकी । जेनजी प्रदर्शनका क्रममा पोखरा महानगरपालिकाका अधिकांश कार्यालयका भवन...

कैदीबन्दीलाई धमाधम कारागार फकाईँदै

कैदीबन्दीलाई धमाधम कारागार फकाईँदै

बागमती । गत भदौ २३ र २४ को जेनजी प्रदर्शनको...

दुबई नगई स्वदेशमै दूध बिक्री गरेर पाण्डेयको मासिक एक लाख आम्दानी

दुबई नगई स्वदेशमै दूध बिक्री गरेर पाण्डेयको मासिक एक लाख आम्दानी

दोधारा चाँदनी (कञ्चनपुर) । कञ्चनपुरको भीमदत्त नगरपालिका–१५ का जगदिशप्रसाद पाण्डेय...

दुई महिनामा सरकारको बजेट खर्च नौ प्रतिशत

दुई महिनामा सरकारको बजेट खर्च नौ प्रतिशत

काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को भदौ मसान्तसम्ममा सरकारको...