back
CTIZAN AD

जेनजी आन्दोलन : जितेर पनि नहारेको महशुस हुन सकोस

वि.सं.२०८२ भदौ २५ बुधवार

4.1K 

shares

सामाजिक सञ्जाल खुला गराउने र भ्रष्टाचार विरुद्धको शान्तिपूर्ण प्रदर्शन भाद्र २३ गतेदेखि नेपालभर सुरु भएको थियो । शान्तिपूर्ण भनेर गरिएको प्रदर्शन हिंसात्मक बन्न पुग्यो । सोही दिन नेपाल प्रहरीले चलाएको गोली लागेर प्रदर्शनमा आएका १९ जना युवाले ज्यान गुमाउनु प¥यो र त्यस्तै ४ सय भन्दा बढी प्रदर्शनकारी घाइते भएर अस्पतालको बेड र भुईमा लम्पसार पर्नुपरेको थियो । जुन नेपालको कालो दिनकै रूपमा परिचित भयो ।

प्रदर्शनमा सहभागी युवाले आरोप लगाएअनुसार प्रहरीले प्रदर्शनकारीलाई सिधै टाउको र छातीमा गोली हानेर जेनजीमाथि दमन ग¥यो । यही विरोधमा भोलिपल्ट भाद्र २४ गते जेनजी टोली फेरि सडकमा उत्रिएका थिए । नेपाल भरी कफ्र्युको क्षेत्र बढ्दै गएको थियो । तर जनेजी टोलिलाई भने कफ्र्युले कुनै असर पारको थिएन । बिहानैदेखि उग्र रूपमा आन्दोलनलाई चर्काइरहेको जेनजी पुस्ताले पार्टी कार्यालय र शीर्ष नेताहरूको घरलाई खोजी खोजी जलाउने तोडफोड गर्ने कार्यलाई तीव्रताका साथ अघि बढाई रहेका थिए । सडकमा टायर, मोटरसाइकल र बसहरू बालेर आन्दोलन मच्चाई रहेका थिए । कोही आन्दोलन मच्चाउने कोही घर खोजी खोजी जलाउने र नेतालाई भेटेसम्मकालाई रामधुलाई कुट्ने जस्ता गतिविधिले आन्दोलनलाई झनै हिंसात्मक बनायो ।

नेताहरूले २३ गतेदेखि नै राजीनामा दिन थालेका थिए । निवर्तमान गृहमन्त्री रमेश लेखकले २३ गते नै आफ्नो पदबाट राजीनामा दिए भने २४ गते राप्रपा र रास्वपाका सबै सांसदले सामूहिक राजीनामा दिएका थिए । तर प्रदर्शनकारीहरूले निरन्तर तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गरिरहेका थिए । भिडलाई नियन्त्रण गर्न नसकेपछि र आन्दोलनले हिंसात्मक मोड लिन थालेपछि प्रधानमन्त्री ओलीले राजीनामा दिएका थिए । उनले यसअघि समय र परिस्थितिको संवेदना नबुझेर सर्वदलीय बैठक निकै ढिलो बोलाएका थिए । पछि उनले राजीनामा दिएसँगै देश शासक विहीन भएको थियो ।

सार्वजनिक सम्पत्तिमाथि चर्को तोडफोड

नेपालमा जेनजीको प्रदर्शनबाट उत्पन्न तोडफोडले भने नेपाललाई एक दशक पछाडि नै धकेलेको पाईन्छ । काठमाडौँमा २०७२ साल बैशाख १२ गतेको भूकम्पले तहसनहस बनाएको सिंहदरबार लगायतका सरकारी सम्पत्तिलाई बल्ल राज्यले अनुदान र ऋणको स्याहारले केही प्रतिशत विकास गरी हेर्न लायक बनाएको थियो । ती सबै संरचना ध्वस्तै भएको छ । सिंहदरबार आफैँमा ऐतिहासिक महल हो १२२ वर्ष पुरानो, त्यसको भाग जल्दा पुरातात्त्विक तथा सांस्कृतिक सम्पदा हरायो । त्यहा भएका भौतिक संरचनामा ठुलो क्षति पुगेको छ । सबैभन्दा मुख्य कुरा सिंहदरबार भित्र भएका महत्त्वपूर्ण कागजात जलेर खरानी भएको छ । साथै त्यहाँ भएको कतिपय सिसिटिभी, कम्प्युटर, सर्व, नेटवर्क सबै ध्वस्त भएको छ । कम्प्युटरमा डिजिटल बैकअप नभएका पुराना अभिलेखहरू गुम्ने खतरा रहेको छ । ऐतिहासिक महल नष्ट हुनु भनेको देशकै पहिचान गुम्नुसरी हो । यद्धपी मुख्य डाटा सुरक्षित भएको भनिएको छ ।

नेपालको सर्वोच्च अदालत कानुनी निर्णयको अन्तिम निकाय हो । देशको संवैधानिक र न्यायिक निर्णयको अन्तिम अधिकार यही अदालतसँग छ । हिजोको आन्दोलनमा केही प्रदर्शनकारीहरूले अदालत परिसर वरिपरि तोड़फोड़ र आगजनी गरेका थिए । हिजोको आगोको कारण केही समयको लागि अदालतबाट सुनुवाई पनि स्थगन गरेको छ । संवेदनशील कागजात र अभिलेखहरू पनि जलेर नष्ट भएका छन् । संसद् भवन काठमाडौँको केन्द्रमा रहेको छ जहाँ प्रतिनिधि सभा र राष्ट्रिय सभाका बैठकहरू हुन्छन् । मुलुकको नियम, नीति र बजेट सम्बन्धित निर्णय यहीँबाट पारित हुन्छ । तर हिजोको आन्दोलनले संसद् भवन दनदनी बलिरहेको थियो । आगोको मूश्लोले आकाश नै कालो भएको थियो । बैठक कक्षमा रहेका फर्निचर, इलेकट्रोनिक उपकरण र फाइलहरू ध्वस्तै भएका छन् ।

\त्यस्तै आन्दोलनकारीहरूले सरकारी वकिलको कार्यालय, जिल्ला प्रशासन कार्यालय, मन्त्री निवास, प्रधानमन्त्री र राष्ट्रपति निवास, ललितपुरको मन्त्री क्वाटर, नेपाल प्रहरीका धेरै कार्यालय र विट लगायतका सार्वजनिक सम्पत्ति तोडफोड र आगजनी गरेका छन् । राजधानी पछि पोखरा र बुटवलमा अतधिक क्षति हुनपुग्यो । जसको क्षतिको कारण देशले ठुलो धनराशिको नोक्सानी व्यहोर्नू परेको छ । साथै व्यक्तिगत सम्पत्तिमा पनि आन्दोलनकारीले तोडफोड र आगजनी गरेका छन् । हिल टन लगायतका होटेलमा आगजनी, भाटभटेनीका स्टोरहरूमा आगजनी र लुटपाट जस्ता थुप्रै व्यक्तिगत सम्पत्तिको पनि क्षति भएको छ ।

जितेर पनि हारे जेनजी
जेनजी पुस्ताले आन्दोलनमार्फत आफ्नो आवाज बुलन्द गरेको थियो । उनीहरूले “भ्रष्टाचार अन्त्य गर, सामाजिक स्वतन्त्रता कायम गर” भन्ने माग अघि सारे । तर आन्दोलन हिंसात्मक बनेपछि अन्तर्राष्ट्रिय छविमा समेत नकारात्मक असर पारेको छ । सडकमा देखिएको साहस र एकताले युवा पुस्ताले जितेको जस्तो देखिए पनि, वास्तविकतामा उनीहरूले धेरै गुमाए । आफ्ना साथीहरूको ज्यान, सयौ घाइते, ऐतिहासिक सम्पदा, सार्वजनिक सम्पत्ति, र देशको विश्वसनीयता सबै गुमाए । कसैले पस्केर राखेको खाना अघि सारेर खाना मात्र बाँकी थियो त्यो बेला निर्ममता देखियो । ध्वंश पछि अव जेनजी पुस्ताले त्यसलाई शून्य स्तरबाट काम गर्नुपर्ने हुन्छ । भ्रष्टाचार विरुद्ध सडकमा उत्रिएका पुस्ताले भ्रष्टाचारको प्रमाण नै मेटाएको आरोप छ । त्यसैले यो आन्दोलन जितेर पनि हारको प्रतीक बनेको टिप्पणी पनि गरिएको छ । युवाको आवाज बलियो भए पनि मुलुकले बेहालको पीडा भोग्नुपर्यो ।

नेपालको अहिलेसम्मका आन्दोलनमा भएका कुल क्षति एकातिर र यो दूईदिने आन्दोलनमा भएका हिसाव अनुमान गर्दा देश बिसौ बर्ष पछि पुगेको भनिदैछ । देश र माटोप्रति निष्ठा भएका र जिम्मेवार मानिसहरुलाई राज्यमा सहि प्रतिनिधित्व गराउने, क्षतिप्रति आत्मालेचित हुने, आयोग बनाएर क्षतिपुर्ति दिने, पुननिर्माणको खाका बनाउने समग्रमा भन्नुपर्दा देश शसक्त बनाउने कामको योजना जेनजीले बनाउन सक्नुपर्दछ । पुराना झै अलमलिने र ब्यक्ति स्वार्थमा लाग्ने छुट छैन । दुई दिनमा जितेजस्तो त भयो तर व्यवहार सहि भएन भने हार जस्तै हुन्छ है फेरि । जितेर पनि हारेको महशुस नहोस् ।

 

 

 

 

वि.सं.२०८२ भदौ २५ बुधवार २०:०७ मा प्रकाशित

पशुपालन ब्यबसायमा उत्पादन लागत घटाऊने सजिलो प्रबिधि साइलेज

पशुपालन ब्यबसायमा उत्पादन लागत घटाऊने सजिलो प्रबिधि साइलेज

नेपालमा पशुपालनको विद्यमान अबस्था नेपालको ग्रामीण अर्थतन्त्रको मुख्य आधार स्तम्भका...

कप्तानगञ्जको झडपः भूराजनीतिक खेलको प्रहसन

कप्तानगञ्जको झडपः भूराजनीतिक खेलको प्रहसन

कप्तानगञ्जमा हिन्दु र मुस्लिम समुदायको बीच झण्डा हटाउने विषयमा शुरू...

हिमाल चढ्ने रहर, सुरक्षित फर्कने चुनौती

हिमाल चढ्ने रहर, सुरक्षित फर्कने चुनौती

काठमाडौँ । विश्वमा तीव्र गतिको आरोहणमा विशिष्ट पहिचान बनाउन सफल...

डोल्पा एक्सप्रेस : भाडा शून्य !

डोल्पा एक्सप्रेस : भाडा शून्य !

रज्जु दाहालको “डोहो डोहो डोल्पो” पढ्दा मलाई डोल्पा आफैँ पुगेजस्तो...

पूर्व रास्वपा स्वास्थ्य विज्ञ डा- सुवास प्याकुरेल स्वास्थ्य बीमा बोर्डको अध्यक्ष  नियुक्त

पूर्व रास्वपा स्वास्थ्य विज्ञ डा- सुवास प्याकुरेल स्वास्थ्य बीमा बोर्डको अध्यक्ष नियुक्त

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्व स्वास्थ्य विज्ञ...

कृषि क्षेत्रको रूपान्तरण : समस्या, र राज्यको रणनीतिक दायित्व

कृषि क्षेत्रको रूपान्तरण : समस्या, र राज्यको रणनीतिक दायित्व

नेपाल सनातनी कालदेखि नै कृषिप्रधान मुलुकका रूपमा परिचित छ ।...