back
CTIZAN AD

कम्युनिस्ट आन्दोलन पुनर्संरचनाको आवश्यकता औंल्याउँदै विप्लवको नयाँ केन्द्र गठन प्रस्ताव

वि.सं.२०८३ साउन २० बुधवार

87 

shares

काठमाडौँ । नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले वर्तमान कम्युनिस्ट आन्दोलनलाई नयाँ ढंगले पुनर्संरचना गर्नुपर्ने आवश्यकता औंल्याएका छन्। त्यसका लागि सबै परिवर्तनकामी शक्तिलाई समेट्ने गरी नयाँ कम्युनिस्ट केन्द्र निर्माण गर्नुपर्ने उनको प्रस्ताव छ।

बुधबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै विप्लवले विगत दुई दशकको राजनीतिक अभ्यासबाट कम्युनिस्ट आन्दोलन कमजोर बन्दै गएको दाबी गरे। उनले पुरानै कार्यशैलीबाट आन्दोलनलाई अघि बढाउन नसकिने भन्दै नयाँ सोच, नयाँ नेतृत्व शैली र फराकिलो राजनीतिक एकताको खाँचो रहेको बताए।

उनका अनुसार कम्युनिस्ट आन्दोलनप्रति जनविश्वास र आकर्षण घट्दै गएको छ। यही अवस्थालाई परिवर्तन गर्न विचार, संगठन र कार्यदिशामा पुनर्विचार आवश्यक रहेको उनको भनाइ थियो।

विप्लवले संसदीय राजनीतिमा सहभागी कम्युनिस्ट दलहरूमाथि पनि आलोचना गरे। उनले ठूलो जनमत र सरकार सञ्चालनको अवसर प्राप्त हुँदासमेत राज्यका निकायलाई प्रभावकारी रूपमा परिचालन गर्न नसक्नु कम्युनिस्ट शक्तिको कमजोरी भएको बताए।

सरकारको नेतृत्व गर्ने अवसर पटक–पटक पाए पनि अपेक्षाअनुसार सुशासन र संस्थागत सुधार दिन नसकिएको उनको टिप्पणी थियो। यही कारण जनतामा कम्युनिस्ट शक्तिप्रतिको भरोसा कमजोर बन्दै गएको भन्दै उनले अब नयाँ आधारमा कम्युनिस्ट आन्दोलनलाई अघि बढाउनुपर्नेमा जोड दिए।

वि.सं.२०८३ साउन २० बुधवार १५:४३ मा प्रकाशित

२ वर्षीया बालिकाको हत्या आरोपमा कान्छी आमा पक्राउ

२ वर्षीया बालिकाको हत्या आरोपमा कान्छी आमा पक्राउ

राजविराज । सप्तरीको शम्भुनाथ नगरपालिकामा दुई वर्षीया बालिकाको हत्या गरेको...

जसपाका तीन प्रदेश सांसदलाई पुनः स्पष्टीकरण पेश गर्न निर्देशन

जसपाका तीन प्रदेश सांसदलाई पुनः स्पष्टीकरण पेश गर्न निर्देशन

ललितपुर । जनता समाजवादी पार्टी, नेपाल (जसपा) ले लुम्बिनी प्रदेश...

गगनसिंह थापाको दशौं कृति “हिउँ फूल’ को आवरण सार्वजनिक

गगनसिंह थापाको दशौं कृति “हिउँ फूल’ को आवरण सार्वजनिक

टीकापुर । साहित्यकार स्वर्गीय गगनसिंह थापाको ७८औँ जन्मजयन्तीको अवसरमा उनको...

‘राष्ट्रिय गजल दिवस’ का सन्दर्भमा गजल प्रवद्र्धन केन्द्र नेपालको सुझाव, सुझावसहित

‘राष्ट्रिय गजल दिवस’ का सन्दर्भमा गजल प्रवद्र्धन केन्द्र नेपालको सुझाव, सुझावसहित

काठमाडौं । नेपाल प्रज्ञा प्रतिष्ठानले आयोजना गर्न लागेको गजल दिवसका...

स्वर्णजयन्ती विशेष नाडा अटो शो २०२६ काठमाडौमा सुरु, उपराष्ट्रपति यादवले गरे उद्घाटन

स्वर्णजयन्ती विशेष नाडा अटो शो २०२६ काठमाडौमा सुरु, उपराष्ट्रपति यादवले गरे उद्घाटन

काठमाडौं । स्वर्णजयन्ती विशेष नाडा अटो शो २०२६ काठमाडौको भृकुटीमण्डपमा...

नाडा अटो शोमा महालक्ष्मी विकास बैंक, सवारी कर्जाकाे ब्याजदरमा आकर्षक छुट

नाडा अटो शोमा महालक्ष्मी विकास बैंक, सवारी कर्जाकाे ब्याजदरमा आकर्षक छुट

काठमाडौं । भृकुटीमण्डपमा जारी १८औँ संस्करणको नाडा अटो शो २०२६...