back
CTIZAN AD

नासाले पायो पहिलो पटक महिला अध्यक्ष, अध्यक्ष बनिन् बिद्या गुरुङ

वि.सं.२०८२ भदौ १८ बुधवार

7.7K 

shares

सेप्टेम्बर १, २०२५ । नेप्लिज एशोसिएसन इन साउथवेस्ट अमेरिका (Nepalese Association of Southeast America (NaSeA)को ३४ औं बार्षिक अधिवेशन हालै जर्जिया राज्यको एट्लाण्टा शहरमा सम्पन्न भएको छ। नासाको २०२५-२७ कार्यकालका लागि नयाँ कार्यसमितिचयन गर्ने निर्वाचन सहित साहित्यिक कवि गोष्ठी सहित विभिन्न सांस्कृतिक कार्यक्रमका साथ उक्त अधिवेशन भव्य र सभ्य रुपमा सम्पन्न भयो।

कार्यक्रमको पहिलो चरणमा उद्घाटन सत्र, दोश्रो चरणमा साहित्य महोत्सव, तेश्रो चरणमा निर्वाचन र चौथो चरणमा सांस्कृतिक कार्यक्रम सम्पन्न गरिएको थियो।

उद्घाटन सत्र र साहित्य महोत्सव
अमेरिकाको निम्ति नेपाली राजदुत महामहिम लोकदर्शन रेग्मीको प्रमुख आतिथ्यता र नासाको बर्तमान अध्यक्ष डा। सुमन सिलवालको अध्यक्षतामा संचालित उद्घाटन सत्र पछि बृहत कविगोष्ठी संचालन गरिएको थियो। उक्त साहित्यिक समारोहमा अनेसासका पूर्व अध्यक्ष एवं अन्तर्राष्ट्रिय गीतकार संघ (INLA) का संरक्षक बरिष्ठ गीतकार ज्ञानेन्द्र गदाल प्रमुख अतिथि रहेका थिए भने अनेसास जर्जिया चप्टरकि अध्यक्ष मिरा कोइरालाले अध्यक्षता गरेका थिए । गोष्ठीमा नेपालबाट आएका कवि ध्रुबराज पौडेल सहित अमेरिकामा रहेका कवि एवं गीतकारहरु राजा घले, डा. रामचन्द्र बराल, डा. संजिव उप्रेती, गीता सापकोटा, मीरा कोइराला, सुजाता ढुंगेल, ज्ञानेन्द्र गदाल लगायत अन्य स्थानीय कविहरुले कविता बाचन गरेका थिए ।

नयाँ कार्यसमितिको निर्वाचन
कवि गोष्ठीपछि संस्थाको साधारण सभा सम्पन्न भए लगत्तै निर्वाचन कार्यक्रम शुरु भयो, नयाँ नेतृत्व चयनको उक्त निर्वाचनमा अध्यक्ष पदमा मात्र निर्वाचन गरिएकाे थियो, बाँकी सबै पदहरु निर्बिरोध निर्वाचित भएका थिए। अध्यक्ष पदका लागि जर्जिया निवासी श्रीमती बिद्या गुरुङ र साउथ क्यारोलिनावासी  सतिश कुमार गुप्ता बीच भएको स्वस्थ प्रतिस्पर्धामा श्रीमती बिद्या गुरुङ अत्यधिक मतका साथ बिजयी भएकी छन् ।

यसरी ३४ बर्षको लामो इतिहासमा पहिलोपल्ट नासाले महिला नेतृत्व पाएको छ। नवनिर्वाचित अध्यक्ष बिद्या गुरुङ लामो समयदेखि नासाको विभिन्न निकायमा रहेर प्रभावकारी रुपमा जिम्मेवारी निभाइसकेकि एक अनुभवी र शालीन व्यक्तित्व हुन्र। उनको कुशल नेतृत्वमा नासाले सफलाताको थप उचाइ हासिल गर्नेछ भन्ने कुरामा सम्बद्ध सबैले आशा एवं भरोशा राखेका छन्। निकटतम प्रतिस्पर्धीका रुपमा उपबिजेता हुने गुप्ता निबर्तमान बरिष्ठ उपाधक्ष्य हुन्। निर्वाचन पश्चात छोटो बक्तव्य दिंदै अध्यक्ष पदका बिजेता श्रीमती गुरुङ र उपविजेता  गुप्ताले नासाको उन्नतिको निम्ति काम गर्न सदा आफुहरु निस्वार्थ तयार रहेको बताएर नासाको भविष्य उज्ज्वल रहेको आभाष सबैलाई गराएका थिए ।

कार्यक्रमको अन्तमा बिशिष्ठ गायक नेपाली पप सम्राट ओम बिक्रम बिष्ट, सत्य–स्वरुप आचार्य लगायत स्थानीय नेपाली कलाकारहरुबाट राम्रा राम्रा गीत तथा नृत्यहरु प्रश्तुत गरिएको थियो।

वि.सं.२०८२ भदौ १८ बुधवार १०:१६ मा प्रकाशित

एनआरएनए आइसीसीद्वारा ५१ सदस्यीय सल्लाहकार समिति गठन

एनआरएनए आइसीसीद्वारा ५१ सदस्यीय सल्लाहकार समिति गठन

काठमाडौँ । गैरआवासीय नेपाली संघको ११५ औँ अन्तर्राष्ट्रिय समन्वय परिषदको...

नेपाल डे न्यु जर्सीको आय–व्यय सार्वजनिक

नेपाल डे न्यु जर्सीको आय–व्यय सार्वजनिक

न्युजर्सी । अमेरिकाको फेयर लनमा गत जुन ६, २०२६ मा...

नेपाल आदिवासी जनजाति महासंघ अमेरिकाद्धारा सरकारको ध्यानाकर्षण

नेपाल आदिवासी जनजाति महासंघ अमेरिकाद्धारा सरकारको ध्यानाकर्षण

अमेरिका । नेपाल नेपाल आदिवासी जनजाति महासंघ अमेरिकाले राज्यको संरचना...

खुल्ला कविता प्रतियोगितासहित मनाइयो अफ्रिकामा २१३ औं भानु जयन्ती

खुल्ला कविता प्रतियोगितासहित मनाइयो अफ्रिकामा २१३ औं भानु जयन्ती

नैरोबी, केन्या । २१३ औं भानु जयन्तीको अवसरमा अन्तर्राष्ट्रिय नेपाली...

नेजस नर्बेको ११ औं रनिङ्ग कप भलिबल प्रतियोगिताको अन्तिम तयारी पूरा

नेजस नर्बेको ११ औं रनिङ्ग कप भलिबल प्रतियोगिताको अन्तिम तयारी पूरा

प्रेमपरियार, नर्वे । नेपाली जन सम्पर्क समिति जे एस एस...

‘ब्रेन ड्रेन’ लाई ‘ब्रेन गेन’ मा रूपान्तरण गर्ने एनआरएनएको अभियान

‘ब्रेन ड्रेन’ लाई ‘ब्रेन गेन’ मा रूपान्तरण गर्ने एनआरएनएको अभियान

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्गतको स्किल, नलेज एण्ड...