back
CTIZAN AD

नेपाल डे न्यु जर्सीको आय–व्यय सार्वजनिक

वि.सं.२०८३ असार ३२ बिहीवार

1.3K 

shares

न्युजर्सी । अमेरिकाको फेयर लनमा गत जुन ६, २०२६ मा भव्य रूपमा सम्पन्न ‘नेपाल डे न्यु जर्सी २०२६’ को आय–व्यय विवरण एक विशेष समारोहका बीच सार्वजनिक गरिएको छ ।

न्यु जर्सीको एडिसनस्थित स्पाइस हाउस Spice House मा आयोजित उक्त समीक्षा तथा सम्मान कार्यक्रममा संस्थाका अध्यक्ष राजेन्द्र श्रेष्ठ र कन्भेनर संजीव श्रेष्ठले कार्यक्रमको समग्र उपलब्धि, चुनौती तथा आर्थिक आय–व्ययको विस्तृत प्रतिवेदन पूर्ण पारदर्शिताका साथ प्रस्तुत गरेका थिए ।

कार्यक्रममा उपस्थित विभिन्न संघसंस्थाका प्रतिनिधि तथा अतिथिहरूले नेपाली समुदायबीच एकता, सहकार्य र सांस्कृतिक प्रवर्द्धनका लागि नेपाल डेले पुर्‍याएको योगदानको प्रशंसा गर्दै आर्थिक पारदर्शिता प्रदर्शन गरिएको कार्यको समेत खुलेर सराहना गरे ।

सोही अवसरमा म्यारिल्यान्ड राज्यका डेलिगेट ह्यारी भण्डारीका तर्फबाट विभिन्न सामुदायिक लिडरहरूको नाममा पठाइएको ‘अफिसियल साइटेसन’  हस्तान्तरण गरिएको थियो । साथै, नेपाल डे न्यु जर्सी २०२६ लाई सफल बनाउन महत्त्वपूर्ण र विशेष योगदान पुर्‍याउने विभिन्न व्यक्तित्वहरूलाई स्थानीय समुदायका अगुवाहरूको हातबाट ‘सर्टिफिकेट अफ एप्रिसिएसन’ Certificate of Appreciation प्रदान गरी सम्मान समेत गरिएको थियो ।

न्यु जर्सी नेपाली सोसाइटी, ग्रेटर जर्सी नेपाली सोसाइटी, फ्रेन्ड्स अफ नेपाल न्यु जर्सी, इनास न्यु जर्सी (InAs nJ) र एआरसी फर नेपाल (ARC for neepal)लगायतका विभिन्न सामाजिक संस्थाका पदाधिकारी, सामुदायिक अगुवा तथा विशिष्ट व्यक्तित्वहरूको बाक्लो उपस्थिति रहेको उक्त कार्यक्रममा सहभागीहरूले आगामी वर्षहरूमा अझ भव्य, परिष्कृत र प्रभावकारी रूपमा नेपाल डे आयोजना गर्ने सामूहिक प्रतिबद्धता र विश्वास व्यक्त गरे ।

वि.सं.२०८३ असार ३२ बिहीवार १४:०२ मा प्रकाशित

ओमानमा नेपाली उत्पादनको बजार विस्तार गर्ने समझदारी

ओमानमा नेपाली उत्पादनको बजार विस्तार गर्ने समझदारी

काठमाडौँ । नेपाली उत्पादन तथा सेवालाई खाडी मुलुक ओमानमा विस्तार...

जय नेपाल इन्टरनेसनल फाउन्डेसनद्वारा ४२ दलित विद्यार्थीलाई स्टेशनरी तथा खेलकुद सामग्री सहयोग

जय नेपाल इन्टरनेसनल फाउन्डेसनद्वारा ४२ दलित विद्यार्थीलाई स्टेशनरी तथा खेलकुद सामग्री सहयोग

बैतडी । बैतडीको पाटन नगरपालिका–४, जेउडेस्थित मसानि दलित आधारभूत विद्यालयका...

अमेरिकाको मेरिल्यान्डमा खुल्यो ‘बाजेको सेकुवा’, छुटसहित भव्य उद्घाटन हुने तयारी

अमेरिकाको मेरिल्यान्डमा खुल्यो ‘बाजेको सेकुवा’, छुटसहित भव्य उद्घाटन हुने तयारी

अमेरिकाको मेरिल्याण्ड तथा छिमेकी राज्यमा बसोबास गर्ने सम्पूर्ण नेपाली समुदाय...

रोमानियामा मृत्यु भएका दुई नेपालीको पहिचान खुल्यो

रोमानियामा मृत्यु भएका दुई नेपालीको पहिचान खुल्यो

काठमाडौं । रोमानियामा रेलको ठक्करबाट मृत्यु भएका दुई नेपाली युवाको...

श्रीमतीको उपचारमा सघाउन विश्वभरका नेपालीहरुसँग दिल रसाइलीको अपिल

श्रीमतीको उपचारमा सघाउन विश्वभरका नेपालीहरुसँग दिल रसाइलीको अपिल

अमेरिकाको टेक्ससमा परिवार सहित बसोबास गर्दै आएका दिल रसाइली विगत...

आरटीपी, नर्थ क्यारोलाइनामा ‘आरटीपी दशैं कप’ को तयारी सुरु

आरटीपी, नर्थ क्यारोलाइनामा ‘आरटीपी दशैं कप’ को तयारी सुरु

आरटीपी, नर्थ क्यारोलाइना । नर्थ क्यारोलाइनाको आरटीपी (Research Triangle Park)...