back
CTIZAN AD

समाजवादी आन्दोलनको कार्यभारमा अनेमसंघ(क्रान्तिकारी)को सातौं सम्मेलन

वि.सं.२०८२ भदौ १८ बुधवार

5.5K 

shares

‘समानताका लागि संबिधान कार्यान्वयन र समाजवादी आन्दोलन ।
महिला हिंसा बिरुद्ध शुसासन र समृद्धिको पक्षमा सातौं राष्ट्रिय सम्मेलन ।।’

भन्ने नाराका साथ नेपालको क्रान्तिकारी महिला आन्दोलनमा लामो र ऐतिहासिक विरासत बोकेको अखिल नेपाल महिला संघ (क्रान्तिकारी) ले सातौं सम्मेलन गर्दैछ । हामीलाई थाहा छ अहिलेको गणतन्त्र यो समेतको यात्रा र संघर्षको परिणाम हो । महिला मुक्ति आन्दोलन केवल नारीलाई घरेलु दायराबाट बाहिर ल्याउने प्रयत्न मात्र नभई सामाजिक न्याय, समानता र आर्थिक स्वतन्त्रताको आन्दोलनसमेत रह्यो । नेपालको सामाजिक र राजनैतिक आन्दोलनमा महत्वपूर्ण योगदान दिँदै आएको र गर्विलो इतिहास बोकेको महिला संगठन हो, अखिल नेपाल महिला संघ (क्रान्तिकारी) । सातौं सम्मेलनका क्रममा यसले विगतका उपलब्धि र कमजोरीहरूको मूल्याङ्कन गर्दै आगामी दिनमा संगठनले तय गर्नुपर्ने स्पष्ट कार्यदिशा निर्धारणको अपेक्षा गरिएको छ ।

अनेमसंघ (क्रान्तिकारी) को जन्म नै सामाजिक अन्याय, वर्गीय असमानता र पितृसत्तात्मक संरचनाविरुद्धको विद्रोहको परिणाम हो । यस संगठनले विगतमा विभिन्न विकृति बिरुद्धका आन्दोलन, विरोध कार्यक्रम, जनचेतना अभिवृद्धि र महिला अधिकारका पक्षमा नीति निर्माणमा दबाब सिर्जना गर्दै आएको छ । जनयुद्धका कठिन दिनहरुमा महिलाले हतियार समाते, भूमिगत भएर संघर्ष गरे, र त्यही बलिदानको जगमा आज हामी यहाँसम्म आइपुगेका छौं । कोक्रो हल्लाउने हातहरुले युद्ध मोर्चाको नेतृत्वसम्म लिए । महिलाले पड्काएको बन्दुक पड्कँदैन भन्ने भनाईलाई चिर्दै महिलाहरुले एकातिर बच्चा र अर्कातिर काँधमा बन्दुक बोकेर हिंडे । युद्ध मैदानमा थुप्रै महिलाहरु सहादत प्राप्त गरे । युद्ध नीति र पार्टी नीतिहरुको गोपनियता कायम गर्नेमा महिलाहरु अब्बल देखिए । थुप्रै खालका प्रताडना सहे तर पनि जिम्मेवारीबाट कहिल्यै पछि हटेनन् । जनयुद्धको जनमुक्ति सेनामा ४० प्रतिशत हाराहारी महिला प्रत्यक्ष रणमैदानमै उत्रिए भने कतिले घरमा सेल्टर दिएर आन्दोलनप्रति नैतिक समर्थन देखाए । जनयुद्ध सामान्ती समाजको विरुद्धमा उठेको आन्दोलन भएकै कारण कति आमाबुबाले आफ्नो छोराछोरीलाई टीका लगाएर युद्धमा पठाए । मैदानमा लागेका महिला दिदीबहिनीहरु सुत्केरी अवस्थामा पनि आराम गरेनन् । त्यसैले जनयुद्ध सफल हुनुमा महिला सहभागिताको महत्वपूर्ण योगदान छ भन्ने कुरा सगर्व भन्न सकिन्छ । र त्यसको उत्पादन कारखाना अनेमसंघ (क्रान्तिकारी) नै थियो भन्न सकिन्छ ।

गणतन्त्रसम्मको फल र जनयुद्धको स्मरण
आन्दोलनमा महिला सहभागिताकै कारण जनयुद्धको सफलता सम्भव भएको भन्ने कुरा नेकपा(माओवादी केन्द्र) का अध्यक्ष तथा जनयुद्धका सर्वोच्च कमाण्डर क. प्रचण्डले भन्दै आउनु भएको छ । जनयुद्धमा महिला सहभागिता र महिलाहरुले देखाएको साहसकै कारण आजको नेपाली समाजमा महिलाहरु खुलेर बाँच्न पाएका छन् । जनयुद्धकै प्रतिफल देशमा गणतन्त्र स्थापना भयो भने महिला राष्ट्रपति, प्रतिनिधिसभाको सभामुख बन्ने देखि प्रदेश र स्थानीय तहमा महिला सहभागिता उल्लेख देखिन्छ । राष्ट्रको सुरक्षा गर्ने नेपाली सेनामा महिलाको प्रवेश पनि जनयुद्धकै प्रतिफल हो । विश्व समुदायले नै नेपाली महिला आन्दोललाई हेर्ने दुष्टिकोण उच्च रहेको छ ।

जनयुद्धकै कारण हिजो समाजमा धर्म, संस्कृति र परम्पराको नाममा महिलामाथि हुने बोक्सी, जातीय तथा लैंगिक छुवाछुत, दाइजो, छाउपडी जस्ता विभेदपूर्ण कुप्रथाहरू धेरै हदसम्म कम भएका छन् । अहिले यदाकदा प्रचलन र आपराधिक मानसिकताबाट महिलाहरु प्रताडित हुनु परे पनि हिजोको हाम्रो आमा पुस्ता नै हेर्दा पनि हामीले उपभोग गर्न पाएको स्वतन्त्रता सानो कुरा होइन ।

तर आलोचनात्मक दृष्टिले हेर्दा, युद्धपश्चात महिलालाई राजनीतिक संस्थागत शक्तिमा रूपान्तरण गर्ने प्रक्रियामा अपेक्षाकृत कमजोरी पनि देखिन्छ । धेरै महिला नेतृत्व उदाए पनि, पुरुष–केन्द्रित सत्ता संरचनाभित्र उनीहरूको स्थान अझै चुनौतीपूर्ण रहेको छ ।

यो सातौं सम्मेलन केवल औपचारिक नभई ऐतिहासिक महत्वको बनाउन हामीले अनेसंघको कार्ययोजना र कार्यदिशाका बारेमा गम्भिर छलफल गर्नु पर्दछ । समाजमा अझै पनि लैंगिक हिंसा रोकिन सकेको छैन । त्यस्तै बेरोजगारी, छोराछोरी बीचको विभेदपूर्ण शिक्षा र स्वास्थ्यमा असमान पहुँच, वैदेशिक रोजगारीतर्फ महिलाको बढ्दो निर्भरता, र विदेशी संस्कृतिको प्रभावले नेपाली महिलालाई थप जटिल अवस्थाबाट गुजारिरहेको छ । हिजो आन्दोलनहरुमा पुरुष सरह काँधमा काँध मिलाएर युद्ध मोर्चामा हिडेका महिलाहरुमा पनि आज राजनीतिप्रति वितृष्णा बढेको देखिन्छ । यसका कारण क्रान्तिकारी दिदीबहिनीहरु नै संगठित हुन नचाहने प्रवृत्ति बढीरहेको छ । महिलाहरु किन संगठित हुन चाहिरहेका छैनन्, संगठनले कस्तो नीति लिन सकियो भने संगठनमा महिला दिदीबहिनीहरुको सक्रियता बढाउन सकिन्छ भन्ने विषयलाई महत्वपूर्ण चासोको रुपमा सम्मेलनले उठाउन जरुरी छ ।

#peoplewarofnepal #Nepalijanasena #nepalnewsकसरी महिलालाई संगठनमा अझ बढी आकर्षित गर्ने, कसरी पितृसत्तात्मक सोचलाई राजनीतिक, सामाजिक र साँस्कृतिक संरचनाबाटै चुनौती दिने ? संविधान र कानुनमा भएका महिला अधिकारको कार्यान्वयनका लागि महिला संगठनले कस्तो नीति बनाउने ? कसरी महिलाको आर्थिक सशक्तीकरणलाई कसरी मूर्तरूप दिने ? कसरी अन्तर्राष्ट्रिय श्रमिक महिलाको अधिकार सुनिश्चित गर्ने ? कसरी युवा पुस्तालाई महिला आन्दोलनमा जोड्ने ? जस्ता मुद्धाहरुमा सम्मेलनले छलफल गर्न बढि जरुरी छ ।

पार्टी वा संसदीय मोर्चा वा अन्य मोर्चाहरुमा बढी जिम्मेवारी बोकेका पात्रहरुको ठूलो संख्या यो मोर्चामा बसिरहन आवश्यक छैन । कसैलाई भ्याई नभ्याई, कसैले कामै नपाई स्थिति हुन नदिउँ । वैचारिक पक्ष, जनसंख्या र भूगोल, संलग्नता, योगदान, ईतिहास र क्रियाशिलता ख्याल गर्दै जनमैत्री सभ्यता भएका संगठकहरुलाई उत्साहि हुने अवस्था पैदा गरौ ।

कार्यभारका बिषयहरु
सम्मेलनले महिला आन्दोलनलाई समावेशी र व्यापक बनाउने बिषयमा ध्यान दिन जरुरी छ । महिला आन्दोलन केवल शहरी शिक्षित वर्गको मुद्दामा सीमित हुनु हुँदैन । यसले ग्रामीण भेगमा रहेका किसान, मजदुर, सीमान्तकृत र उत्पीडित वर्गका महिलालाई पनि संगठित गर्नुपर्छ । महिलाको प्रश्नलाई वर्गीय, जातीय र क्षेत्रीय दृष्टिले हेरेर त्यसअनुसार रणनीति बनाउनुपर्छ । यसैगरी आर्थिक सशक्तीकरणमा जोड दिन पनि जरुरी छ । आर्थिक स्वतन्त्रता बिना महिला स्वतन्त्रता सम्भव हुँदैन मात्र होइन महिला सहभागिता बढाउन पनि सकिँदैन । त्यसैले सीपमूलक तालिम, कृषि र घरेलु उद्योगमा महिलाको सहभागिता, साना उद्यम व्यवसायमा लगानी, सहकारी प्रणालीको सुदृढीकरण, डिजिटल अर्थतन्त्र (आईटी, अनलाइन व्यवसाय, मोनिटाइजेशनमा पहुँच जस्ता विषयलाई कार्ययोजनामा प्राथमिकताका साथ समावेश गर्नुपर्छ । यस्ता विषयमा अनेमसंघ नगरसमितिले पालिकास्तरबाटै प्रशिक्षण दिन जरुरी हुन्छ । यसैगरी अर्को महत्वको बिषय शिक्षा र चेतना विस्तार हो । हुनत हिजोका दिनभन्दा आज महिलाहरुको शिक्षामा पहुँच बढेको छ । तर पनि अझै हाम्रा कतिपय गाउँहरुमा शिक्षा दिने कुरामा छोराछोरीमा विभेद गर्ने परम्पराकै रुपमा रहेको छ । अनेमसंघले निरक्षरता हटाउन बिशेष महिला कक्षा संचालन गर्न सकेको खण्डमा महिलाहरुको निरक्षर दर घटाउन सकिन्छ । सबै महिलालाई आधारभूत शिक्षा मात्र होइन, उच्च शिक्षा र प्रविधिमैत्री शिक्षामा पनि पहुँच दिलाउनुपर्छ । बालिका शिक्षा, छात्रवृत्ति कार्यक्रम, डिजिटल साक्षरता अभियानलाई प्राथमिकतामा राख्नुपर्छ ।

आज पनि महिलामाथि घरेलु हिंसा, बलात्कार, बेचबिखन, बालविवाह, दाइजो प्रथा, बहुविवाहजस्ता अपराधका घटनाहरु घटि नै रहेका छन् । दाइजो नदिएको निहुमा मारिनु पर्ने अवस्था अझै पनि विद्यमान छ । सम्मेलनले लैंगिक हिंसा विरुद्ध निर्णायक संघर्ष सञ्चालन गर्ने निर्णय गर्नुपर्छ । त्यसका लागि संगठनले कानूनी सुधारका लागि दबाब दिने, पीडितलाई सहज न्याय र क्षतिपूर्ति दिलाउन सहयोग गर्ने, महिलाहरुलाई आँटिलो र निडर बनाउन मनोवैज्ञानिक सहयोग गर्ने जस्ता कार्यक्रमहरु सञ्चालन गर्नुपर्नेछ । यसैगरी नीतिगत हस्तक्षेप र राजनीतिक सहभागिताका बिषयमा ध्यान दिनु पर्दछ । राजनीतिमा महिलाको उपस्थिति त्यसै पनि घटिरहेको सन्र्दमा राजनीतिक दलहरुले महिलाहरुको अधिकार सुरक्षित गर्ने कुरामा ध्यान दिएका छैनन् । संविधानमा उल्लेख भएकै कुरा कार्यान्वयन गर्ने कुरामा पनि यो वा त्यो बाहनामा महिलाको सहभागिता कटौति भैरहेका छन् । स्थानीय तहदेखि संसद् र राजनीतिक दलका नेतृत्व तहसम्म महिला सहभागिता सुनिश्चित गर्न आन्दोलन आवश्यक छ । सम्मेलनले ५० प्रतिशत राजनीतिक सहभागिता सुनिश्चित गर्ने मागलाई बिशेष एजेण्डा बनाउनुपर्छ ।

अहिले हामी अन्तर्राष्ट्रिय महिला आन्दोलनसँग सहकार्यको प्रश्नमा कमजोर छौं । वैश्वीकरण र अन्तर्राष्ट्रिय श्रम बजारमा नेपाली महिलाको ठूलो संलग्नता छ । परिवार पाल्नका लागि बाध्यतामा खाडी मुलुक, मलेसिया लगायत देश जाने र त्यहाँ श्रम शोषणमा पर्ने महिलाको संरक्षणका लागि अन्तर्राष्ट्रिय सहकार्य आवश्यक हुन्छ । महिला संगठनले ती देशहरुमा रहेका नेपाली संगठनहरुका साथै अन्तर्राष्ट्रिय महिला संगठनसँग सम्बन्ध विस्तार गरेर नेपाली महिलाको पक्षमा आवाज उठाउनुपर्छ । र विश्व सञ्जालमा आवद्ध हुनुपर्दछ ।

यसैगरी सांस्कृतिक चेतना र मौलिकता संरक्षणमा पनि आजका महिला सहभागी हुनुपर्दछ । हाम्रो संगठनमा आबद्ध महिला सांस्कृतिक र वैचारिक दृष्टिले पनि प्रगतिवादी हुन्छन् । तर कताकता आज हामी सामाजिक प्रचलनका नाममा हामी स्वयम् यस्ता संस्कृतिहरु प्रति रमाउँदै गएका छौँ । विदेशी संस्कृतिको प्रभावले हाम्रो समाजमा विकृति बढाइरहेको छ । महिलालाई मौलिक संस्कृतिको संरक्षण गर्दै परम्परा र सकारात्मक सभ्यतामा आधारित आधुनिकताको बाटो देखाउनुपर्छ । यहाँ उल्लेख भएजस्तै काम गर्न हामीले संगठन विस्तारमा ध्यान दिन जरुरी छ । हाम्रो निर्वाचन प्रणाली अनुसार नै हामीले हाम्रा संगठनको संचरना विस्तार गर्नुपर्दछ । टोल इकाई हुँदै विभिन्न समुदायस्तरमै र्सगठनलाई विस्तार गर्ने कार्ययोजना बनाउनु पर्दछ ।

अनेमसंघ (क्राान्तिकारी) को यो सम्मेलन केवल संगठनको कार्यक्रम होइन, समग्र नेपाली महिला आन्दोलनको भविष्य तय गर्ने अवसर हो भन्ने कुराको मनन गर्न सक्नु पर्दछ । यस सम्मेलनले यदि स्पष्ट कार्यदिशा र ठोस कार्ययोजना निर्माण गर्न सक्यो भने, महिला मुक्तिको संघर्षलाई नयाँ उचाइमा पु¥याउन सक्नेछ ।

महिलाले आफूलाई केवल पीडित वा कमजोरको रूपमा नभई परिवर्तनका अग्रदूतका रूपमा प्रस्तुत गर्ने आत्मविश्वास विकास गर्नुपर्छ । यसका लागि संगठनभित्र वैचारिक स्पष्टता, आन्तरिक एकता र अनुशासनलाई मजबुत बनाउनै पर्छ । सम्मेलनले भावी नेतृत्वलाई पारदर्शी, उत्तरदायी र जनउत्तरदायी बनाउन विशेष जोड दिनुपर्छ । यो सम्मेलनले तय गर्ने कार्यदिशा केवल कागजमा सीमित नभई व्यवहारमा उतार्न सक्ने गरी प्रभावकारी संयन्त्र निर्माण गर्नु अपरिहार्य छ ।
तर यी सबै कामको लागि बैज्ञानिक समाजवादी बिचारमा आधारीत प्रष्ट रणनीति र आम महिला आकर्षण गर्ने कार्यनीति बनाउनु पर्दछ । हिजो टुटफुट हुँदाका पुराना तुष नराखेर, पार्टी र आन्दोलनभित्र बहकिएका प्रवृतिहरुको रुपान्तरण गर्ने आँट लिएर संगठनको लक्ष्य प्राप्ति गर्ने ध्येयसहित मुख्य नेतृत्व निर्माण हुनुपर्दछ । पार्टी वा संसदीय मोर्चा वा अन्य मोर्चाहरुमा बढी जिम्मेवारी बोकेका पात्रहरुको ठूलो संख्या यो मोर्चामा बसिरहन आवश्यक छैन । कसैलाई भ्याई नभ्याई, कसैले कामै नपाई स्थिति हुन नदिउँ । वैचारिक पक्ष, जनसंख्या र भूगोल, संलग्नता, योगदान, ईतिहास र क्रियाशिलता ख्याल गर्दै जनमैत्री सभ्यता भएका संगठकहरुलाई उत्साहि हुने अवस्था पैदा गरौ ।

समाजवाद हाम्रो विचारको गन्तब्य मात्र होइन यो मानव समुदायकै रोजाई हो । त्यस अनुकुलको प्रष्ट मार्ग र नेतृत्व निर्माण यो सम्मेलनको सबैभन्दा अहम् कार्यभार हो । यहि प्रतिबद्धता र संकल्पका साथ, अखिल नेपाल महिला संघ (क्रान्तिकारी)को सातौं सम्मेलनले महिला अधिकार र समानताको आन्दोलनलाई नयाँ ऊर्जा, नयाँ दिशानिर्देश र नयाँ नेतृत्व प्रदान गर्ने बाटोमा आफ्नो ऐतिहासिक भूमिकालाई अझ सशक्त बनाउने आशा गरौं । आफ्नो गौरवपूर्ण इतिहासको मनन गर्दै अखिल नेपाल महिला संघ (क्रान्तिकारी)को सातौं सम्मेलन भव्यताका साथ सम्पन्न होस भन्ने शुभकामना व्यक्त गर्दछु ।

वि.सं.२०८२ भदौ १८ बुधवार ०९:४८ मा प्रकाशित

सचेत हिँडाईः एक विमर्श

सचेत हिँडाईः एक विमर्श

१. पृष्ठभूमि हम्रो समाजमा हिड्नुलाई सामान्य रुपमा लिइने गरेको पाइन्छ...

कन्सल्टेन्सी सञ्चालन गर्न २५ लाख अनिवार्य धरौटी : सही कि गलत ?

कन्सल्टेन्सी सञ्चालन गर्न २५ लाख अनिवार्य धरौटी : सही कि गलत ?

हाल सरकारले ‘शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी कक्षा (सञ्चालन...

के दश वर्ष मै सामाजिक तथा राजनीतिक परिवर्तन हुन सक्छ ?

के दश वर्ष मै सामाजिक तथा राजनीतिक परिवर्तन हुन सक्छ ?

१.पृष्ठभूमि आधुनिक सामाजिक विज्ञानले देखाउँछ कि मानिसको आचरण, धर्मीय दृष्टिकोण...

निलो बस: महिला सुरक्षा कि रङको राजनीति?

निलो बस: महिला सुरक्षा कि रङको राजनीति?

नेपालीहरूको एउटा अनौठो स्वभाव छ। कसैले राम्रो काम गर्न खोज्यो...

आत्मसम्मानले समाजमा कस्तो प्रभाव पर्छ ?

आत्मसम्मानले समाजमा कस्तो प्रभाव पर्छ ?

आत्मसम्मान भनेको व्यक्तिको आफ्नै मूल्य वा व्यक्तिगत मूल्यको व्यक्तिपरक मूल्याङ्कन...

नक्कली कम्युनिस्ट नेता सक्कली जस्तो कसरी देखिने?

नक्कली कम्युनिस्ट नेता सक्कली जस्तो कसरी देखिने?

के तपाईं भित्री रूपमा कट्टर आस्तिक हुनु हुन्छ बाहिरी रूपमा...