back
CTIZAN AD

संयुक्त राष्ट्रसङ्घका अनुसार गाजा शहरबाट करिब ४८ हजार मानिस विस्थापित  

वि.सं.२०८२ असोज १ बुधवार

1.1K 

shares
संयुक्त राष्ट्र ।  संयुक्त राष्ट्रसङ्घको मानवीय सहायता समन्वय कार्यालय (ओसीएचए) का अनुसार गाजा शहरमा हालैका दिनमा भएसँगैको स्थल कारबाहीका कारण करिब ४८ हजार प्यालेस्टिनी नागरिकहरूले दक्षिणतर्फ सरेका छन् ।
उक्त कार्यालयले जनाएअनुसार, अगस्त महिनाको मध्यदेखि हालसम्म करिब एक लाख ९० हजारभन्दा बढी व्यक्तिहरूले गाजा सहर छोडिसकेका छन् । धेरै विस्थापितहरू अत्यधिक गर्मीका बाबजुद, पैदलै यात्रा गर्न बाध्य छन् । “विस्थापित परिवारहरू विशेषगरी महिला र वृद्ध सदस्यको नेतृत्वमा नाङ्गो खुट्टा, घाइते बालबालिका र भारी बोक्दै, घण्टौँसम्म हिंडिरहेका छन् ।”
संयुक्त राष्ट्रका साझेदार संस्थाहरूले करिब एक हजार ५०० भन्दा बढी व्यक्तिहरूलाई, जसमा ९०० भन्दा बढी बालबालिका छन्, मानसिक सहायता, खानेपानी तथा औषधोपचार प्रदान गरिसकेका छन् ।
स्वास्थ्य सेवा प्रदायक संस्थाहरूका अनुसार गाजाका अस्पताल तथा स्वास्थ्य केन्द्रहरूमा अत्यधिक चाप छ । यसै साता गाजा शहरको अल–कुद्स अस्पताल नजिकैको आक्रमणका कारण अस्पतालमा क्षति पुगेको छ र हाल उक्त स्थानमा विस्थापितहरू आश्रय लिइरहेका छन् । यसबाहेक, संयुक्त राष्ट्रसङ्घद्वारा सञ्चालित ६ स्वास्थ्य केन्द्रमध्ये केवल ३ वटा मात्र सञ्चालनमा रहेका छन् ।
जिकीम सीमा नाका विगत चार दिनदेखि बन्द रहेको तथा भीड र लुटपाटका कारण इन्धन र औषधिसम्बन्धी आपतकालीन सेवाहरू अवरुद्ध भएको ओसीएचएले जनाएको छ । सहायता बोकेका सवारी साधनहरू ढिलो हुने, जोखिम सामना गर्नुपर्ने र बाटोमै अड्किने समस्याले सहायता अत्यन्त आवश्यक रहेका व्यक्तिहरूसम्म पुग्न गाह्रो भएको छ ।
“यी सबै चुनौतीपूर्ण परिस्थितिका बाबजुद पनि, संयुक्त राष्ट्रसङ्घ र यसका मानवीय साझेदारहरूले गाजा क्षेत्रमा अत्यावश्यक सेवा प्रदान गर्न निरन्तर प्रयासरत छन्,” ओसीएचएले उल्लेख गरेको छ ।

वि.सं.२०८२ असोज १ बुधवार १९:०१ मा प्रकाशित

अमेरिकाको फ्लोरिडामा डुङ्गा दुर्घटना, अनुसन्धान सुरु

अमेरिकाको फ्लोरिडामा डुङ्गा दुर्घटना, अनुसन्धान सुरु

न्यूयोर्क । अमेरिकाको फ्लोरिडा राज्यस्थित मियामी नजिक शनिबार भएको डुङ्गा...

इरान-अमेरिका तनाव फेरि चर्कियो

इरान-अमेरिका तनाव फेरि चर्कियो

वासिङ्टन  । हर्मुज जलघाँटी क्षेत्रमा अमेरिकी र इरानी सैन्य शक्तिबीच...

अमेरिका-क्युबा सम्बन्धमा नयाँ मोडः सैन्य कारबाही टरेको सङ्केत

अमेरिका-क्युबा सम्बन्धमा नयाँ मोडः सैन्य कारबाही टरेको सङ्केत

वासिङ्टन । संयुक्त राज्य अमेरिका हाल क्युबामाथि तत्काल कुनै सैन्य...

द्वन्द्व अन्त्यका लागि इरानको नयाँ प्रस्ताव

द्वन्द्व अन्त्यका लागि इरानको नयाँ प्रस्ताव

तेहरान । इरानका विदेशमन्त्री सैयद अब्बास अराघचीले संयुक्त राज्य अमेरिकासँग...

युरोपमा अमेरिकी सेना घटाउने ट्रम्पको योजना

युरोपमा अमेरिकी सेना घटाउने ट्रम्पको योजना

फ्लोरिडा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार दिएको अभिव्यक्तिमा संयुक्त...

केन्यामा बाढीका कारण कम्तीमा १० जनाको मृत्यु

केन्यामा बाढीका कारण कम्तीमा १० जनाको मृत्यु

नैरोबी । केन्यामा लगातार परेको भारी वर्षाका कारण आएको आकस्मिक...