back
CTIZAN AD

नेपाली श्रमिकलाई श्रम सचेतना तथा सुरक्षित रोजगारीबारे जानकारी

वि.सं.२०८३ वैशाख २७ आइतवार

339 

shares

काठमाडौँ । संयुक्त अरब इमिरेट्स (युएई)स्थित नेपाली राजदूतावासले आबुधावीमा कार्यरत नेपाली श्रमिकलाई लक्षित गरी श्रम सचेतना तथा सुरक्षित रोजगारीसम्बन्धी अन्तरक्रिया सम्पन्न गरेको छ ।

राजदूतावास परिसरमा आयोजित कार्यक्रममा युएईका विभिन्न कम्पनीमा कार्यरत नेपाली श्रमिकको सहभागिता थियो । कार्यक्रममा राजदूतावासका श्रम सहचारी पङ्कज लामिछानेले श्रमिकका हकअधिकार र सुरक्षासम्बन्धी विषयमा प्रस्तुति दिएका थिए । उनले कम्पनीमा काम गर्दा पालना गर्नुपर्ने नियम, वैदेशिक रोजगारीका क्रममा अपनाउनुपर्ने सावधानी, श्रम स्वीकृति नवीकरण, सामाजिक सुरक्षा कोषको प्रयोग तथा नेपाल सरकारले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि उपलब्ध गराएका सुविधाबारे जानकारी गराएका थिए ।

साथै राहदानी, इमिरेट्स आइडी, श्रमिकको परिचयपत्रलगायत व्यक्तिगत कागजात सुरक्षित राख्न र साइबर अपराध तथा आर्थिक ठगीबाट जोगिन सचेत रहन उनले आग्रह गरे ।

कार्यक्रममा विदेशमा हुने खोजतलास, उद्धार, व्यवस्थापन, क्षतिपूर्ति तथा श्रमिक सहायतासम्बन्धी निवेदन नेपाल सरकारको कन्सुलर सेवा विभागद्वारा सञ्चालित अनलाइन प्रणालीमार्फत दर्ता गर्न सकिने जानकारी दिइएको थियो ।

राजदूतावासका तृतीय सचिव विमलेशकुमार मिश्रले राहदानी तथा कन्सुलर सेवासम्बन्धी जानकारी दिएका थिए । कार्यक्रममा सहभागी श्रमिकले यस्ता सचेतनामूलक कार्यक्रम नियमित रूपमा सञ्चालन गर्नुपर्ने आवश्यकता औँल्याएका थिए ।

बमक/१४४०ह२३३भपबलतष्उगच–नबबिहथ–क२६–कपथ–दगिभ–पखख२–०६५२०२६१२२६१७.वउन
सहभागीले न्यूनतम पारिश्रमिक, श्रम मापदण्डको पालना तथा वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकको श्रम, सीप र योगदानको सम्मान तथा संरक्षणका लागि नेपाल सरकारले थप पहल गर्नुपर्ने धारणा राखेका थिए ।

कार्यक्रममा दैनिक जीवन र कार्यस्थलमा हुने आकस्मिक घटनामा प्राथमिक उपचार कसरी गर्ने भन्ने विषयमा ‘फस्र्ट एड’सम्बन्धी व्यावहारिक जानकारीसमेत प्रदान गरिएको थियो ।कार्यक्रममा यूएईका लागि नेपाली राजदूत तेजबहादुर क्षेत्रीसहित राजदूतावासका कूटनीतिक कर्मचारीको उपस्थिति थियो ।

वि.सं.२०८३ वैशाख २७ आइतवार १२:०६ मा प्रकाशित

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लमिटेडका सञ्चालकहरू तथा प्रमुख...

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज...

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा) ले वरिष्ठ पत्रकार तथा जनआस्था...

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

काठमाडौं । नेपाली कांग्रेसले आगामी भदौ ११ गते महिला उद्यमशीलता...

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

काठमाडौं । नेपाल प्रहरीका भूतपूर्व डिआईजी रमेश खरेलले प्रहरीको सर्वोच्च...

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

काठमाडौं । बागमती प्रदेश सरकार, उद्योग, पर्यटन, श्रम तथा यातायात...