back
CTIZAN AD

अमेरिकाको फ्लोरिडामा डुङ्गा दुर्घटना, अनुसन्धान सुरु

वि.सं.२०८३ वैशाख २७ आइतवार

1.1K 

shares

न्यूयोर्क । अमेरिकाको फ्लोरिडा राज्यस्थित मियामी नजिक शनिबार भएको डुङ्गा विस्फोटमा कम्तीमा ११ जना घाइते भएका छन् । स्थानीय अधिकारीहरूले उक्त जानकारी दिएका हुन् ।

बिस्केन खाडी क्षेत्रमा रहेको हलओभर स्यान्डबार नजिक यात्रु बोकेको एक चार्टर डुङ्गामा अचानक विस्फोट भएको हो । फ्लोरिडा वन्यजन्तु तथा जलस्रोत संरक्षण आयोगकी प्रवक्ता मेलिसा ब्रेभिकका अनुसार विस्फोट डुङ्गामै भएको थियो ।

मियामी–डेड अग्नि उद्धार विभागले दिउँसो १२ बजेर ४८ मिनेटमा ‘सम्भावित डुंगा विस्फोट’ भएको सूचना प्राप्त गरेको जनाएको छ । घटनास्थल मियामी बीच नजिकको लोकप्रिय पर्यटकीय क्षेत्र रहेको बताइएको छ ।

उद्धार टोली घटनास्थलमा पुग्दा धेरै घाइतेहरूलाई तत्काल उपचार आवश्यक परेको थियो । घाइतेहरूलाई नजिकका अस्पतालहरूमा उपचारका लागि पठाइएको अधिकारीहरूले बताएका छन् ।

विस्फोटको कारण हालसम्म खुल्न सकेको छैन । घटनाबारे अनुसन्धान जारी रहेको जनाइएको छ ।(रासस/सिन्ह्वा)

 

वि.सं.२०८३ वैशाख २७ आइतवार १२:०० मा प्रकाशित

राष्ट्रिय सतर्कता केन्द्रको वार्षिक प्रतिवेदन प्रधानमन्त्रीसमक्ष प्रस्तुत

राष्ट्रिय सतर्कता केन्द्रको वार्षिक प्रतिवेदन प्रधानमन्त्रीसमक्ष प्रस्तुत

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहत रहेको राष्ट्रिय सतर्कता...

जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ

जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ

काठमाडौं । जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ परेका...

परिपक्व कूटनीतितर्फ प्रधानमन्त्री शाहः भारत र चीनसँग व्यावहारिक संवाद

परिपक्व कूटनीतितर्फ प्रधानमन्त्री शाहः भारत र चीनसँग व्यावहारिक संवाद

काठमाडौँ । वर्तमान सरकारको नेतृत्व गरेपछि विदेशी राजदूतहरूसँग सामूहिक भेटवार्तालाई...

कालोबजारी गर्ने पेट्रोलपम्प र ग्यास डिलरको इजाजत खारेज गर्न निर्देशन

कालोबजारी गर्ने पेट्रोलपम्प र ग्यास डिलरको इजाजत खारेज गर्न निर्देशन

काठमाडौँ । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित...

फलफूलको उत्पादन बढाउन किसानलाई अनुदान

फलफूलको उत्पादन बढाउन किसानलाई अनुदान

दमौली (तनहुँ) । कृषि विकास कार्यालय, तनहुँले सुन्तलाको उत्पादन वृद्धि...

नेप्से परिसूचक झिनो अङ्कले बढ्यो

नेप्से परिसूचक झिनो अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...