back
CTIZAN AD

अमेरिका-क्युबा सम्बन्धमा नयाँ मोडः सैन्य कारबाही टरेको सङ्केत

वि.सं.२०८३ वैशाख २५ शुक्रवार

1.1K 

shares

वासिङ्टन । संयुक्त राज्य अमेरिका हाल क्युबामाथि तत्काल कुनै सैन्य कारबाही गर्ने तयारीमा नरहेको अमेरिकी अधिकारीहरूले बताएका छन् । यद्यपि राष्ट्रपति डोनाल्ड ट्रम्पले क्युबालाई लक्षित गर्दै बारम्बार कडा चेतावनी दिइरहेका छन् ।

अमेरिकी अधिकारीहरूका अनुसार, क्युवा सरकारसँग प्रारम्भिक चरणको कूटनीतिक छलफल जारी छ । तर तत्काल सैन्य विकल्प सक्रिय रूपमा अघि बढाइएको छैन ।

राष्ट्रपति ट्रम्पले हालै ‘क्युबा अर्को लक्ष्य हुन सक्छ’ भन्ने टिप्पणी गर्दै, मध्यपूर्वमा तैनाथ अमेरिकी नौसैनिक जहाजहरू आवश्यक परे क्युबाबाट फर्किन सक्ने सङ्केत पनि दिएका थिए ।

यसैबीच, अमेरिकी पक्षले क्युबा सरकारलाई मानवीय सहायता स्वरूप लाखौँ डलरको सहयोग, सबै नागरिकका लागि दुई वर्षसम्म निःशुल्क इन्टरनेट सेवा (स्टारलिङ्क), कृषि सहयोग तथा पूर्वाधार विकास सहायता जस्ता प्रस्तावहरू दिएको बताइएको छ । तर यी प्रस्तावहरू कडा सर्तहरूसहित भएकाले क्युबा सरकारले स्वीकार गर्ने सम्भावना कमजोर रहेको अधिकारीहरूको आकलन छ ।

अमेरिकी अधिकारीहरूले क्युबाले अहिलेसम्म प्रस्तावलाई पूर्ण रूपमा अस्वीकार नगरेको तर धेरै सर्तहरूप्रति लामो समयदेखि असहमति जनाउँदै आएको बताएका छन् ।

यसैबीच, अमेरिकी ट्रेजरी र विदेश मन्त्रालयले क्युबामाथि नयाँ प्रतिबन्ध घोषणा गरेका छन् । विशेषगरी क्युबाली सेनाद्वारा सञ्चालित एक ठूलो व्यापारिक समूहमाथि कडा आर्थिक प्रतिबन्ध लगाइएको छ ।

अमेरिकी अधिकारीहरूले कूटनीतिक ढोका अझै खुला रहेको बताए पनि राष्ट्रपति ट्रम्पले आफ्नो निर्णय परिवर्तन गर्न सक्ने र सैन्य विकल्पहरू पूर्ण रूपमा नहटाइएको स्पष्ट गरेका छन् ।

यस घटनाक्रमले अमेरिका–क्युबा सम्बन्ध पुनः तनावपूर्ण बन्न सक्ने संकेत देखिएको छ भने अन्तर्राष्ट्रिय समुदायले परिस्थितिलाई नजिकबाट नियालिरहेको छ ।(रासस/एपी)

 

वि.सं.२०८३ वैशाख २५ शुक्रवार १५:०४ मा प्रकाशित

कार्यक्रम गर्नुपूर्व अनिवार्य स्वीकृति लिन कास्की प्रशासनको आग्रह

कार्यक्रम गर्नुपूर्व अनिवार्य स्वीकृति लिन कास्की प्रशासनको आग्रह

गण्डकी । जिल्ला प्रशासन कार्यालय, कास्कीले सार्वजनिकस्थलमा कुनै पनि कार्यक्रम...

‘रेड नोटिस’ जारी भएका राई कतारबाट पक्राउ

‘रेड नोटिस’ जारी भएका राई कतारबाट पक्राउ

काठमाडौँ । जबर्जस्ती करणी मुद्दामा ‘इन्टरपोल’बाट ‘रेड नोटिस’ जारी भएका...

विदेशी नागरिकलाई कुटपिट गर्ने डान्स क्लबका दुई पक्राउ

विदेशी नागरिकलाई कुटपिट गर्ने डान्स क्लबका दुई पक्राउ

काठमाडौं । विदेशी नागरिकलाई कुटपिट तथा अभद्र व्यवहार गरेको आरोपमा...

प्रतिनिधिसभाको बैठक बस्दै, यी हुन् कार्यसूची

प्रतिनिधिसभाको बैठक बस्दै, यी हुन् कार्यसूची

काठमाडौँ । सङ्घीय संसद्, प्रतिनिधिसभाको बैठक आज बस्दैछ । सङ्घीय...

अन्तर्वार्ताको मिति छिटो मिलाइदिन्छु भन्ने दाबी गर्नेहरूसँग सावधान रहन अमेरिकी दूतावासको आग्रह

अन्तर्वार्ताको मिति छिटो मिलाइदिन्छु भन्ने दाबी गर्नेहरूसँग सावधान रहन अमेरिकी दूतावासको आग्रह

काठमाडौं । नेपालस्थित अमेरिकी दूतावासले भिसा अन्तर्वार्ताको मिति छिटो मिलाइदिने...

बैंकिङ कसुर मुद्दाका चार प्रतिवादी पक्राउ

बैंकिङ कसुर मुद्दाका चार प्रतिवादी पक्राउ

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले बैंकिङ कसुर...