back
CTIZAN AD

द्वन्द्व अन्त्यका लागि इरानको नयाँ प्रस्ताव

वि.सं.२०८३ वैशाख २० आइतवार

1.3K 

shares

तेहरान । इरानका विदेशमन्त्री सैयद अब्बास अराघचीले संयुक्त राज्य अमेरिकासँग जारी द्वन्द्व अन्त्य गर्ने उद्देश्यले तयार गरिएको नयाँ प्रस्तावबारे एशिया र युरोपका विभिन्न देशका आफ्ना समकक्षीहरूसँग जानकारी आदानप्रदान गरेका छन् ।

शुक्रबार र शनिबार भएका छुट्टाछुट्टै टेलिफोन वार्ताहरूमा उनले टर्कीए, कतार, साउदी अरेबिया, इजिप्ट, इराक, अजरबैजान, रुस, दक्षिण कोरिया, जापान, फ्रान्स, इटाली लगायत देशहरूका अधिकारीहरूसँग क्षेत्रीय अवस्थाबारे छलफल गर्नुका साथै वासिङ्टनसँग सम्भावित युद्धविरामका विषयमा पनि कुराकानी गर्नुभएको बताइएको छ । साथै युरोपेली सङ्घका परराष्ट्र नीतिसम्बन्धी प्रमुखसँग पनि उनले परामर्श गरेका जनाएका छन् ।

इरानको विदेश मन्त्रालयद्वारा जारी वक्तव्यअनुसार अराघचीले अमेरिकी तथा इजरायली सैन्य गतिविधिहरूले फारसको खाडी र होर्मुज जलडमरूमध्य क्षेत्रमा असुरक्षा बढाएको बताएका छन् । उनले इरानले युद्ध सुरु नगरेको दाबी गर्दै संयुक्त राज्य अमेरिकाले आफ्नो कडा नीति, धम्कीपूर्ण अभिव्यक्ति तथा उक्साउने कार्यहरू त्यागेमा इरान कूटनीतिक समाधानका लागि खुला रहेको स्पष्ट पारे ।

उनले इरानका सशस्त्र बलहरू कुनै पनि सम्भावित खतराको सामना गर्न पूर्ण रूपमा तयार रहेको पनि उल्लेख गरे । साथै, केही क्षेत्रीय देशहरूले कूटनीतिक पहललाई प्रोत्साहन दिँदै तनाव बढ्न नदिन खेलेको ‘रचनात्मक भूमिका’ को प्रशंसा गरेका छन् ।

फेब्रुअरी २८ मा इजरायल र संयुक्त राज्य अमेरिकाले तेहरानसहितका विभिन्न सहरहरूमा संयुक्त आक्रमण गरेका थिए, जसमा इरानका तत्कालीन सर्वोच्च नेता अली खामेनी, उच्च सैनिक कमाण्डर तथा सर्वसाधारण नागरिकहरूको ज्यान गएको थियो । त्यसको जवाफमा इरानले इजरायल र अमेरिकी स्वार्थ केन्द्रित क्षेत्रमा क्षेप्यास्त्र तथा ड्रोन आक्रमण गरेको थियो ।

अप्रिल ८ मा युद्धविराम लागू गरिएको भए पनि त्यसपछि इस्लामाबादमा इरानी र अमेरिकी प्रतिनिधिमण्डलबीच भएको वार्ता कुनै सहमतिमा पुग्न सकेन । इरानको सरकारी समाचार संस्थाले जनाएअनुसार इरानले नयाँ वार्ता प्रस्ताव पाकिस्तानमार्फत अगाडि बढाएको छ ।(रासस/सिन्ह्वा)

 

वि.सं.२०८३ वैशाख २० आइतवार १५:३९ मा प्रकाशित

राष्ट्रिय सतर्कता केन्द्रको वार्षिक प्रतिवेदन प्रधानमन्त्रीसमक्ष प्रस्तुत

राष्ट्रिय सतर्कता केन्द्रको वार्षिक प्रतिवेदन प्रधानमन्त्रीसमक्ष प्रस्तुत

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहत रहेको राष्ट्रिय सतर्कता...

जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ

जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ

काठमाडौं । जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ परेका...

परिपक्व कूटनीतितर्फ प्रधानमन्त्री शाहः भारत र चीनसँग व्यावहारिक संवाद

परिपक्व कूटनीतितर्फ प्रधानमन्त्री शाहः भारत र चीनसँग व्यावहारिक संवाद

काठमाडौँ । वर्तमान सरकारको नेतृत्व गरेपछि विदेशी राजदूतहरूसँग सामूहिक भेटवार्तालाई...

कालोबजारी गर्ने पेट्रोलपम्प र ग्यास डिलरको इजाजत खारेज गर्न निर्देशन

कालोबजारी गर्ने पेट्रोलपम्प र ग्यास डिलरको इजाजत खारेज गर्न निर्देशन

काठमाडौँ । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित...

फलफूलको उत्पादन बढाउन किसानलाई अनुदान

फलफूलको उत्पादन बढाउन किसानलाई अनुदान

दमौली (तनहुँ) । कृषि विकास कार्यालय, तनहुँले सुन्तलाको उत्पादन वृद्धि...

नेप्से परिसूचक झिनो अङ्कले बढ्यो

नेप्से परिसूचक झिनो अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...