back
CTIZAN AD

सांघाई सम्मेलन : दक्षिण पश्चिमको निगाह र प्रभुत्वबाट मुक्त हुन चाहान्छ भन्ने सन्देश

वि.सं.२०८२ भदौ १९ बिहीवार

4K 

shares

सांघाइ सहयोग संगठनको सम्मेलन सकियो, र यसले एउटा नयाँ अन्तरास्ट्रिय सम्बन्ध विकासको पहल शुरु भएको आभास दियो। अब समग्र दक्षिण पश्चिमको निगाह र प्रभुत्वबाट मुक्त हुन चाहान्छ भन्ने सन्देश नै यो सम्मेलनको सबै भन्दा ठूलो उपलब्धि हो। सम्मेलनले उर्जा, डिजिटल प्रबिधिमा आधारित अर्थतन्त्र र शिक्षा यस संगठनका परस्पर सहयोगका प्राथमिक क्षेत्र घोषणा गरेको छ र बहुध्रुवियता अब गफ मात्र होइन यथार्थ भएको छ। त्यसैगरि उच्च शिक्षा र रोजगारमुलक शिक्षामा आपसी सहयोग घनिभुत पार्ने अठोट पनि घोषणा गरीयो जस्ले समग्र दक्षिणको ध्रुवीकरणलाई अझ खंदिलो बनाएको छ। तर, यी बाहेक चीनका अरु केही महत्त्वपूर्ण प्रस्तावहरु आए, जस्ले बिश्वको राजनीति र आर्थिक मानचित्रमामा अब समग्र दक्षिणको नेतृत्व स्थापित हुने सम्भावना अगाडी आएको देखिन्छ।

१) निस्पक्षता र स्वछतामा आधारित बिश्व शासन व्यवस्था निर्माणको आह्वानबाट अब कसैको प्रभुत्व स्वीकार हुन्न भन्ने सन्देश यस सम्मेलनले दिएको छ। चीनले आगामी दिनमा यो क्षेत्रमा सक्रियता देखाउने चाहना राखेको स्पस्ट हुन्छ । स्वच्छ विश्व शासन व्यवस्था, सभ्यताहरुको बिचमा परस्पर सहयोग र आर्थिक बिकासमा परस्पर सहयोगका तीन नयाँ शुरुआत प्रति चीनले अगुवाइ गर्ने आँट अगाडी सारेको छ जस्को अन्तर्निहित उद्देस्य शान्तिको पक्षमा अन्तरास्ट्रिय सहयोगलाई केन्द्रीत गर्ने चाहना नै हो। अर्थात अब कसैको प्रभुत्वलाई बिश्वले स्वीकार गर्ने छैन भन्ने सन्देश सम्मेलनले दिएको छ।

२) बहुध्रुवियता, सभ्यताको समान पहिचान र महत्त्वलाई स्थान दिने कुरा, बिकासमा साझेदारी र शान्तिको संरक्षण पनि उतिकै प्राथमिक्ताका साथ उठेको छ्न।

यो सम्मेलनले एक पटक तेस्रो विश्व भनेर चिनिएका देशहरूले उपनिवेसवादका थोत्रा थाङ्ना थुङ्नी छोडेर, नवउपनिवेशवादको चुनौतीलाई पनि सामना गर्न सक्ने अवस्था आउन सक्ने आशा गर्न सक्छन। यो सम्मेलन र चीनले मनाएको फासिवाद बिरोधि ८० बर्षको महोत्सवलाई जोडेर हेर्ने हो भने, शान्तिको पक्षमा चीनले आफ्नो प्रतिवद्धता जनाएको छ। सांघाइ सहयोग संगठनले प्राथमिक्ता तोकेका माथी उल्लेखित क्षेत्रमा १ अर्ब युवानको सहयोग घोषणा गर्नुका अतिरिक्त सांघाइ सहयोग संगठन बैंकको स्थापना गर्ने घोषणा अत्यन्त महत्वपुर्ण रहेको छन। संयुक्त रास्ट्र संघका बिकास कार्यक्रम मार्फत बिकासका कार्यक्रम संचालन गर्न चीनले अर्को १० अर्ब युवान घोषणा गरेको छ।

नेपालले यो संगठनको सहयोगको लाभ लिन सक्छ, खासगरि नेपालमा रोजगारमुलक शिक्षाको बिकासका लागि।
नेपालले चीनको फासिवाद बिरोधि महोत्सवमा भाग लीएर चिनियाँ जनताले भोगेको कठोर पिडामा आफ्नो मानविय अनुभुति प्रकट गरेको छ। करीब ३ करोड चिनिया जनताले फासिवादी जापानी साम्राज्यवादको अत्याचारबाट ज्यान गुमाएका थिए र दोस्रो बिश्वयुद्धमा शान्तिको पक्षमा चिनियाँ जनताको त्याग र पीडा प्रति युरोपेली इतिहास लेखकहरुले अन्याय गरेकै हो। यथार्थमा पहिलो विश्वयुद्ध १९३९ मा होइन, १९३१ मै शुरु भएको थियो, जब जापानले चीनको मन्चुरियामा आक्रमण गर्यो, तिव्र गतिले उत्तरपश्चिम चिनमा युद्धको बिस्तार गर्यो। सांघाइमा गरेको घातक अमानवीय बमबारी, नान्जिङ्गको आमहत्या जस्ता घटना जर्मनीले युरोप र रसियामा गरेका आक्रमण भन्दा कम थिएनन। तर इतिहासले यी घटनालाई बिर्सियो र यो महोत्सवले इतिहासको पुनर्लेखन गरेको छ।

चिनियाँ जनता आफुमाथि पश्चिमी देशहरूले गरेका अपमान र जापानी आक्रमणको पिडालाइ सम्झना गर्ने र आफ्नो स्वाभिमानको जग बलियो बनाउन आफ्नो सभ्यतामाथि गौरव गर्न सक्ने ठांउमा पुगेका छ्न। आर्थिक समृद्धिले नै सम्मान पनि कायम गर्ने रहेछ र अन्त्तत बिकास रास्ट्रीय स्वार्थ, नागरिक सर्बोच्चता र सभ्यताको गौरवसँग जोडिएको हुंदो रहेछ भन्ने तथ्य चीनले देखाएको छ। त्यसैले राजनीति बिचारबाट निर्देशित भएन भने रोग बन्दो रहेछ भन्ने कुरा दक्षिणका देशहरुमा पलाएको चेतनाले स्पष्ट पारेको छ।

वि.सं.२०८२ भदौ १९ बिहीवार ०८:५७ मा प्रकाशित

बौद्ध दर्शन, पुण्यकर्म र निर्वाण प्राप्ती

बौद्ध दर्शन, पुण्यकर्म र निर्वाण प्राप्ती

बुद्धधर्म ज्ञान र ध्यानको धर्म हो । बुद्ध कर्ममाविश्वास गर्छन्...