back
CTIZAN AD

कविता : आमा तिमी इश्वर

वि.सं.२०८३ असार २७ शनिवार

561 

shares

अलख निरन्जन लोहार
टीकापुर , कैलाली हाल : भारत

आमा प्राण समानकी ढुकढुकी आमा तिमी त्राण हौ,
आमा हौ जहिल्यै खुला हृदयकी आमा तिमी सार हौ,
आमा सत् मृदु चेतपूर्ण छ हियो निर्माणकी मूल हौ,
भर्छौ दिव्य कला हरेक पलमा उद्घारकर्ता भयौ ।१।

आमा सिर्जनको नवीन सविता सम्मान आराधना,
मेरो ध्यान विचार हौ मगज हौ नौलो नयाँ कल्पना,
आमा हौ कविको सुरम्य कविता आमा तिमी छ्न्द हौ,
मेरो माथ बहार भै कलममा सौन्दर्य आनन्द हौ ।२।

तिम्रो काख बसेर भुल्छु ननिका बिर्सन्छु सारा पिर,
लेखौला कविता समस्त पदमा राखेर मेरो शिर,
आमा ईश्वर हौ अनन्त जगकी आमा तिमी इश्वर ,
आफ्ना सन्ततिको खुशी रहरमा तोड्छौ सबै जञ्जिर ।३।

सारा भोक सही कसेर पटुकी सन्तानलाई दियौ,
पीडा भोक भुलेर आर्त्त नबनी सङ्घर्ष सारा गर्‍यौ,
आफ्नो ज्यान सकेर जीवन दिने आमा तिमी भैरवी,
देवीको पथ पुज्न खोज्छु तब ता सम्झिन्छु तिम्रो छवि ।४।

मै हाँसू हरबारमा चहकिलो त्यो देह हाँस्यो भने,
मै बाँचू हर सार भित्र जननी मै भित्र बाँच्यो भने,
ठूलो हिम्मत साथ हिँड्छु सहजै विश्वास मानीकन,
आशीर्वाद सदा सदा मिलिरहोस् खुल्ला बनाई मन ।५।

छन्द : शार्दूलविक्रीडित
गण : म – स – ज – स – त – त – गु
सङ्केत : SSS – IIS – ISI – IIS – SSI – SSI – S

वि.सं.२०८३ असार २७ शनिवार ०५:१० मा प्रकाशित

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

भक्तपुर । “भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान“ २०८२ वरिष्ठ...

डोल्पा एक्सप्रेस : भाडा शून्य !

डोल्पा एक्सप्रेस : भाडा शून्य !

रज्जु दाहालको “डोहो डोहो डोल्पो” पढ्दा मलाई डोल्पा आफैँ पुगेजस्तो...

झिल्का कविता

झिल्का कविता

अबजस चन्द्र, कमल, झापा १. गराउने ज्ञानको उज्यालो गुरुको दिव्य...

सुसेली

सुसेली

जगदीश्वर पोखरेल पाउँदीबजार लमजुङ सम्प्रति- सन्तोषीनगर कलङ्की सल्लो सुसायो माया...

गजल

गजल

अनुराग अरुण, लुभु, ललितपुर जसमा निकै आत्मीय प्यार हुन्छ हरपल...

चारु

चारु

सीता शर्मा पन्थी, वीरगन्ज पर्सा तिम्रो मौनताको के नै नाम...