back
CTIZAN AD

बालविकास सहजकर्ता र विद्यालय कर्मचारीको पारिश्रमिक बृद्धि, निर्णय कार्यान्वयन गर्न पत्राचार

वि.सं.२०८३ भदौ ९ मंगलवार

15 

shares

भक्तपुर । नेपाल सरकारले प्रारम्भिक बालविकासका सहजकर्ता, विद्यालय सहायक कर्मचारी, विद्यालय सहयोगी तथा संघीय शिक्षण सहयोग अनुदान कोटामा कार्यरत शिक्षकहरूको पारिश्रमिक तथा तलब वृद्धि गर्ने निर्णय गर्दै कार्यान्वयनको लागि स्थानीय तहहरुलाई पत्राचार गरिएको छ ।

शिक्षा विभाग, सानोठिमीले भदौ ८ गते सबै स्थानीय तहलाई पत्र पठाउँदै मन्त्रिपरिषद्को भदौ ३ गतेको निर्णय कार्यान्वयन गर्न अनुरोध गरेको हो।

निर्णयअनुसार प्रारम्भिक बालविकासका सहजकर्ता, विद्यालय सहायक कर्मचारी र विद्यालय सहयोगीले संघीय सरकारले हाल उपलब्ध गराउँदै आएको पारिश्रमिक अनुदानमा मासिक ५ हजार रुपैयाँ थप पाउनेछन्। थप रकमसहितको पारिश्रमिक निकासा गर्न विभागले स्थानीय तहलाई निर्देशन दिएको छ।

त्यस्तै, कक्षा ९–१० मा संघीय शिक्षण सहयोग अनुदान कोटामा कार्यरत शिक्षकहरूको तलब माध्यमिक तह तृतीय श्रेणीको सुरु तलब बराबर कायम गरिने भएको छ। कक्षा ६–८ मा कार्यरत शिक्षकहरूको तलब भने निम्न माध्यमिक तह तृतीय श्रेणीको सुरु तलब बराबर हुने गरी निकासा गर्न भनिएको छ।

शिक्षा विभागले मन्त्रालयको निर्णय कार्यान्वयनका लागि सबै स्थानीय तहलाई आवश्यक प्रक्रिया अघि बढाउन अनुरोध गरेको छ। साथै, ७७ वटै शिक्षा विकास तथा समन्वय एकाइलाई स्थानीय तहसँग आवश्यक समन्वय गर्न निर्देशन दिइएको छ।

विभागका निर्देशक निलकण्ठ ढकालद्वारा हस्ताक्षरित पत्रमा उक्त निर्णय तत्काल कार्यान्वयनका लागि पठाइएको उल्लेख छ।

वि.सं.२०८३ भदौ ९ मंगलवार १०:३८ मा प्रकाशित

मेयर्स रिसर्च फेलोसिपका लागि अनुसन्धान प्रस्ताव आह्वान

मेयर्स रिसर्च फेलोसिपका लागि अनुसन्धान प्रस्ताव आह्वान

काठमाडौँ . काठमाडौँ महानगरपालिकाले मेयर्स रिसर्च फेलोसिप २०८३ (Mayor’s Research...

कफी व्यवसाय सञ्चालनसम्बन्धी कानुनी प्रक्रिया र मापदण्डबारे अभिमुखीकरण कार्यक्रम हुँदै

कफी व्यवसाय सञ्चालनसम्बन्धी कानुनी प्रक्रिया र मापदण्डबारे अभिमुखीकरण कार्यक्रम हुँदै

काठमाडौं । नेपाल कफी व्यवसायी महासंघको आयोजनामा कफी व्यवसाय सञ्चालनका...

अवरुद्ध तातोपानी नाका जोड्ने सडकको इको खण्ड खुल्यो

अवरुद्ध तातोपानी नाका जोड्ने सडकको इको खण्ड खुल्यो

सिन्धुपाल्चोक । पहिरोका कारण ४० दिनदेखि अवरुद्ध चीनसँगको प्रमुख व्यापारिक...

काँग्रेसले महिला उद्यमशीलता सम्मेलन आयोजना गर्दै

काँग्रेसले महिला उद्यमशीलता सम्मेलन आयोजना गर्दै

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको...

स्याङ्जामा बोलेरो जिप दुर्घटना हुँदा दुईको मृत्यु, १० जना घाइते

स्याङ्जामा बोलेरो जिप दुर्घटना हुँदा दुईको मृत्यु, १० जना घाइते

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिका–८ करादीस्थित भित्री सडकखण्डमा बोलेरो जिप...

प्रदेश–स्थानीय तह समन्वय सुदृढ गर्न सुदूरपश्चिम सरकारसमक्ष एघारबुँदे माग

प्रदेश–स्थानीय तह समन्वय सुदृढ गर्न सुदूरपश्चिम सरकारसमक्ष एघारबुँदे माग

सुदूरपश्चिम । नेपाल नगरपालिका सङ्घ र गाउँपालिका राष्ट्रिय महासङ्घ सुदूरपश्चिम...