back
CTIZAN AD

मेयर्स रिसर्च फेलोसिपका लागि अनुसन्धान प्रस्ताव आह्वान

वि.सं.२०८३ भदौ ९ मंगलवार

15 

shares

काठमाडौँ . काठमाडौँ महानगरपालिकाले मेयर्स रिसर्च फेलोसिप २०८३ (Mayor’s Research Fellowship 2083) कार्यक्रमका लागि अनुसन्धान प्रस्ताव आह्वान गरेको छ।

महानगरपालिकाले शहरी विकासका विभिन्न आयामसँग सम्बन्धित नीतिगत अनुसन्धान (Policy Research) मार्फत प्रमाणमा आधारित नीति निर्माण गर्न तथा कार्यमूलक अनुसन्धान (Action-Oriented Research) मार्फत शहरी विकाससँग सम्बन्धित आयोजना पहिचान गर्न सहयोग पुर्‍याउने उद्देश्यले फेलोसिप कार्यक्रम सञ्चालन गर्न लागेको हो।

महानगरपालिकाले तोकिएको योग्यता पुगेका इच्छुक नेपाली अनुसन्धानकर्तालाई सूचना प्रकाशित भएको मितिले २१ दिनभित्र रीतपूर्वक अनुसन्धान प्रस्ताव पेश गर्न आह्वान गरेको छ।

फेलोसिपअन्तर्गत काठमाडौँ महानगरपालिकाको सर्वाङ्गीण विकाससँग सम्बन्धित विषयमा अनुसन्धान प्रस्ताव पेश गर्न सकिने जनाइएको छ।

अनुसन्धान प्रस्तावकहरूले विस्तृत विवरण, आवश्यक योग्यता, प्रस्ताव पेश गर्ने प्रक्रिया तथा अन्य सर्तका लागि काठमाडौँ महानगरपालिकाको वेबसाइटमा प्रकाशित सूचना तथा Call for Expression of Interest (EOI) हेर्न महानगरपालिकाले अनुरोध गरेको छ।

वि.सं.२०८३ भदौ ९ मंगलवार १०:४६ मा प्रकाशित

पर्यटन ऐनमा ट्रेकिङ तथा साहसिक पर्यटन क्षेत्रलाई स्पष्ट रूपमा समेट्न माग

पर्यटन ऐनमा ट्रेकिङ तथा साहसिक पर्यटन क्षेत्रलाई स्पष्ट रूपमा समेट्न माग

काठमाडौँ । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) ले प्रस्तावित...

बालविकास सहजकर्ता र विद्यालय कर्मचारीको पारिश्रमिक बृद्धि, निर्णय कार्यान्वयन गर्न पत्राचार

बालविकास सहजकर्ता र विद्यालय कर्मचारीको पारिश्रमिक बृद्धि, निर्णय कार्यान्वयन गर्न पत्राचार

भक्तपुर । नेपाल सरकारले प्रारम्भिक बालविकासका सहजकर्ता, विद्यालय सहायक कर्मचारी,...

कफी व्यवसाय सञ्चालनसम्बन्धी कानुनी प्रक्रिया र मापदण्डबारे अभिमुखीकरण कार्यक्रम हुँदै

कफी व्यवसाय सञ्चालनसम्बन्धी कानुनी प्रक्रिया र मापदण्डबारे अभिमुखीकरण कार्यक्रम हुँदै

काठमाडौं । नेपाल कफी व्यवसायी महासंघको आयोजनामा कफी व्यवसाय सञ्चालनका...

अवरुद्ध तातोपानी नाका जोड्ने सडकको इको खण्ड खुल्यो

अवरुद्ध तातोपानी नाका जोड्ने सडकको इको खण्ड खुल्यो

सिन्धुपाल्चोक । पहिरोका कारण ४० दिनदेखि अवरुद्ध चीनसँगको प्रमुख व्यापारिक...

काँग्रेसले महिला उद्यमशीलता सम्मेलन आयोजना गर्दै

काँग्रेसले महिला उद्यमशीलता सम्मेलन आयोजना गर्दै

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको...

स्याङ्जामा बोलेरो जिप दुर्घटना हुँदा दुईको मृत्यु, १० जना घाइते

स्याङ्जामा बोलेरो जिप दुर्घटना हुँदा दुईको मृत्यु, १० जना घाइते

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिका–८ करादीस्थित भित्री सडकखण्डमा बोलेरो जिप...