back
CTIZAN AD

चारु

वि.सं.२०८३ असार २७ शनिवार

1.2K 

shares

डा. ठाकुर माेहन श्रेष्ठ,काठमाडौँ

झुटो आरोप नलगाऊनु हतारमा
पत्याउनेको कमी छैन याे बजारमा

जनदरबारमा बोलेँ, दोष देखेर
प्रथा बन्दै छ मौन व्रत सरकारमा

मान्छे–मान्छेमा आज हराउँदै विश्वास
भासिँदै छन् साना देश द्वन्दको मारमा

अनुहारमा घाउ बोकेर हाँसेका छन्
झुट र भ्रष्ट न‌ै छाएका छन् प्रचारमा

सहर गाउँमा बढेका छन् वृद्धाश्रम
वृद्धाका सेवा सम्मान् घटे परिवारमा

मीठो हुन्न जल, सागरमा मह घोल्दा
अमृत खोज्दैमा भौँतारियौँ निहारमा

बिलाएर जान्छ झूटाे अँध्यारोमा आफैँ
थप्दैमा त्रास सत्य हार्दैन संसारमा।

अक्षर : १४
अनुप्रास : आर
शेष अनुप्रास : मा

वि.सं.२०८३ असार २७ शनिवार ०५:०९ मा प्रकाशित

चारु

चारु

होम सुवेदी , भद्रपुर केही पल बाँच्नलाई सास चाहिन्छ ,...

गजल

गजल

अनुराग अरुण हरे दैव कस्तो जमाना भयो सुधो मूर्ख भो...

गजल

गजल

रमा खतिवडा, पोखरा मलाई दिवाना अधरले बनायो लजाएर हेर्ने नजरले...

सुसेली : आदिकवि भानुभक्त आचार्य

सुसेली : आदिकवि भानुभक्त आचार्य

आकाङ्क्षा बलामी ग्रीन हिल स्कुल , फर्पिङ कक्षा ६ आदिकवि...

झिल्का कविता

झिल्का कविता

भेष राज बञ्जाडे, बुटवल-१३, रुपन्देही १. एकछिन खुब मच्चिए आखिरमा...

कविता : कति हार्दिक छन्

कविता : कति हार्दिक छन्

इन्दिरा प्रयास, काठमाडौँ भन जीवन के कति मानवका अनुकूल कहाँ...