back
CTIZAN AD

झिल्का कविताहरू

वि.सं.२०८३ असार २७ शनिवार

969 

shares

बाबुराम गौतम, गुल्मी

१.
सपना नछोड्नू कहिल्यै
ताकेको लक्ष्य छुट्नसक्छ
हरदम डटिरहनू जहिल्यै ।

२.
आफूलाई विश्वास गरौँ
भावना राखेर वशमा
मनमा खुसियाली भरौँ ।

३.
ऊर्जाशील भएर आऊ
मलाई आफ्नो घनिष्ठ
मित्रको आभास दिलाऊ।

४.
कतिन्जेल सिउँछौ ओठ
अजमाएर हेर एकचोटी
पलमै हुनेछौ लोटपोट।

५.
गर्यौ श्रद्धामाथि ब्रह्मलुट
कसले दियो तिमीलाई
भावालय फुटाल्ने छुट।

६.
छैन कामको हतार
हिउँद जस्तै भयो
पानी नपर्दा असार।

७.
पोखेर प्रचण्ड धूप
बर्खामा पनि रविले
देखायो विद्रूप रूप।

८.
खडेरीले डढाल्यो सबै
हरियाली देखिन्न बारीमा
टाटेपाटे भए मकै।

९.
प्रतिकूल भयो मौसम
झरी लाग्नुपर्थ्यो यतिबेला
अविरल रूपमा झमझम ।

१०.
अधसुक्खा छिन् वसुधा
मनसुन फर्किएन अझै
जाग्दैछ अतृप्त क्षुधा।

वि.सं.२०८३ असार २७ शनिवार ०५:०८ मा प्रकाशित

चारु

चारु

होम सुवेदी , भद्रपुर केही पल बाँच्नलाई सास चाहिन्छ ,...

गजल

गजल

अनुराग अरुण हरे दैव कस्तो जमाना भयो सुधो मूर्ख भो...

गजल

गजल

रमा खतिवडा, पोखरा मलाई दिवाना अधरले बनायो लजाएर हेर्ने नजरले...

सुसेली : आदिकवि भानुभक्त आचार्य

सुसेली : आदिकवि भानुभक्त आचार्य

आकाङ्क्षा बलामी ग्रीन हिल स्कुल , फर्पिङ कक्षा ६ आदिकवि...

झिल्का कविता

झिल्का कविता

भेष राज बञ्जाडे, बुटवल-१३, रुपन्देही १. एकछिन खुब मच्चिए आखिरमा...

कविता : कति हार्दिक छन्

कविता : कति हार्दिक छन्

इन्दिरा प्रयास, काठमाडौँ भन जीवन के कति मानवका अनुकूल कहाँ...