back
CTIZAN AD

सबैसँग मित्रभाव कायम गर्ने नेपालको परराष्ट्र नीतिः प्रम दाहाल

वि.सं.२०७३ कात्तिक २४ बुधवार

936 

shares

pm

२४ कात्तिक, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले कसैसँग पनि शत्रुता नराखी सबैसँग मित्रभाव कायम गर्ने नेपालको स्पष्ट परराष्ट्र नीति भएको बताउनुभएको छ ।

द डेभलपमेन्ट इन्स्टिच्युटद्वारा यहाँ आज आयोजित ‘त्रिपक्षीय विमर्शभन्दा पर हिमालयपार सहयोग’ विषयक एक दिवसीय गोष्ठीको उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले इतिहास कालदेखि सार्वभौम र स्वतन्त्र मुलुक नेपालले मैत्री, विश्वास र आपसी समझदारीबाटै अन्तर्राष्ट्रिय सम्बन्धलाई अगाडि बढाउने विश्वास दिलाउनुभयो ।

प्रधानमन्त्री दाहालले पर्यटनको क्षेत्रमा कैलाश मानसरोवरदेखि पशुपतिनाथसम्म, लुम्बिनीदेखि वनारससम्म जोड्नुपर्ने भन्दै त्यसका लागि सहयोग गर्नुपर्ने बताउनुभयो ।

भारत र चीनले आफ्ना छिमेकी मुलुकलाई प्राथमिकता दिएको बताउँदै उहाँले यी दुई मुलुकसँग सौहार्द्र सम्बन्ध कायम गरेर समृद्धिको बाटोमा लाग्नु सुखद् अवसर भएको बताउनुभयो ।

“व्यापारको हिसाबले नेपाल महत्वपूर्णस्थल बन्न सक्छ, त्यसका लागि पूर्वाधार र बहुपक्षीय सडक तथा रेलमार्गले दुई ठूला मुलुक भारत र चीनलाई जोड्नुपर्छ”– उहाँले भन्नुभयो ।

प्रधानमन्त्री दाहालले प्रविधिको अपार सम्भावनाका दृष्टिले हिमालयपार सडक तथा रेलमार्गलाई रोक्न नसकिने भन्दै पूर्वाधारको विकासलाई केही दशकमै पूरा गरेर त्यस क्षेत्रले आर्थिक सम्वृद्धिको आधार सिर्जना गर्ने बताउनुभयो ।

नेपाल, भारत र चीनबीचको त्रिपक्षीय समझदारीलाई आफूले निरन्तर अगाडि बढाएको बताउँदै प्रधानमन्त्री दाहालले हिमालय सीमापारको मुख्य उद्देश्य आपसी सहकार्य गरेर अगाडि बढ्नु हो भन्नुभयो ।

गरिबी, बेरोजगारी, वातावरणीय परिवर्तन तथा आतङ्कवाद जस्ता समस्यासँग जुध्न आपसी मैत्रीभाव तथा समृद्धिको आदानप्रदान जरुरी रहेको उहाँको धारणा थियो । “हिमालय सीमापार सहकार्यमार्फत मुलुकको महत्वपूर्ण ऐतिहासिक एवम् जनस्तरको सम्बन्ध र परम्परागत सभ्यता, संस्कृति र व्यापारमा सहयोग पुग्छ”– उहाँले भन्नुभयो ।

सोही अवसरमा नेकपा ९एमाले० का सचिव प्रदीप ज्ञवालीले काठमाडौँलाई भारत र चीनको व्यापारिक पारवहन बिन्दु बनाउनुपर्नेमा जोड दिनुभयो । नेपालप्रति भारत र चीनको विश्वासमा खडेरी आउन नदिन नेपालले सन्तुलन कायम गर्नुपर्ने सचिव ज्ञवालीको भनाइ थियो ।

त्यसैगरी, नेपाली काँग्रेसका नेता डा रामशरण महतले नेपाललाई व्यापारिक रूपमा अगाडि बढाउनका लागि संविधानको कार्यान्वयनसँगै राजनीतिक स्थिरता कायम गर्नुपर्छ भन्नुभयो ।

द डेभलपमेन्ट इन्स्टिच्युटका अध्यक्ष भरतमोहन अधिकारीले नेपालले नगदेबाली, सांस्कृतिक तथा पर्यटकीय सम्पदा र जलविद्युत्बाट थुप्रै फाइदा लिन सक्ने सम्भावना छ भन्नुभयो । अध्यक्ष अधिकारीले नेपाल, भारत र चीनबीचको क्षेत्रीय सद्भाव तथा सहयोगबाट शान्ति र समृद्धि सुनिश्चित हुने विश्वास व्यक्त गर्नुभयो ।

अरनिको राजमार्ग तथा चीनसँग जोड्ने स्याफ्रुबेँसी–केरुङ राजमार्गमा सहयोग गरिसकेको मित्रराष्ट्र चीनले ल्हासा–केरुङ जोड्ने रेल्वेको विकासको प्रक्रिया अगाडि बढाएको अध्यक्ष अधिकारीले जानकारी दिनुभयो । आज दिनभरि चल्ने सो गोष्ठीमा नेपाल, भारत र चीनका विषय विज्ञले प्रस्तुत गर्नुभएका कार्यपत्रमाथि छलफल गरिनेछ ।

वि.सं.२०७३ कात्तिक २४ बुधवार ०८:५९ मा प्रकाशित

मातृ सम्मान दिवस अर्थात् आमाको मुख हेर्ने पर्व मनाइँदै

मातृ सम्मान दिवस अर्थात् आमाको मुख हेर्ने पर्व मनाइँदै

काठमाडौँ  ।  प्रत्येक वर्ष वैशाख कृष्ण पक्ष औँसीका दिनमा जन्मदाता...

ट्रकको ठक्करबाट एक जनाको मृत्यु

ट्रकको ठक्करबाट एक जनाको मृत्यु

दमौली (तनहुँ) । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–४ विमलनगरमा ट्रकको ठक्करबाट...

संघीयता सुदृढीकरणमा प्रधानमन्त्री सक्रिय, मुख्यमन्त्रीहरूसँग सहकार्यबारे छलफल

संघीयता सुदृढीकरणमा प्रधानमन्त्री सक्रिय, मुख्यमन्त्रीहरूसँग सहकार्यबारे छलफल

काठमाडाैँ ।  गत निर्वाचनको प्रचार प्रसारको क्रममा जनकपुरमा आयोजित आमसभामा...

निःशुल्क स्वास्थ्य शैय्याको विवरण सार्वजनिक, देशभर ६०० शैय्या उपलब्ध

निःशुल्क स्वास्थ्य शैय्याको विवरण सार्वजनिक, देशभर ६०० शैय्या उपलब्ध

काठमाडाैँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा सञ्चालित Free Health Portal...

नवनिर्वाचित सांसद सुशीला तामाङलाई NICCI द्वारा सम्मान तथा बधाई

नवनिर्वाचित सांसद सुशीला तामाङलाई NICCI द्वारा सम्मान तथा बधाई

काठमाडाैँ । नेपाल उद्योग वाणिज्य संघ (NICCI) ले नवनिर्वाचित सांसद...

प्रधानमन्त्री र मन्त्रीहरूलाइ मासिक १८ हजार लेबी ताेकियाे

प्रधानमन्त्री र मन्त्रीहरूलाइ मासिक १८ हजार लेबी ताेकियाे

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रधानमन्त्री,मन्त्री सांसद र...