back
CTIZAN AD

भारतीय सेनापतिद्वारा प्रधानमन्त्रीसँग भेट

वि.सं.२०७३ कात्तिक २७ शनिवार

738 

shares

pm-bharat-senapati

२७ काठमाडौं, कार्तिक । भारतीय सेनाका सेनापति दलबीर सिंहले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट गर्नुभएको छ ।

शनिबार दिउँसो प्रधानमन्त्रीको निवास बालुवाटारमा भएको भेटमा प्रधानमन्त्रीले भारतीय सेनापतिलाई स्वगत गर्दै आफ्नो भारत भ्रमण, गोवाको ब्रिक्स–बिमस्टेक सम्मेलनमा सहभागिता र भारतीय राष्ट्रपति महामहिम प्रणव मूखर्जीको नेपाल भ्रमणले दुई देशबीचको सम्बन्ध थप सुदृढ भएको बताउनुभयो ।

प्रधानमन्त्रीले नेपाल संविधान कार्यान्वयन, शान्ति प्रक्रियाको पूर्णता, भूकम्पको पूनर्निर्माण र नवनिर्माणसहित आर्थिक समृद्धिको यात्रामा अघि बढेको जानकारी दिनुभयो ।

भेटमा सेनापति सिंहले भारतीय सेनाबाट सेवानिवृत्त नेपालीहरुको पेन्सन लिने व्यवस्थालाई थप सहज बनाउन बुटवलमा नयाँ कार्यालयको स्थापना गर्न लागेको जानकारी गराउँदै नेपाल र भारतीय बीचको सदियौं पुरानो सम्बन्ध थप मजवुत हुने विश्वास व्यक्त गर्नुभयो ।

वि.सं.२०७३ कात्तिक २७ शनिवार ०९:४७ मा प्रकाशित

चितवन-२ मा भारी मतसहित रास्वपा सभापति लामिछाने विजयी

चितवन-२ मा भारी मतसहित रास्वपा सभापति लामिछाने विजयी

चितवन । चितवन क्षेत्र नं २ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका...

म्याग्दीमा स्वतन्त्र उम्मेदवार डा. महाविर पुन विजयी

म्याग्दीमा स्वतन्त्र उम्मेदवार डा. महाविर पुन विजयी

म्याग्दी । प्रतिनिधिसभा सदस्य निर्वाचनमा म्याग्दीबाट स्वतन्त्र उम्मेदवार डा. महाविर...

प्रतिनिधिसभा निर्वाचन : यी हुन् रास्वपाका हालसम्म विजयी उम्मेदवार

प्रतिनिधिसभा निर्वाचन : यी हुन् रास्वपाका हालसम्म विजयी उम्मेदवार

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी...

तेह्रथुममा नेपाली कांग्रेसका सन्तोष सुब्बा विजयी

तेह्रथुममा नेपाली कांग्रेसका सन्तोष सुब्बा विजयी

तेह्रथुम । प्रतिनिधिसभा सदस्यको निर्वानमा तेह्रथुमबाट नेपाली कांग्रेसका सन्तोष सुब्बा...

बाँके–३ मा रास्वपाका खगेन्द्र सुनार निर्वाचित

बाँके–३ मा रास्वपाका खगेन्द्र सुनार निर्वाचित

राँझा (बाँके) । बाँके क्षेत्र नं ३ मा राष्ट्रिय स्वतन्त्र...

कास्की २ मा ३१ हजार बढी मत ल्याएर रास्वपाका पौडेल विजयी

कास्की २ मा ३१ हजार बढी मत ल्याएर रास्वपाका पौडेल विजयी

गण्डकी । प्रतिनिधिसभा सदस्यका निर्वाचनमा कास्की क्षेत्र नम्बर २ मा...