back

नेपालको व्यापार घाटा झण्डै १० खर्ब

वि.सं.२०७६ जेठ ५ आइतवार

573 

shares


५ जेठ, काठमाडौँ । चालु आवको नौ महिनामा नेपालको व्यापार घाटा झण्डै १० अर्ब पुगेको तथ्यांक सार्वजनिक भएको छ । भन्सार विभागले सार्वजनिक गरेको पछिल्लो नौ महिनाको तथ्यांकमा नौ महिनाको अवधिमा नेपालको व्यापार घाटा मात्रै ९ खर्ब ९१ अर्ब ७८ करोड ८८ लाख ५५ हजार बराबरको पुगेको हो ।

नौ महिनामा १० खर्ब ६१ अर्ब ६१ करोड १२ लाख ४ हजार बराबरको आयात भएको छ । सोही अवधिमा ६९ अर्ब ८२ करोड २३ लाख ४८ हजार बराबरको मात्रै सामान निर्यात भएको छ ।

१ सय २८ मुलुकसँग व्यापार घाटा
नेपालले व्यापार गर्ने मुलुकमध्ये १ सय २८ वटासँग व्यापार घाटा हुने गरेको उक्त तथ्याङ्कमा उल्लेख छ । विश्वका १ सय ५१ वटा मुलुकसँग द्विपक्षीय व्यापार गर्ने गरेकोमा १ सय २८ मुलुकसँग व्यापार घाटा रहेको उल्लेख छ । आयात बढ्दै गए पनि सो अनुपातमा निर्यात बढ्न नसक्दा धेरै देशसँग व्यापार घाटा बढ्दै गएको हो ।

२३ मुलुकसँगको भने व्यापारमा नाफा देखिएको छ । व्यापार नाफामा रहेका मुलुकको कारोबार पनि अत्यन्त न्युन रहेको छ । छिमेकी मुलुक चीन र भारतसँगको व्यापार घाटा सबैभन्दा बढी छ । सबैभन्दा बढी व्यापार घाटा भारतसँग रहेको छ । नौ महिनाको अवधिमा भारतबाट ६ खर्ब ८६ अर्ब ८५ करोड ८० लाख २२ हजार बराबरको सामाना आयात भएको छ भने नेपालबाट ४४ अर्ब १८ करोड ६२ लाख ८३ हजार बराबरको मात्रै निर्यात भएको छ । जसअनुसार भारतसँग ६ खर्ब ४२ अर्ब ६७ करोड १७ लाख ३९ हजार बराबरको व्यापार घाटा रहेको देखिन्छ ।
चीनसँग नेपालको व्यापार घाटा १ खर्ब ५२ अर्ब ४४ करोड २३ लाख ४० हजार रहेको छ ।

त्यसपछि क्रमश संयुक्त अरब इमिरेट्स(युएई), फ्रान्स, इन्डोनेसिया, थाइल्याण्ड, क्यानडा, मलेसिया, स्विट्जरल्याण्ड, अमेरिका, अर्जेन्टिना, भियतनाम, साउदी अरब, लगायतका देश रहेका छन् ।

युएईसँगको नेपालको व्यापार घाटा २६ अर्ब ७० करोड ४ लाख ६२ हजार बराबरको छ । २६ अर्ब ८१ करोड ९१ लाख ९५ हजार बराबरको सामाना आयात हुँदा ११ करोड ८७ लाख ३३ हजार बराबरको मात्रै निकास भएको छ ।

नाफामा पनि नेपालको व्यापार
केही देशसँग भने नेपालको व्यापार नाफामा रहेको तथ्यांकमा देखिन्छ । अल्जेरिया एन्टिगुवा, बर्मुडा, न्यू क्यालेडोनिया, अजरबैजान, पानामा भने नेपालले सामान निर्यात गरी नाफा गरेको छ । अल्जेरिया ६ करोड ८६ लाख ४७ हजार, एन्टिगुआ र बर्मुडा २ लाख ७८ हजार, न्यू क्यालेडोनिया १ करोड ६६ लाख ६१ हजार, गुयना २८ लाख ५१ हजार, अजरबैजान १८ लाख ८४ हजार र पानामा २३ लाख १६ हजार बरारबको सामान निर्यात भई नाफामा रहेको छ ।

वि.सं.२०७६ जेठ ५ आइतवार ०८:०८ मा प्रकाशित

Himalayan Life AD
सानिमा बैंकले मनायो २१औं वार्षिकोत्सव

सानिमा बैंकले मनायो २१औं वार्षिकोत्सव

काठमाण्डौ  । सानिमा बैंक लिमिटेडले आफ्नो २१औं वार्षिकोत्सव मनाएको छ।...

नेपाल बैंकका कर्मचारीलाई क्यूरा हेल्थ प्रा.लिमा विशेष छुट

नेपाल बैंकका कर्मचारीलाई क्यूरा हेल्थ प्रा.लिमा विशेष छुट

काठमाडौँ । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरु...

लामिनारले सार्वजनिक गर्‍यो “मेरो सपनाको घर” अभियान, दुई नेपाली परिवारको घर मेक-ओभर हुने

लामिनारले सार्वजनिक गर्‍यो “मेरो सपनाको घर” अभियान, दुई नेपाली परिवारको घर मेक-ओभर हुने

काठमाडौं । लामिनार भिट्रिफाइड टायलले नेपालमै पहिलो किसिमको कोठा र...

एक्साइड ब्याटमोबाइल सेवा पचास हजार ग्राहकसम्म

एक्साइड ब्याटमोबाइल सेवा पचास हजार ग्राहकसम्म

एक्साइड ब्याटमोबाइल सेवाले ५० हजार ग्राहक सेवा पुर्‍याउँदै महत्वपूर्ण उपलब्धि...

सिप्रदी ट्रेसिङद्वारा टाटा ईभीका लागि ‘Winter EV Service And Exchange Camp’ घोषणा

सिप्रदी ट्रेसिङद्वारा टाटा ईभीका लागि ‘Winter EV Service And Exchange Camp’ घोषणा

काठमाडौं । टाटा मोटर्सका लागि नेपालको आधिकारिक वितरक सिप्रदी ट्रेसिङ...