back
CTIZAN AD

गोलभेडाको भाउ दोब्बर, खसीको मासुमा २०० बढ्यो

वि.सं.२०७६ जेठ ५ आइतवार

669 

shares

५ जेठ, काठमाण्डौं । यसवर्ष महँगीले नयाँ रेर्कड कायम गर्ने संकेत देखिएको छ । सामान्यता बजेट भाषण्पछि महँगी बढ्ने गर्दथ्यो । तर, यसपटक बजेटअघि नै बजार भाउ आकासिन थालेको छ । आगामी आर्थिक वर्ष ०७६÷७७ बाट कर्मचारीको तलब र बृद्धभत्ता बढ्ने घोषणा सरकारले गरिसकेको छ । यसकारण बजेटपछि मूल्यवृद्धि हुने निश्चित छ । तर, त्यसअघि नै महँगी बढ्दा उपभोक्ता आक्रान्त बनेका छन् ।
महँगीको सबैभन्दा धेरै असर हरियो तरकारीमा परेको छ । तरकारी तथा फलफूल महासंघका अध्यक्ष खोमप्रसाद घिमीरेका अनुसार यसवर्ष निरन्तर पानी परेका कारण तरकारी उब्जनी घटेको छ । ‘असिना पानीका कारण किसानले तरकारी राम्रो लगाउन पाएनन् । ‘त्यसकारण अहिले उपत्यकामा आपूर्ति घटेको छ,’ उनले भने, ‘भरातबाट आयात हुने तरकारी पनि मूल्य बढेर आएको छ ।’
खसीको मासु किलोकै २०० वृद्धि
अहिले बजारमा खसीको मासुको भाउ प्रतिकिलो २०० बढेको छ । एकमहिना अघि हजार ५० रुपैयाँ प्रतिकिलोसम्म रहेको खसीको मासुको भाउ अहिले एक हजार २ सय ५० रुपैयाँ पुगिसकेको छ ।
त्यस्तै टमाटरको भाउ पनि आकासिएको छ । शनिबार कालिमाटीको बजारमा टमाटर एक सय १० रुपैयाँ र किराना पसलमा १२० रुपैयाँ किलो रहेको थियो । आइतबारको नयाँपत्रिका दैनिकबाट

वि.सं.२०७६ जेठ ५ आइतवार ०८:०३ मा प्रकाशित

मुख्यमन्त्री थापाका पक्षमा मतदान नगर्न कांग्रेसको ‘ह्विप’

मुख्यमन्त्री थापाका पक्षमा मतदान नगर्न कांग्रेसको ‘ह्विप’

काठमाडौँ । नेपाली कांग्रेस बागमती प्रदेशसभा संसदीय दलले मुख्यमन्त्री किरण...

चेम्बर र एनआरएनएबीच लगानी र व्यापार प्रवर्द्धन गर्ने साझेदारी

चेम्बर र एनआरएनएबीच लगानी र व्यापार प्रवर्द्धन गर्ने साझेदारी

  काठमाडौँ ।  नेपाल चेम्बर अफ कमर्स (एनसीसी) र गैरआवासीय...

जापानिज इन्सेफलाइटिसको जोखिम बढ्दो, शिघ्र खोप लगाउन आग्रह

जापानिज इन्सेफलाइटिसको जोखिम बढ्दो, शिघ्र खोप लगाउन आग्रह

काठमाडौँ ।  लामखुट्टेको टोकाइबाट सर्ने जापानिज इन्सेफलाइटिस (जेइ) रोगको सङ्क्रमण...

रातभर हराएकी दुई वर्षीया बालिकाको सकुशल उद्धार

रातभर हराएकी दुई वर्षीया बालिकाको सकुशल उद्धार

बारा । जिल्ला बारा, कलैया उपमहानगरपालिका –०१ कटि पर्सा टोलबाट...

माइक्रोबसको ठक्करबाट आमा–छोरीको मृत्यु

माइक्रोबसको ठक्करबाट आमा–छोरीको मृत्यु

रुकुम पश्चिम । रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–८, एकान्तमा माइक्रोबसको ठक्करबाट...

पहिरोका कारण यी सडकहरु छन् अवरुद्ध

पहिरोका कारण यी सडकहरु छन् अवरुद्ध

काठमाडौँ । वर्षाका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध हुनुका...