back
CTIZAN AD

नेपालको व्यापार घाटा झण्डै १० खर्ब

वि.सं.२०७६ जेठ ५ आइतवार

783 

shares


५ जेठ, काठमाडौँ । चालु आवको नौ महिनामा नेपालको व्यापार घाटा झण्डै १० अर्ब पुगेको तथ्यांक सार्वजनिक भएको छ । भन्सार विभागले सार्वजनिक गरेको पछिल्लो नौ महिनाको तथ्यांकमा नौ महिनाको अवधिमा नेपालको व्यापार घाटा मात्रै ९ खर्ब ९१ अर्ब ७८ करोड ८८ लाख ५५ हजार बराबरको पुगेको हो ।

नौ महिनामा १० खर्ब ६१ अर्ब ६१ करोड १२ लाख ४ हजार बराबरको आयात भएको छ । सोही अवधिमा ६९ अर्ब ८२ करोड २३ लाख ४८ हजार बराबरको मात्रै सामान निर्यात भएको छ ।

१ सय २८ मुलुकसँग व्यापार घाटा
नेपालले व्यापार गर्ने मुलुकमध्ये १ सय २८ वटासँग व्यापार घाटा हुने गरेको उक्त तथ्याङ्कमा उल्लेख छ । विश्वका १ सय ५१ वटा मुलुकसँग द्विपक्षीय व्यापार गर्ने गरेकोमा १ सय २८ मुलुकसँग व्यापार घाटा रहेको उल्लेख छ । आयात बढ्दै गए पनि सो अनुपातमा निर्यात बढ्न नसक्दा धेरै देशसँग व्यापार घाटा बढ्दै गएको हो ।

२३ मुलुकसँगको भने व्यापारमा नाफा देखिएको छ । व्यापार नाफामा रहेका मुलुकको कारोबार पनि अत्यन्त न्युन रहेको छ । छिमेकी मुलुक चीन र भारतसँगको व्यापार घाटा सबैभन्दा बढी छ । सबैभन्दा बढी व्यापार घाटा भारतसँग रहेको छ । नौ महिनाको अवधिमा भारतबाट ६ खर्ब ८६ अर्ब ८५ करोड ८० लाख २२ हजार बराबरको सामाना आयात भएको छ भने नेपालबाट ४४ अर्ब १८ करोड ६२ लाख ८३ हजार बराबरको मात्रै निर्यात भएको छ । जसअनुसार भारतसँग ६ खर्ब ४२ अर्ब ६७ करोड १७ लाख ३९ हजार बराबरको व्यापार घाटा रहेको देखिन्छ ।
चीनसँग नेपालको व्यापार घाटा १ खर्ब ५२ अर्ब ४४ करोड २३ लाख ४० हजार रहेको छ ।

त्यसपछि क्रमश संयुक्त अरब इमिरेट्स(युएई), फ्रान्स, इन्डोनेसिया, थाइल्याण्ड, क्यानडा, मलेसिया, स्विट्जरल्याण्ड, अमेरिका, अर्जेन्टिना, भियतनाम, साउदी अरब, लगायतका देश रहेका छन् ।

युएईसँगको नेपालको व्यापार घाटा २६ अर्ब ७० करोड ४ लाख ६२ हजार बराबरको छ । २६ अर्ब ८१ करोड ९१ लाख ९५ हजार बराबरको सामाना आयात हुँदा ११ करोड ८७ लाख ३३ हजार बराबरको मात्रै निकास भएको छ ।

नाफामा पनि नेपालको व्यापार
केही देशसँग भने नेपालको व्यापार नाफामा रहेको तथ्यांकमा देखिन्छ । अल्जेरिया एन्टिगुवा, बर्मुडा, न्यू क्यालेडोनिया, अजरबैजान, पानामा भने नेपालले सामान निर्यात गरी नाफा गरेको छ । अल्जेरिया ६ करोड ८६ लाख ४७ हजार, एन्टिगुआ र बर्मुडा २ लाख ७८ हजार, न्यू क्यालेडोनिया १ करोड ६६ लाख ६१ हजार, गुयना २८ लाख ५१ हजार, अजरबैजान १८ लाख ८४ हजार र पानामा २३ लाख १६ हजार बरारबको सामान निर्यात भई नाफामा रहेको छ ।

वि.सं.२०७६ जेठ ५ आइतवार ०८:०८ मा प्रकाशित

पर्यटन प्रवद्र्धनका लागि नाट्टा र टिवानबीच सहकार्य गरिने

पर्यटन प्रवद्र्धनका लागि नाट्टा र टिवानबीच सहकार्य गरिने

काठमाडौँ । नेपालको पर्यटन प्रवद्र्धनका लागि नेपाल एसोसिएसन अफ टुर...

थाइल्यान्डको हस्पिटालिटी क्षेत्रमा नेपाली सफलताको पहिचान: पदमलाल काफ्ले सम्मानित

थाइल्यान्डको हस्पिटालिटी क्षेत्रमा नेपाली सफलताको पहिचान: पदमलाल काफ्ले सम्मानित

काठमाडौं  । थाइल्यान्डमा होटल तथा रेस्टुरेन्ट व्यवसाय सञ्चालन गर्दै हस्पिटालिटी...

‘नाडा अटो शो २०२६’ को स्टल निर्माण तिव्र बन्दैछन् २०० बढी स्टलहरु, हेर्नुहोस् फोटो फिचरमा

‘नाडा अटो शो २०२६’ को स्टल निर्माण तिव्र बन्दैछन् २०० बढी स्टलहरु, हेर्नुहोस् फोटो फिचरमा

काठमाडौं । नेपालको सबैभन्दा ठूलो अटोमोबाइल तथा मोबिलिटी प्रदर्शनी ‘एचपी...

रोबोटदेखि ईभीसम्म : नाडा अटो शोमा नेपालको विद्युतीय यात्रा

रोबोटदेखि ईभीसम्म : नाडा अटो शोमा नेपालको विद्युतीय यात्रा

काठमाडौं। भदौ ९ गतेदेखि भृकुटीमण्डपमा सुरु हुने १८औं नाडा अटो...

नेपाल बैंकले गर्यो नाडा अटो शो २०२६मा आकर्षक अटो लोन अफर

नेपाल बैंकले गर्यो नाडा अटो शो २०२६मा आकर्षक अटो लोन अफर

काठमाडौँ । नेपालकै पहिलो बैंक नेपाल बैंक लिमिटेडले आगामी भदौ...