
५ जेठ, गोरखा । गोरखाको एउटा वडा कार्यालयले मासु किन्न, खान र पशुपंक्षी पाल्न कडा प्रतिबन्ध लगाएको छ । र, कसैले यसको उल्लंघन गरे ठूलो मात्रामा जरिबाना तिर्नुपर्ने छ ।
‘अब हाम्रो वडाभित्र पशुपन्छी काटमार गर्नेलाई ५० हजार जरिबाना, काटमार गर्नेलाई ५० हजार, मासु बेचबिखन गर्नेलाई ५० हजार रुपैयाँ जरिबाना हुनेछ,’ चमनुब्री गाउँपालिका ४ का अध्यक्ष पेमा डुन्डुप लामाले भने, ‘कोही कसैले हामीलाई सूचना दिएमा १५ हजार रुपैयाँ इनाम दिइने निर्णय भएको छ ।’
यो नियमबारे गाउँपलिका र प्रहरीलाई समेत जानकारी गराइएको बताए ।
उनका अनुसार जरिबानाबापत संकलन रकम अहिंसा अभियानमा खर्च गरिनेछ । ‘हाम्रो वडा क्षेत्रभित्र काटेर खाने उद्धेश्यले चौपाया किनबेच नगर्न छिमेकी वडामा समेत पत्राचार गरिएको छ,’ उनले भने, ‘हाम्रो वडाभित्र त अब मासु खाने उद्देश्यदे पशुपन्छी किनबेच हुँदै हुँदैन ।
छिमेकी वडाले पनि यसको देखासिकी गरुन् भनेर पत्राचार गरेका हौं ।’ यो नियमनको गाउँपालिका भरी प्रशंसा भएको छ । आइतबारको अन्न्पूर्णपोष्ट दैनिकबाट
वि.सं.२०७६ जेठ ५ आइतवार ०८:१४ मा प्रकाशित




























