back
CTIZAN AD

 जहाँ मासु खाने, काट्ने र बेच्नेलाई ५०-५० हजार जरिबाना तिराइन्छ

वि.सं.२०७६ जेठ ५ आइतवार

621 

shares

५ जेठ, गोरखा । गोरखाको एउटा वडा कार्यालयले मासु किन्न, खान र पशुपंक्षी पाल्न कडा प्रतिबन्ध लगाएको छ । र, कसैले यसको उल्लंघन गरे ठूलो मात्रामा जरिबाना तिर्नुपर्ने छ ।

‘अब हाम्रो वडाभित्र पशुपन्छी काटमार गर्नेलाई ५० हजार जरिबाना, काटमार गर्नेलाई ५० हजार, मासु बेचबिखन गर्नेलाई ५० हजार रुपैयाँ जरिबाना हुनेछ,’ चमनुब्री गाउँपालिका ४ का अध्यक्ष पेमा डुन्डुप लामाले भने, ‘कोही कसैले हामीलाई सूचना दिएमा १५ हजार रुपैयाँ इनाम दिइने निर्णय भएको छ ।’

यो नियमबारे गाउँपलिका र प्रहरीलाई समेत जानकारी गराइएको बताए ।
उनका अनुसार जरिबानाबापत संकलन रकम अहिंसा अभियानमा खर्च गरिनेछ । ‘हाम्रो वडा क्षेत्रभित्र काटेर खाने उद्धेश्यले चौपाया किनबेच नगर्न छिमेकी वडामा समेत पत्राचार गरिएको छ,’ उनले भने, ‘हाम्रो वडाभित्र त अब मासु खाने उद्देश्यदे पशुपन्छी किनबेच हुँदै हुँदैन ।

छिमेकी वडाले पनि यसको देखासिकी गरुन् भनेर पत्राचार गरेका हौं ।’ यो नियमनको गाउँपालिका भरी प्रशंसा भएको छ । आइतबारको अन्न्पूर्णपोष्ट दैनिकबाट

वि.सं.२०७६ जेठ ५ आइतवार ०८:१४ मा प्रकाशित

नेत्रज्योति सङ्घलाई ‘पब्लिक हेल्थ अवार्ड’

नेत्रज्योति सङ्घलाई ‘पब्लिक हेल्थ अवार्ड’

काठमाडौँ । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) को दक्षिणपूर्वी एशिया क्षेत्रीय...

सत्तारुढ सांसदको दोहोरो भूमिकामाथि डा. आचार्यको प्रश्न

सत्तारुढ सांसदको दोहोरो भूमिकामाथि डा. आचार्यको प्रश्न

काठमाडाैँ ।  वरिष्ठ अधिवक्ता एवं संविधानविद् डा भीमार्जुन आचार्यले सत्तारुढ...

१० घण्टामा प्रधानमन्त्री बालेनका दुई स्टाटस, देशलाई आत्मनिर्भर बनाउने यात्रामा साथ दिन आग्रह

१० घण्टामा प्रधानमन्त्री बालेनका दुई स्टाटस, देशलाई आत्मनिर्भर बनाउने यात्रामा साथ दिन आग्रह

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ले करिब १० घण्टाको अन्तरालमा...

यी स्थानहरुमा सडक अवरुद्ध, यातायात प्रभावित

यी स्थानहरुमा सडक अवरुद्ध, यातायात प्रभावित

काठमाडौँ । वर्षा, पहिरो, भास र कटानका कारण देशका विभिन्न...

विद्युतमा लगाइएको भ्याट तत्काल फिर्ता लिन घिसिङको माग

विद्युतमा लगाइएको भ्याट तत्काल फिर्ता लिन घिसिङको माग

नेपाल विद्युत प्राधिकरणका पूर्वप्रमुख कार्यकारी अधिकृत(सिइओ) तथा उज्यालो पार्टी नेपालका...

मनसुनी वायुको प्रभाव कायम : आज यी प्रदेशमा भारी वर्षाको सम्भावना !

मनसुनी वायुको प्रभाव कायम : आज यी प्रदेशमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।...