
५ जेठ, काठमाण्डौं । प्रधानमन्त्री कार्यालय मातहत रहेको राष्ट्रिय सर्तकता केन्द्रले नै यातायात व्यवस्था कार्यालय एकान्तकुनाका कर्मचारी र विचौलियाबीच गहिरो कनेक्सन रहने गरेको निष्कर्ष निकालेको छ ।
सोही कनेक्सनका आधारमा विचौलियाले ट्रायल परीक्षाको सूचना दिन समेत सेवाग्राहीबाट ५० रुपैयाँ लिने गरेको समेत पाईएको छ । सेवाग्राहीबाट बिचौलियाले उठाउने गरेको रकमको केही भाग कार्यालयका कर्मचारीसँग समेत पुग्ने भएको कार्यालय प्रमुखले कार्यालयको सूचना प्रणलीलाई प्रभावकारी नबनाएर बिचौलिया पोस्ने काम गरिरहेको स्रोतको भनाई छ ।
बिचौलियासँगको साठगाँठका कारण कार्यालयमा सूचना बिचौलियाबाट पैसा तिरेर पाईने तर कार्यालयले सूचना नदिने गरेको समेत पाईएको छ । आइतबारको राजधानी दैनिकबाट
वि.सं.२०७६ जेठ ५ आइतवार ०८:२२ मा प्रकाशित





























