
१४ जेठ, काठमाडौँ । एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेड(Everest Insurance Co. Ltd.) ले आज जेठ १४ गतेदेखि हकप्रद शेयर बिक्रि खुला गरेको छ ।
कम्पनीले १:३ को अनुपातमा ३ सय प्रतिशत अर्थात् प्रति १ कित्ता बराबर ३ कित्ताको अनुपातमा हकप्रद शेयर निष्काशन गरेको हो । जस अनुसार कम्पनीले ८२ करोड १९ लाख ४७ हजार ५ सय रुपियाँ बराबरको ८२ लाख १९ हजार ४ सय ७५ कित्ता शेयार निष्काशन गरेको छ ।
बैशाख ८ गतेसम्म कायम शेयरधनीले मात्र हकप्रद भर्न सक्ने छन् । कम्पनीले हकप्रद निष्काशन प्रयोजनार्थ बैशाख ९ गते बुक क्लोज गरेको थियो । लगानीकर्ताले असार १६ गतेसम्म हकप्रद भर्न सक्ने छन ।
हकप्रद निष्काशनको लागि सिद्धार्थ क्यापिटल बिक्रि प्रबन्धक रहेको छ । हकप्रदमा आवेदन दिनको लागि एभरेस्ट इन्स्योरेन्सको सम्पूर्ण शाखाहरु, सिद्धार्थ क्यापिटलको कार्यालय नक्साल, सी आश्वा अनुमति प्राप्त सम्पूर्ण बैंक तथा वित्तीय संस्था र मेरो शेयर अनलाइनबाट समेत हकप्रद भर्न सकिने छ ।
सर्वसाधारण र संस्थापकको अनुपात मिलाउन यस अघि १०५ प्रतिशत संस्थापक हकप्रद निष्काशन गरेको एभरेष्टले अब ३०० प्रतिशत हकप्रद बेच्ने लागेको हो । उक्त हकप्रदपछि कम्पनीमा संस्थापक तथा साधारण सेयरधनीको स्वामित्व ५१ र ४९ प्रतिशत कायम भएको छ । हकप्रद बिक्री पश्चात एभरेष्टको चुक्ता पूँजी १ अर्ब ९ करोड ५९ लाख ३० हजार रुपैंया पुग्नेछ ।
वि.सं.२०७६ जेठ १४ मंगलवार १२:५३ मा प्रकाशित




























