back
CTIZAN AD

एभरेष्ट इन्स्योरेन्सको हकप्रद खुला, छुट्ला है मौका !!

वि.सं.२०७६ जेठ १४ मंगलवार

777 

shares


१४ जेठ, काठमाडौँ । एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेड(Everest Insurance Co. Ltd.) ले आज जेठ १४ गतेदेखि हकप्रद शेयर बिक्रि खुला गरेको छ ।

कम्पनीले १:३ को अनुपातमा ३ सय प्रतिशत अर्थात् प्रति १ कित्ता बराबर ३ कित्ताको अनुपातमा हकप्रद शेयर निष्काशन गरेको हो । जस अनुसार कम्पनीले ८२ करोड १९ लाख ४७ हजार ५ सय रुपियाँ बराबरको ८२ लाख १९ हजार ४ सय ७५ कित्ता शेयार निष्काशन गरेको छ ।
बैशाख ८ गतेसम्म कायम शेयरधनीले मात्र हकप्रद भर्न सक्ने छन् । कम्पनीले हकप्रद निष्काशन प्रयोजनार्थ बैशाख ९ गते बुक क्लोज गरेको थियो । लगानीकर्ताले असार १६ गतेसम्म हकप्रद भर्न सक्ने छन ।

हकप्रद निष्काशनको लागि सिद्धार्थ क्यापिटल बिक्रि प्रबन्धक रहेको छ । हकप्रदमा आवेदन दिनको लागि एभरेस्ट इन्स्योरेन्सको सम्पूर्ण शाखाहरु, सिद्धार्थ क्यापिटलको कार्यालय नक्साल, सी आश्वा अनुमति प्राप्त सम्पूर्ण बैंक तथा वित्तीय संस्था र मेरो शेयर अनलाइनबाट समेत हकप्रद भर्न सकिने छ ।

सर्वसाधारण र संस्थापकको अनुपात मिलाउन यस अघि १०५ प्रतिशत संस्थापक हकप्रद निष्काशन गरेको एभरेष्टले अब ३०० प्रतिशत हकप्रद बेच्ने लागेको हो । उक्त हकप्रदपछि कम्पनीमा संस्थापक तथा साधारण सेयरधनीको स्वामित्व ५१ र ४९ प्रतिशत कायम भएको छ । हकप्रद बिक्री पश्चात एभरेष्टको चुक्ता पूँजी १ अर्ब ९ करोड ५९ लाख ३० हजार रुपैंया पुग्नेछ ।

वि.सं.२०७६ जेठ १४ मंगलवार १२:५३ मा प्रकाशित

सुनचाँदीकोे मूल्यमा सामान्य वृद्धि

सुनचाँदीकोे मूल्यमा सामान्य वृद्धि

काठमाडौँ ।  स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्यमा सामान्य वृद्धि भएको...

यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

सिटिजन्स बैंकद्वारा कर्मचारीलाई दीर्घ सेवा सम्मान

सिटिजन्स बैंकद्वारा कर्मचारीलाई दीर्घ सेवा सम्मान

काठमाडौँ । १९ वर्ष अघि २०६४ साल वैशाख ७ गते...

सेफ उमेश तामाङको नेतृत्वमा हायात प्लेस बुटवलमा रैथाने स्वादको पुनरुत्थान

सेफ उमेश तामाङको नेतृत्वमा हायात प्लेस बुटवलमा रैथाने स्वादको पुनरुत्थान

काठमाडाैँ । आधुनिक भान्सामा विदेशी परिकारको दबदबा बढिरहेको वर्तमान समयमा,...

गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल नियमित सञ्चालनमा ल्याउन माग

गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल नियमित सञ्चालनमा ल्याउन माग

सिद्धार्थनगर (भैरहवा) । गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थललाई तत्काल पूर्ण क्षमतामा सञ्चालनमा...

यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...