back
CTIZAN AD

मधेस प्रदेशमा आँप उत्पादनमा वृद्धि हुने

वि.सं.२०८२ चैत २ सोमवार

552 

shares

जनकपुरधाम । मधेश प्रदेशमा यस वर्ष आँप उत्पादनमा वृद्धि हुने भएको छ । मधेस प्रदेशको आठवटै जिल्लामा खेत तथा बगैँचामा लगाइएका आँपको रूखमा अत्यधिक मन्जरी अर्थात् फुल लागेको छ ।

चैत–वैशाखमा चल्ने हावाहुरी, असिना तथा मधुवा रोगको प्रभाव नपरे यस वर्ष मधेसमा आँप उत्पादन उल्लेख्य हुने सम्भावना छ । आठवटै जिल्लामा गत वर्षको तुलनामा यस वर्ष करिब ६० प्रतिशतभन्दा बढी आँप उत्पादन हुने मधेस प्रदेशको कृषि विकास निर्देशनालयका वरिष्ठ बागवानी विकास अधिकृत प्रदीपकुमार यादवले जानकारी दिए ।

यस वर्ष मधेसका किसानले करिब ३० हजार ८०० हेक्टर क्षेत्रफलमा आँप खेती गरेका छन् । मौसमअनुकूल रहेमा प्रदेशमा चार लाख मेट्रिक टनभन्दा बढी आँप उत्पादन हुने उनले बताए।

मधेसका जिल्लामध्ये धनुषा, महोत्तरी, सिरहा र सप्तरी आँप उत्पादनका हिसाबले अग्रणी मानिन्छन् । व्यावसायिक रूपमा आँप खेती विस्तार हुँदै गएको यस प्रदेशले देशको कुल आँप उत्पादनको करिब ७६ प्रतिशत हिस्सा ओगट्ने गरेको निर्देशनालयको तथ्यांकमा उल्लेख छ । गत आर्थिक वर्षमा मधेसका किसानले ३० हजार ६०० हेक्टरमा आँप खेती गरेका थिए । त्यसबेला प्रदेशमा तीन लाख ९५ हजार ९६२ मेट्रिक टन आँप उत्पादन भएको थियो ।

मधेसका किसानले विशेषगरी मालदह, बम्बै, कलकत्तिया, अम्रपाली र दशहरी नकुअवा, केरवा, विजु, सिपियालगायत आँपको खेती गर्दै आएका छन् । यहाँ उत्पादन हुने आँप स्थानीय बजारसँगै काठमाडौँलगायत देशका प्रमुख सहरमा पनि बिक्री हुने गरेको छ । यस वर्ष बोटभरि लागेको मञ्जरीले किसानलाई उत्साहित बनाएको छ ।

बगैँचामा यति धेरै फूल देखिएपछि व्यापारी ठेक्कामा लिन गाउँगाउँ पुग्न थालेको किसान विल्टु महतोले जानकारी दिए । आँप खेतीबाट मनग्य आम्दानी हुन थालेपछि पछिल्ला वर्षमा मधेसका किसान यसतर्फ आकर्षित हुँदै गएका छन् । कृषि विज्ञ भगिरथ यादवका अनुसार बगैँचा व्यवस्थापन र रोग नियन्त्रणमा ध्यान दिनसके मधेसमा आँप उत्पादनमा अझै वृद्धि हुने सम्भावना छ ।

नेपालमा विदेशी आँपको आयात पनि उल्लेख्य मात्रामा हुँदै आएको छ । प्लान्ट क्वारेन्टाइन कार्यालय भिठामोडका प्रमुख किशोरकुमार यादवका अनुसार गत आर्थिक वर्षको फागुनदेखि चालु आर्थिक वर्षको कात्तिकसम्म भारतबाट भिठामोड नाका हुँदै ३५९ मेट्रिक टन आँप नेपाल भित्रिएको थियो ।

वि.सं.२०८२ चैत २ सोमवार १७:०४ मा प्रकाशित

सुनसरीमा पुनः अनिश्चितकालीन कर्फ्यु

सुनसरीमा पुनः अनिश्चितकालीन कर्फ्यु

विराटनगर, । सुनसरीको दक्षिणी क्षेत्र देवानगञ्जमा भएको घटनापछि उत्पन्न विवाद...

नारायणगढ–मुग्लिन सडकमा राति ८ बजेदेखि बिहान ५ बजेसम्म यातायात सेवा बन्द

नारायणगढ–मुग्लिन सडकमा राति ८ बजेदेखि बिहान ५ बजेसम्म यातायात सेवा बन्द

चितवन । नारायणगढ–मुग्लिन सडकमा रातिको समयमा यातायात सेवा बन्द गरिएको...

नारायणी अस्पतालको समस्या समाधान सर्वदलीय बैठकबाट खोज्नअपिल

नारायणी अस्पतालको समस्या समाधान सर्वदलीय बैठकबाट खोज्नअपिल

वीरगञ्ज । विभिन्न राजनीतिक दलको सर्वदलीय बैठकले नारायणी अस्पतालमा भएको...

महाकाली तटीय क्षेत्रमा सतर्क रहन आग्रह

महाकाली तटीय क्षेत्रमा सतर्क रहन आग्रह

सुदूरपश्चिम । भारत उत्तराखण्ड प्रदेशको पिथौरागढ जिल्लामा रहेको धौलीगङ्गा जलविद्युत्...

भेरी अस्पतालमा आइसीयु सेवा अभाव

भेरी अस्पतालमा आइसीयु सेवा अभाव

नेपालगञ्ज । भेरी अस्पताल, नेपालगञ्जले अस्पतालमा आइसीयु सेवा नभएकाले बिरामीलाई...

कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठकाे निधन, बुधबार अन्त्येष्टि गरिने

कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठकाे निधन, बुधबार अन्त्येष्टि गरिने

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता तथा पूर्वमन्त्री गोपालमान श्रेष्ठको...