back
CTIZAN AD

योगशिक्षालाई अब विद्यालयस्तरमा राखिने, किताब छाप्ने कार्य सुरू

वि.सं.२०७६ जेठ १७ शुक्रवार

573 

shares

१७ जेठ, काठमाडौँ । योग शिक्षालाई विद्यालयस्तरमा राखिने भएको छ ।शिक्षा, विज्ञान र प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले योग विषयलाई सामुदायिक विद्यालयमा कार्यान्वयनमा ल्याउन पुस्तक छाप्ने काम भइरहेको जानकारी दिए ।

“नेपाल सरकारले योगलाई प्राथमिकतामा राखेको छ”, योग युनिभर्सिटी अफ अमेरिकाले बिहीबार आयोजना गरेको नेपाल–भारत योग प्रवद्र्वन कार्यक्रममा मन्त्री पोखरेलले भने । नेपालमा चार वर्षदेखि राष्ट्रिय र अन्तरराष्ट्रिय गरी दुई पटक योग दिवस (माघेसङ्क्रान्ति र २१ जुन) मनाइँदै आएको छ ।

नेपालमा योगलाई योगा भन्दै आइएकाले शब्द उच्चारणमा ध्यान दिन पनि मन्त्री पोखरेलले सुझाव दिए । नेपाल–प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले केही समयपछि योगलाई प्राज्ञिक रुप दिइने जानकारी पनि दिए । “नेपाललाई योगको प्रमुख थलोको रुपमा विकास गर्नुपर्छ”, उनले भने ।

सो अवसरमा भारतीय योगगुरु अरुणमलिल्लदेव पादशान्तिले योगलाई विश्वस्तरमा प्रचारप्रसार र विस्तार गर्दै जाने बताए ।

वि.सं.२०७६ जेठ १७ शुक्रवार १४:३९ मा प्रकाशित

चैत्र शुक्ल पक्षः आज चैते दसैँको घटस्थापना

चैत्र शुक्ल पक्षः आज चैते दसैँको घटस्थापना

काठमाडौँ । चैत्र शुक्ल प्रतिपदाका अवसरमा आजदेखि चैत्र दसैँको नवरात्र...

ट्याक्टरको ठक्करबाट एक जनाको मृत्यु

ट्याक्टरको ठक्करबाट एक जनाको मृत्यु

गुल्मी । ट्याक्टरको ठक्करबाट मदाने गाउँपालिकाका एक जनाको मृत्यु भएको...

कैलाली भन्सारद्वारा पाँच अर्ब ४० करोड राजस्व सङ्कलन

कैलाली भन्सारद्वारा पाँच अर्ब ४० करोड राजस्व सङ्कलन

अत्तरिया (कैलाली)। कैलाली भन्सार कार्यालय धनगढीले आठ महिनाको अवधिमा रु...

बैंकिङ कसुरमा प्रभु बैंकका कर्पोरट एण्ड प्रोजेक्ट फाइनान्स विभागका प्रमुख पक्राउ

बैंकिङ कसुरमा प्रभु बैंकका कर्पोरट एण्ड प्रोजेक्ट फाइनान्स विभागका प्रमुख पक्राउ

काठमाडौँ । नेपाल प्रहरीको साइबर व्यूरोले बैंकिङ कसुरको अभियोगमाा प्रभु...

सुनचाँदीकोे मूल्यमा सामान्य वृद्धि

सुनचाँदीकोे मूल्यमा सामान्य वृद्धि

काठमाडौँ ।  स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्यमा सामान्य वृद्धि भएको...

आजको मौसम: कोशी, बागमती र गण्डकीमा चट्याङसहित वर्षाको सम्भावना

आजको मौसम: कोशी, बागमती र गण्डकीमा चट्याङसहित वर्षाको सम्भावना

काठमाडौँ । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहनुका साथै...