back

सेनाले फास्ट ट्रयाकको डिपीआर प्रतिवेदन बुझाइँदै

वि.सं.२०७६ जेठ २२ बुधवार

597 

shares

२२ जेठ । काठमाण्डौ निजगढ फास्ट ट्रयाकको डिपिआर प्रतिवेदन स्वीकृत हुँदै तोकीए भन्दा छिटो सक्ने सेनाले तयारी गरेको छ ।

कोरीयन कम्पनि सोसुङ्ग ईन्जीनियरीङ्ग एण्ड कन्स्ट्रक्टीङ्ख कम्पनिले तयार पारेको काठमाण्डौ निजगड फाष्ट ट्रयाक सडकको बिस्तृत परीयोजना प्रतिबेदन नेपाल सरकारले छिट्टै स्वीकृत गर्ने भएको हो । प्रधानमन्त्री के.पी शर्मा ओली युरोपको भ्रमणबाट फर्किएलगत्तै नेपाली सेनाले डिपिआर प्रतिवेदन स्वीकृत गर्ने तयारी सरकारले गरीरहेको छ ।

नेपाली सेनाले निर्माण गरीरहेको उक्त सडक आम नेपालीका लागि सपनाको सडक मानिएको छ । असारको मध्यसम्म सरकारले डिपिआर प्रतिवेदन स्वीकृत गरे कठमाण्डौ निजगड फाष्ट ट्रयाक तोकिएको समय अगाडिनै सम्पन्न हुनेसेनाको दाबि रहेको छ । काठमाण्डौबाट मध्य तराइको निजगढ सम्म ७६ किलो मिटर लम्बाइको उक्त सडक नेपाली सेनाले निर्माण गरीरहेको छ । तिनवटा सुरुङ्ग र अधिकतम २५ मिटर चौडाइ रहने सडकले काठमाण्डौ, ललितपुर, मकवानपुर र बारा जिल्लालाई छुने छ ।

सडक निमाणको जिम्मा सेनाले २०७४ साउन २७ मा पाएको थियो । नेपाली सेनाको विकास निमार्ण निर्देसनालयका अनुसार अहिले उक्त सडक १० स्थानबाट निमार्ण भइरहेको छ । प्रत्येक टुकुडिले ८ किमि सडक निर्माण गरी रहेको र २३ बटा ठेकेदार कम्पनि समेत निर्माणमा खटेको सेनाले बताएको छ । नेपाली सेनाका अनुसार तिन हजार सेना र एक हजार मजदुर चोविसै घन्टा सडक निर्माणमा जुटेका छन् ।
तीन वटा सुरुङ्ग र ९० वटा पुल रहने ७६ किमि सडकको कुल लागत २ खर्व १३ अर्व रहने छ ।

वि.सं.२०७६ जेठ २२ बुधवार १०:०७ मा प्रकाशित

Himalayan Life AD
युवा संघ नेपालद्वारा एमाले महाधिवेशनमा ५० हजार युवा उतार्ने तयारी

युवा संघ नेपालद्वारा एमाले महाधिवेशनमा ५० हजार युवा उतार्ने तयारी

काठमाडौं  । नेकपा एमालेको ११औँ महाधिवेशनमा युवा संघ नेपालले झण्डै...

यस्तो छ रासायनिक मल आयातको अवस्था

यस्तो छ रासायनिक मल आयातको अवस्था

काठमाडौँ । सरकारले हालसम्म चार लाख ६५ हजार मेट्रिक टन...

निर्वाचन आउन ८८ दिन बाँकी: समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु

निर्वाचन आउन ८८ दिन बाँकी: समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति आउन अब ८८ दिन...

बर्दियाकी युवतीको मृत्युको घटनाबारे अध्ययन गर्न प्रधानमन्त्रीको निर्देशन

बर्दियाकी युवतीको मृत्युको घटनाबारे अध्ययन गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ।प्रधानमन्त्री सुशीला कार्कीले बर्दियामा नागरिकता नपाउँदा एक युवतीले ज्यान गुमाएको...

धादिङमा सातवटा सवारी साधन ठोक्किर भएको दुर्घटनामा ३५ जना घाइते

धादिङमा सातवटा सवारी साधन ठोक्किर भएको दुर्घटनामा ३५ जना घाइते

मलेखु (धादिङ) । पृथ्वी राजमार्गअन्तर्गत धादिङको धुनिबेँसी नगरपालिका–६ चालिसेमा भएको...

यस्तो छ निर्वाचन आयोगले राजनीतिक दललाई दिएको २० बुँदे निर्देशन

यस्तो छ निर्वाचन आयोगले राजनीतिक दललाई दिएको २० बुँदे निर्देशन

काठमाडौँ । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय...