back
CTIZAN AD

बिस्कुट खान दिँदा २२ लाखबढी जरिवाना, १५ महिना जेल सजाय

वि.सं.२०७६ जेठ २२ बुधवार

933 

shares

२२ जेठ, स्पेन । बिस्कुट खान दिँदा २२ हजार डलर (२२ लाख रुपैयाँ बढी ) जरिवाना ! तपाईलाई यो पढेर अचम्म लाग्ला पाठकबृन्द । तर, कानुन भएको देशमा मानविय भावनासँग खेलवाड गर्ने एक व्यक्तिले विस्कुट खुवाउँदा २२ हजार ३ सय डलर जरिवाना र १५ महिना जेल बस्नुपर्ने भएको छ ।

प्रयांक नामक स्पेनका एक २० वर्षे युट्युवरले रमाइलो र भिजिटर बढाउनका लागि भिडियो बनाएका थिए । उक्त भिडियोका लागि उनले ५२ वर्षीय जर्ज एलललाई ओरियो बिस्कुटमा क्रिमको साटो टुथपेस्ट राखेर खुवाएका थिए । बिस्कुट खानासाथ जर्जले बान्ता गरेका थिए । उनले यसै कुरालाई लिएर कानुनी उपचारको बाटो खोज्दा युट्युवरले १५ महिना जेल सजाय र यत्तिका धेरै जरिवाना तिर्नुपरेको हो ।

घरबारबिहिन जर्जको भावना माथि खेलवाड गरेका प्रयांकलाई बेइज्जत र अन्याय गरेको भन्दै अदालतले दोषी ठहर्याएको हो ।

चाइनिज नागरिक  युट्युवरले आफ्नो काम सबैलाई हसाउने भएको र यसैका लागि भिडियो बनाएको भन्दै आफ्नो बचाउ गरे पनि अदालतले दोषी ठहर्याएको हो । ऐजेन्सीका अनुसार उनले उक्त भिडियोबाट २ हजार बढी युरो कमाएको बताइएको छ ।

युट्युवमा रिसेत नामले चर्चित रहेका युट्युवर कंगुवा रेनले उक्त भिडियो लिएपछि पीडितलाई २० युरो दिएर बच्न खोजेका थिए । तर अदालतले उनलाई उक्त जरिवाना, सजाय सुनाउँदै २०२२ सम्म कुनैपनि भिडियो पोस्ट नगर्न पनि निर्देशन दिएको छ ।

वि.सं.२०७६ जेठ २२ बुधवार १०:०१ मा प्रकाशित

सिटी एक्सप्रेसमार्फत नेपाल पैसा पठाउँदा सेवा शुल्क नलाग्ने

सिटी एक्सप्रेसमार्फत नेपाल पैसा पठाउँदा सेवा शुल्क नलाग्ने

काठमाडौं । सिटी एक्सप्रेसमार्फत विश्वका विभिन्न मुलुकबाट नेपाल पैसा पठाउँदा...

पेरिसनजिक थिम पार्क बनाउन फ्रान्स र साउदी अरबबीच सहमति

पेरिसनजिक थिम पार्क बनाउन फ्रान्स र साउदी अरबबीच सहमति

पेरिस । फ्रान्स र साउदी अरबले पेरिसनजिकै ६ अर्ब युरो...

युवाहरू व्यावहारिक सीप सिक्नतर्फ आकर्षित

युवाहरू व्यावहारिक सीप सिक्नतर्फ आकर्षित

पछिल्लो समय युवाहरू खर्च घटाउने तत्कालीन उपायभन्दा भविष्यमा उपयोगी हुने...

बलुचिस्तानमा बम विस्फोटमा एक सुरक्षाकर्मीको मृत्यु, छ घाइते

बलुचिस्तानमा बम विस्फोटमा एक सुरक्षाकर्मीको मृत्यु, छ घाइते

इस्लामाबाद । पाकिस्तानको दक्षिण–पश्चिमी बलुचिस्तान प्रान्तमा शनिबार सुरक्षाकर्मीको टोलीलाई लक्षित...

युद्धका बेला चुनाव गराउँदा युक्रेन विभाजित हुने जेलेन्स्कीको चेतावनी

युद्धका बेला चुनाव गराउँदा युक्रेन विभाजित हुने जेलेन्स्कीको चेतावनी

किएभ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी आक्रमण जारी रहेका...

बीजिङ खेलमा चिनियाँ रोबोटले उसेन बोल्टको १०० मिटर विश्व कीर्तिमान तोड्याे

बीजिङ खेलमा चिनियाँ रोबोटले उसेन बोल्टको १०० मिटर विश्व कीर्तिमान तोड्याे

(बेइजिङ, रोयटर्स) । चीनको बेइजिङमा आयोजित विश्व ह्युमनोइड रोबोट खेलकुद...