back

बिस्कुट खान दिँदा २२ लाखबढी जरिवाना, १५ महिना जेल सजाय

वि.सं.२०७६ जेठ २२ बुधवार

750 

shares

२२ जेठ, स्पेन । बिस्कुट खान दिँदा २२ हजार डलर (२२ लाख रुपैयाँ बढी ) जरिवाना ! तपाईलाई यो पढेर अचम्म लाग्ला पाठकबृन्द । तर, कानुन भएको देशमा मानविय भावनासँग खेलवाड गर्ने एक व्यक्तिले विस्कुट खुवाउँदा २२ हजार ३ सय डलर जरिवाना र १५ महिना जेल बस्नुपर्ने भएको छ ।

प्रयांक नामक स्पेनका एक २० वर्षे युट्युवरले रमाइलो र भिजिटर बढाउनका लागि भिडियो बनाएका थिए । उक्त भिडियोका लागि उनले ५२ वर्षीय जर्ज एलललाई ओरियो बिस्कुटमा क्रिमको साटो टुथपेस्ट राखेर खुवाएका थिए । बिस्कुट खानासाथ जर्जले बान्ता गरेका थिए । उनले यसै कुरालाई लिएर कानुनी उपचारको बाटो खोज्दा युट्युवरले १५ महिना जेल सजाय र यत्तिका धेरै जरिवाना तिर्नुपरेको हो ।

घरबारबिहिन जर्जको भावना माथि खेलवाड गरेका प्रयांकलाई बेइज्जत र अन्याय गरेको भन्दै अदालतले दोषी ठहर्याएको हो ।

चाइनिज नागरिक  युट्युवरले आफ्नो काम सबैलाई हसाउने भएको र यसैका लागि भिडियो बनाएको भन्दै आफ्नो बचाउ गरे पनि अदालतले दोषी ठहर्याएको हो । ऐजेन्सीका अनुसार उनले उक्त भिडियोबाट २ हजार बढी युरो कमाएको बताइएको छ ।

युट्युवमा रिसेत नामले चर्चित रहेका युट्युवर कंगुवा रेनले उक्त भिडियो लिएपछि पीडितलाई २० युरो दिएर बच्न खोजेका थिए । तर अदालतले उनलाई उक्त जरिवाना, सजाय सुनाउँदै २०२२ सम्म कुनैपनि भिडियो पोस्ट नगर्न पनि निर्देशन दिएको छ ।

वि.सं.२०७६ जेठ २२ बुधवार १०:०१ मा प्रकाशित

Himalayan Life AD
गाजामा इजरायलीको फेरि आक्रमण, २० जनाको मृत्यु

गाजामा इजरायलीको फेरि आक्रमण, २० जनाको मृत्यु

एजेन्सी । इजरायली सेनाको आक्रमणमा गाजामा २० जनाको मृत्यु भएको...

अमेरिकी स्टक एक्सचेञ्ज नास्डाकमा नेपालीको कम्पनीको कारोबार सुरु

अमेरिकी स्टक एक्सचेञ्ज नास्डाकमा नेपालीको कम्पनीको कारोबार सुरु

वाशिङ्गटन डिसी (अमेरिका) । नेपाली मूलका व्यक्तिले स्थापना गरेको सूचना...

ह्वाइट हाउसद्वारा नर्वेको नोबेल समितिको आलोचना

ह्वाइट हाउसद्वारा नर्वेको नोबेल समितिको आलोचना

वासिङ्टन ।  भेनेजुएलाकी विपक्षी नेतृ मारिया कोरिना मचाडोलाई शान्ति पुरस्कार...

चिनियाँ राष्ट्रपति सीसँगको भेटको कुनै कारण नदेखेको अमेरिकी राष्ट्रपति ट्रम्पको भनाई

चिनियाँ राष्ट्रपति सीसँगको भेटको कुनै कारण नदेखेको अमेरिकी राष्ट्रपति ट्रम्पको भनाई

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ समकक्षी सी जिनपिङसँग...