back
CTIZAN AD

सेनाले फास्ट ट्रयाकको डिपीआर प्रतिवेदन बुझाइँदै

वि.सं.२०७६ जेठ २२ बुधवार

813 

shares

२२ जेठ । काठमाण्डौ निजगढ फास्ट ट्रयाकको डिपिआर प्रतिवेदन स्वीकृत हुँदै तोकीए भन्दा छिटो सक्ने सेनाले तयारी गरेको छ ।

कोरीयन कम्पनि सोसुङ्ग ईन्जीनियरीङ्ग एण्ड कन्स्ट्रक्टीङ्ख कम्पनिले तयार पारेको काठमाण्डौ निजगड फाष्ट ट्रयाक सडकको बिस्तृत परीयोजना प्रतिबेदन नेपाल सरकारले छिट्टै स्वीकृत गर्ने भएको हो । प्रधानमन्त्री के.पी शर्मा ओली युरोपको भ्रमणबाट फर्किएलगत्तै नेपाली सेनाले डिपिआर प्रतिवेदन स्वीकृत गर्ने तयारी सरकारले गरीरहेको छ ।

नेपाली सेनाले निर्माण गरीरहेको उक्त सडक आम नेपालीका लागि सपनाको सडक मानिएको छ । असारको मध्यसम्म सरकारले डिपिआर प्रतिवेदन स्वीकृत गरे कठमाण्डौ निजगड फाष्ट ट्रयाक तोकिएको समय अगाडिनै सम्पन्न हुनेसेनाको दाबि रहेको छ । काठमाण्डौबाट मध्य तराइको निजगढ सम्म ७६ किलो मिटर लम्बाइको उक्त सडक नेपाली सेनाले निर्माण गरीरहेको छ । तिनवटा सुरुङ्ग र अधिकतम २५ मिटर चौडाइ रहने सडकले काठमाण्डौ, ललितपुर, मकवानपुर र बारा जिल्लालाई छुने छ ।

सडक निमाणको जिम्मा सेनाले २०७४ साउन २७ मा पाएको थियो । नेपाली सेनाको विकास निमार्ण निर्देसनालयका अनुसार अहिले उक्त सडक १० स्थानबाट निमार्ण भइरहेको छ । प्रत्येक टुकुडिले ८ किमि सडक निर्माण गरी रहेको र २३ बटा ठेकेदार कम्पनि समेत निर्माणमा खटेको सेनाले बताएको छ । नेपाली सेनाका अनुसार तिन हजार सेना र एक हजार मजदुर चोविसै घन्टा सडक निर्माणमा जुटेका छन् ।
तीन वटा सुरुङ्ग र ९० वटा पुल रहने ७६ किमि सडकको कुल लागत २ खर्व १३ अर्व रहने छ ।

वि.सं.२०७६ जेठ २२ बुधवार १०:०७ मा प्रकाशित

सरकारद्वारा सूचना सम्प्रेषण गर्न राष्ट्रिय पोर्टल सञ्चालनमा

सरकारद्वारा सूचना सम्प्रेषण गर्न राष्ट्रिय पोर्टल सञ्चालनमा

काठमाडौँ । नेपाल सरकारले नागरिकलाई सरकारी सूचना तथा सेवासम्बन्धी जानकारी...

भोटेकोसी अपडेट : एक विदेशी नागरिकसहित ११८ जनाको उद्धार

भोटेकोसी अपडेट : एक विदेशी नागरिकसहित ११८ जनाको उद्धार

काठमाडौँ । भोटेकोसी बाढी प्रभावित क्षेत्रमा नेपाली सेनाले हवाई साधनमार्फत...

रसुवाको बाढीले बगाएका ५५ शवको देवचुली नगरक्षेत्रमा व्यवस्थापन

रसुवाको बाढीले बगाएका ५५ शवको देवचुली नगरक्षेत्रमा व्यवस्थापन

देवचुली । रसुवामा आएको विनाशकारी बाढी तथा पहिरोमा परी नारायणी...

भोटेकोशी प्रभावित क्षेत्रमा ७,९९२ प्रहरी परिचालन, आपत्कालीन समन्वय केन्द्र स्थापना

भोटेकोशी प्रभावित क्षेत्रमा ७,९९२ प्रहरी परिचालन, आपत्कालीन समन्वय केन्द्र स्थापना

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि प्रभावित क्षेत्रमा खोजी,...

विपद् सहन सक्ने गरी नेपालकै विकासको ढाँचा पुनर्लेखन गर्ने समय आएको छ : कानुनमन्त्री गौतम

विपद् सहन सक्ने गरी नेपालकै विकासको ढाँचा पुनर्लेखन गर्ने समय आएको छ : कानुनमन्त्री गौतम

काठमाडौं । कानुनमन्त्री शोभिता गौतमले हरेक वर्ष दोहोरिइरहेका विपद्का घटनापछि...

कुलमान घिसिङको आग्रह : टनेलभित्रका पावर हाउसमा फसेका कर्मचारीको तत्काल उद्धार गरियोस्

कुलमान घिसिङको आग्रह : टनेलभित्रका पावर हाउसमा फसेका कर्मचारीको तत्काल उद्धार गरियोस्

काठमाडौं । उज्यालो पार्टी नेपालका अध्यक्ष तथा नेपाल विद्युत् प्राधिकरणका...