
२२ जेठ, काठमाण्डौं । निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले खरिद नियमावली नसच्याए अर्थतन्त्रनै तहस नहस हुने बताएका छन् ।
‘परिमार्जित नियमावलीका धेरै बुँदाले निर्माण व्यवसायीलाई जिम्मेवार बनाउने कुरा गरेको छ । तर, सबै कुरा उचित हुँदा पनि ६ वटा बुँदाका कारण निर्माण उद्योग नै ठप्प हुने व्यवस्था सिर्जना गरेको छ,’ उनले भनेका छन्, ‘निर्माण व्यवसायनै धराप हुने कुराको हामीले विरोध गरेका हौं, परिमार्जित नियमावलीमा निर्माण कम्पनीलाई सरकारी कार्यालयले कालो सूचीमा राख्न सिफारिस गर्नेदेखि निलम्बनमा राख्न सिफारीस गर्नेदेखि निलम्बनमा राख्ने र खरिद प्रक्रियामा सहभागी हुन नपाउने व्यवस्था गरेको छ ।’
सिंहका अनुसार यस्तो व्यवस्थाले गलत मनशाय राख्ने कर्मचारीका लागि बार्गेनिङ गर्ने ठाउँ दिएको छ । कर्मचारी, परामर्शदाता र निर्माण व्यवसायीको सहकार्यबिना निर्माण कार्य सम्पन्न हुन नसक्ने पनि उनको भनाई छ ।
सरकारले सार्वजनिक खरिद नियमावली संशोधन गरेर २०७५ बैशाख ३० गतेदेखि कार्यान्वयनमा ल्याएको छ । व्यवसायनै धराशायी हुने गरी सरकारले खरिद नियमावली संशोधित गरेको भन्दै निर्माण व्यवसायी विरोधमा छन् । बुधबारको अन्नपूर्णपोष्ट दैनिकबाट
वि.सं.२०७६ जेठ २२ बुधवार ०९:२५ मा प्रकाशित