back
CTIZAN AD

खरिद नियमावली नसच्याए निर्माण उद्योग नै ठप्प हुन्छ-अध्यक्ष सिंह

वि.सं.२०७६ जेठ २२ बुधवार

810 

shares

२२ जेठ, काठमाण्डौं । निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले खरिद नियमावली नसच्याए अर्थतन्त्रनै तहस नहस हुने बताएका छन् ।

‘परिमार्जित नियमावलीका धेरै बुँदाले निर्माण व्यवसायीलाई जिम्मेवार बनाउने कुरा गरेको छ । तर, सबै कुरा उचित हुँदा पनि ६ वटा बुँदाका कारण निर्माण उद्योग नै ठप्प हुने व्यवस्था सिर्जना गरेको छ,’ उनले भनेका छन्, ‘निर्माण व्यवसायनै धराप हुने कुराको हामीले विरोध गरेका हौं, परिमार्जित नियमावलीमा निर्माण कम्पनीलाई सरकारी कार्यालयले कालो सूचीमा राख्न सिफारिस गर्नेदेखि निलम्बनमा राख्न सिफारीस गर्नेदेखि निलम्बनमा राख्ने र खरिद प्रक्रियामा सहभागी हुन नपाउने व्यवस्था गरेको छ ।’

सिंहका अनुसार यस्तो व्यवस्थाले गलत मनशाय राख्ने कर्मचारीका लागि बार्गेनिङ गर्ने ठाउँ दिएको छ । कर्मचारी, परामर्शदाता र निर्माण व्यवसायीको सहकार्यबिना निर्माण कार्य सम्पन्न हुन नसक्ने पनि उनको भनाई छ ।
सरकारले सार्वजनिक खरिद नियमावली संशोधन गरेर २०७५ बैशाख ३० गतेदेखि कार्यान्वयनमा ल्याएको छ । व्यवसायनै धराशायी हुने गरी सरकारले खरिद नियमावली संशोधित गरेको भन्दै निर्माण व्यवसायी विरोधमा छन् । बुधबारको अन्नपूर्णपोष्ट दैनिकबाट

वि.सं.२०७६ जेठ २२ बुधवार ०९:२५ मा प्रकाशित

रसुवा बाढी संकटबारे प्रधानमन्त्री शाह सुरक्षा प्रमुखसँग छलफलमा

रसुवा बाढी संकटबारे प्रधानमन्त्री शाह सुरक्षा प्रमुखसँग छलफलमा

काठमाडौं । रसुवाको भोटेकोसी नदीमा आएको बाढीबाट सिर्जित संकट समाधान...

भोटेकोसी बाढीमा हराइरहेका आफन्तको शव पहिचान गर्न डीएनए नमुना दिन प्रहरीको आग्रह

भोटेकोसी बाढीमा हराइरहेका आफन्तको शव पहिचान गर्न डीएनए नमुना दिन प्रहरीको आग्रह

काठमाडौं । रसुवाको भोटेकोसी नदीमा आएको बाढीका कारण आफन्तजन हराइरहेका...

सुरुङभित्र मानिस फेला नपरेपछि फर्कियो उद्धार टोली

सुरुङभित्र मानिस फेला नपरेपछि फर्कियो उद्धार टोली

रसुवा । भोटेकोशी नदीमा आएको बाढीपछि प्रभावित रसुवागढी जलविद्युत् आयोजना...

उद्धार तथा राहतका लागि चौथो दिन पनि यसरी खटियाे फिल्डमा एनआरएनए

उद्धार तथा राहतका लागि चौथो दिन पनि यसरी खटियाे फिल्डमा एनआरएनए

काठमाडौं । रसुवा र नुवाकोटमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको...

रसुवा जाने वैकल्पिक सडक निर्माण तथा स्तरोन्नतिको कामलाइ तीव्रता

रसुवा जाने वैकल्पिक सडक निर्माण तथा स्तरोन्नतिको कामलाइ तीव्रता

काठमाडौं । रसुवा जोड्ने वैकल्पिक सडक निर्माण तथा स्तरोन्नतिको काम...

वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह, यी हुन् सञ्चालनमा आएका सडक

वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह, यी हुन् सञ्चालनमा आएका सडक

काठमाडौं । भोटेकोशी बाढीपछि प्रभावित जिल्लाका मुख्य सडकहरू अझै पूर्ण...