२ मङ्सिर, लहान । चाडपर्वलाई लक्षित गरी साल्ट्र ट्रेडिङ लिमिटेडले सञ्चालन गरेको सहुलियत पसलमा रु पाँच लाख ५० हजारभन्दा बढीको नुन चिनी बिक्री भएको छ ।
दसैँ, तिहार र छठपर्वका लागि साल्ट्र ट्रेडिङले सञ्चालन गरेको उक्त सहुलियत दरको सुपथ मूल्य पसलमा रु तीन लाख ८३ हजारको चिनी र रु एक लाख ७३ हजारको नुन बिक्री कार्यालय प्रमुख जितेन्द्र साहले जानकारी दिनुभयो ।
गत असोज १ गतेदेखि कात्तिक २१ गतेसम्म सञ्चालन भएको सो पसलबाट चार हजार ८५० किलो चिनी र १० हजार ८५० किलो नुन बिक्री भएको थियो । बजारमा खुद्रा रुपमा प्रतिकिलो रु २० मा बिक्री हुने नुन साल्ट्र ट्रेडिङले सहुलियत पसलबाट रु १६ मा र बजारमा रु ८५ मा प्रतिकिलो बिक्री हुने चिनी रु ७९ मा बिक्री गरेको थियो ।
वि.सं.२०७३ मंसिर २ बिहीवार ०८:३३ मा प्रकाशित