back

अज्ञात रोगले पाल्पाका किसानका बङ्गुर मर्न थाले

वि.सं.२०७६ असार १९ बिहीवार

1.1K 

shares

१९ असार, बेझाड (पाल्पा) । निस्दी गाउँपालिका–३ झिरुवासको खाँदरमा अज्ञात रोगले बङ्गुर मर्न थालेपछि कृषक चिन्तत भएका छन् ।

घरमा पालिएका बङ्गुर धमाधम मर्न थालेपछि ठूलो नोक्सान पुगेको स्थानीयवासी ओमलाल थापाले बताए । “आम्दानी होला कि भनेर बङ्गुर पालेका थिए, अहिले धमाधम मर्न थालेपछि ठूलो नोक्सानी व्यहोर्नु परेको छ”, उनले भने । अज्ञात रोगका कारण अहिलसम्म सो ठाउँमा २० वटा बङ्गुर मरिसकेको बताइएको छ ।

घरमै पुगेर अनुसन्धान गर्दा रोग पत्ता नलागेपछि थप अनुसन्धानका लागि पशु सेवा विज्ञ केन्द्र पाल्पामा अनुरोध गरिएको शाखाप्रमुख ओमबहादुर मश्राङ्गीले बताए । बङ्गुरमा पड्के रोग लागेको हुनसक्ने प्रारम्भिक अनुसन्धानबाट देखिएको पनि उनले बताए ।

वि.सं.२०७६ असार १९ बिहीवार १२:५८ मा प्रकाशित

Himalayan Life AD
वेस्टर्न मेगा कलेजद्वारा एमबिए अभिमुखीकरण कार्यक्रम सम्पन्न

वेस्टर्न मेगा कलेजद्वारा एमबिए अभिमुखीकरण कार्यक्रम सम्पन्न

बुटवल । वेस्टर्न मेगा कलेज, बुटवल-१५, रूपन्देहीद्वारा MBA 2025 Intake...

रुरुक्षेत्रका सबै स्वास्थ्य संस्थामा ल्याब सेवा

रुरुक्षेत्रका सबै स्वास्थ्य संस्थामा ल्याब सेवा

तम्घास (गुल्मी) । रुरुक्षेत्र गाउँपालिकाका सबै स्वास्थ्य संस्थामा ल्याब सेवा...

तुलसीपुरमा मौरीका चाका बनाउने उद्योग स्थापना

तुलसीपुरमा मौरीका चाका बनाउने उद्योग स्थापना

तुलसीपुर (दाङ) । दाङको तुलसीपुर उपमहानगरपालिका–१२ हरीपौरीका अशोककुमार शर्माले कुनै...

अतिक्रमित घर टहरा हटाउन सुरु

अतिक्रमित घर टहरा हटाउन सुरु

नेपालगञ्ज । रत्न राजमार्ग आसपासमा अतिक्रमण गरी बनाइएका घर टहरा...

सेजको भाडादर घट्दा उद्योगी उत्साहित

सेजको भाडादर घट्दा उद्योगी उत्साहित

भैरहवा (रुपन्देही) । भैरहवामा सञ्चालनमा रहेको विशेष आर्थिक क्षेत्र (सेज)...

जेनजी आन्दोलनका सहिदः जेनजी सहिद परिवारको माग : दोषीमाथि अविलम्ब कारबाही होस्

जेनजी आन्दोलनका सहिदः जेनजी सहिद परिवारको माग : दोषीमाथि अविलम्ब कारबाही होस्

नेपालगन्ज । गत भदौ २४ गते भएको जेनजी प्रदर्शनका क्रममा...