back
CTIZAN AD

बारामा २४ प्रतिशत धान रोपाइँ

वि.सं.२०७६ असार १९ बिहीवार

942 

shares

१८ असार, कलैया । असारको दोस्रो हप्तासम्म बारामा २४ प्रतिशत मात्र धान रोपाइँ भएको छ । अहिलेसम्म ५० प्रतिशत रोपाइँ भइसक्नुपर्नेमा २४ प्रतिशत मात्र रोपाइँ भएको छ, यसले धानको उत्पादन र उत्पादकत्वमा कमी आउने निश्चित भएको कृषि ज्ञान केन्द्र बाराका प्रमुख जितेन्द्र यादवले जानकारी दिए ।

समयमा वर्षा नभइदिँदा कृषक धानको बीउ खेतमा ढिलो छर्न पाएको र यसले धानको बिरुवासमेत ढिलो उत्पादन भएकाले समयमा रोपाइँ हुन नसकेको बारागढी गाउँपालिकाका–४ सुखीका किसान ललन पासवानले बताए । यो वर्ष कृषकले बर्खे, भदैया, अगहनी गरी ५२ हजार ४७५ हेक्टर क्षेत्रफलमा धान खेती गर्ने लक्ष्य लिएको छ । तर समयमा वर्षा नहुँदा सो लक्ष्य पूरा हुनेमा शङ्का रहेका प्रमुख यादवको भनाइ छ ।

हप्तादिनभित्रमा वर्षा नभइदिएमा धान उत्पादनमा ठूलो कमी आउने र खडेरी पर्ने सम्भवनासमेत उत्तिकै रहेको प्रमुख यादवले बताए । गत वर्ष किसानले बर्खे, भदैया, अगहनी धानको खेती ५० हजार ४७५ हेक्टर क्षेत्रफलमा गरिएको थियो । त्यसबाट ५८ लाख १० हजार ५४३ दशमलव ६५ मेट्रिक टन धान उत्पादन भएको ज्ञानकेन्द्र बाराले जनाएको छ ।

वि.सं.२०७६ असार १९ बिहीवार १२:५५ मा प्रकाशित

अवरुद्ध तातोपानी नाका जोड्ने सडकको इको खण्ड खुल्यो

अवरुद्ध तातोपानी नाका जोड्ने सडकको इको खण्ड खुल्यो

सिन्धुपाल्चोक । पहिरोका कारण ४० दिनदेखि अवरुद्ध चीनसँगको प्रमुख व्यापारिक...

काँग्रेसले महिला उद्यमशीलता सम्मेलन आयोजना गर्दै

काँग्रेसले महिला उद्यमशीलता सम्मेलन आयोजना गर्दै

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको...

स्याङ्जामा बोलेरो जिप दुर्घटना हुँदा दुईको मृत्यु, १० जना घाइते

स्याङ्जामा बोलेरो जिप दुर्घटना हुँदा दुईको मृत्यु, १० जना घाइते

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिका–८ करादीस्थित भित्री सडकखण्डमा बोलेरो जिप...

उद्धव थापालाई पदमुक्त गर्न उजुरीसहित प्रमुख सचेतक तामाङले प्रदेशसभा सचिवालय बुझाइन पत्र

उद्धव थापालाई पदमुक्त गर्न उजुरीसहित प्रमुख सचेतक तामाङले प्रदेशसभा सचिवालय बुझाइन पत्र

हेटौँडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की बागमती प्रदेश प्रमुख सचेतक...

संवेदनशील विषयमा बयान र खानतलासीको भिडियो सार्वजनिक गर्न तत्काल रोक लगाउन पूर्वउपप्रधानमन्त्री श्रेष्ठको आग्रह

संवेदनशील विषयमा बयान र खानतलासीको भिडियो सार्वजनिक गर्न तत्काल रोक लगाउन पूर्वउपप्रधानमन्त्री श्रेष्ठको आग्रह

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका नेता तथा पूर्वउपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले...

मुख्यमन्त्री थापालाई विश्वासको मत दिने–नदिने विषयमा राप्रपामा फरक–फरक ह्विप, ‘फ्लोर क्रस’को सम्भावना

मुख्यमन्त्री थापालाई विश्वासको मत दिने–नदिने विषयमा राप्रपामा फरक–फरक ह्विप, ‘फ्लोर क्रस’को सम्भावना

काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापालाई विश्वासको मत दिने–नदिने...