back

बारामा २४ प्रतिशत धान रोपाइँ

वि.सं.२०७६ असार १९ बिहीवार

444 

shares
GLOBAL IME AD
NTC AD

१८ असार, कलैया । असारको दोस्रो हप्तासम्म बारामा २४ प्रतिशत मात्र धान रोपाइँ भएको छ । अहिलेसम्म ५० प्रतिशत रोपाइँ भइसक्नुपर्नेमा २४ प्रतिशत मात्र रोपाइँ भएको छ, यसले धानको उत्पादन र उत्पादकत्वमा कमी आउने निश्चित भएको कृषि ज्ञान केन्द्र बाराका प्रमुख जितेन्द्र यादवले जानकारी दिए ।

समयमा वर्षा नभइदिँदा कृषक धानको बीउ खेतमा ढिलो छर्न पाएको र यसले धानको बिरुवासमेत ढिलो उत्पादन भएकाले समयमा रोपाइँ हुन नसकेको बारागढी गाउँपालिकाका–४ सुखीका किसान ललन पासवानले बताए । यो वर्ष कृषकले बर्खे, भदैया, अगहनी गरी ५२ हजार ४७५ हेक्टर क्षेत्रफलमा धान खेती गर्ने लक्ष्य लिएको छ । तर समयमा वर्षा नहुँदा सो लक्ष्य पूरा हुनेमा शङ्का रहेका प्रमुख यादवको भनाइ छ ।

हप्तादिनभित्रमा वर्षा नभइदिएमा धान उत्पादनमा ठूलो कमी आउने र खडेरी पर्ने सम्भवनासमेत उत्तिकै रहेको प्रमुख यादवले बताए । गत वर्ष किसानले बर्खे, भदैया, अगहनी धानको खेती ५० हजार ४७५ हेक्टर क्षेत्रफलमा गरिएको थियो । त्यसबाट ५८ लाख १० हजार ५४३ दशमलव ६५ मेट्रिक टन धान उत्पादन भएको ज्ञानकेन्द्र बाराले जनाएको छ ।

वि.सं.२०७६ असार १९ बिहीवार १२:५५ मा प्रकाशित

पच्चिस करोड नगद बरामद भएको घटनामा निष्पक्ष छानबिन गर्न सांसदहरूको माग

पच्चिस करोड नगद बरामद भएको घटनामा निष्पक्ष छानबिन गर्न सांसदहरूको माग

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले सोमबार काठमाडौँबाट करिब रु...

जीप दुर्घटनामा एक जनाको मृत्यु, तीन घाइते

जीप दुर्घटनामा एक जनाको मृत्यु, तीन घाइते

धवलागिरि (म्याग्दी) । पश्चिम म्याग्दीको मालिका गाउँपालिकामा जीप दुर्घटना हुँदा...

संविधान संशोधनअघि बृहत् समीक्षा गरौँ : प्रचण्ड

संविधान संशोधनअघि बृहत् समीक्षा गरौँ : प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल...

पच्चीस करोडभन्दा बढी विदेशी मुद्रा बरामद

पच्चीस करोडभन्दा बढी विदेशी मुद्रा बरामद

काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले राजधानीबाट...

सुनको मूल्य हालसम्मकै उच्च, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्य हालसम्मकै उच्च, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ ।...

बीस करोड बढी रकमसहित एकजना पक्राउ

बीस करोड बढी रकमसहित एकजना पक्राउ

काठमाडौं । प्रहरीले रु २० करोडभन्दा बढी रकमसहित एकजनालाई पक्राउ...