back

बस्तीभित्रका पानी उद्योग हटाउँदै उपमहानगर

वि.सं.२०७६ असार १९ बिहीवार

1.4K 

shares

१९ असार, बाँके । नेपालगञ्ज उपमहानगरपालिकाको घना बस्तीभित्र रहेको पानी उद्योग बन्द गरिने भएको छ ।

पानी उद्योगका कारण बस्तीमा पिउने पानीको सङ्कट गहिरिएपछि उपमहानगरपालिकाले उद्योग बन्द गर्ने निर्णय गरेको हो ।

“हाम्रो पहिलो प्राथमिकता जनता हो”, उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरि प्याकुरेलले भने “नगर क्षेत्रमा पानी उद्योग दर्ता कार्य बन्द भइसकेको छ ।” प्याकुरेलका अनुसार, गुनासा आएका क्षेत्रमा उद्योग सार्ने प्रक्रियाका लागि निर्देशन दिइसकिएको छ । जथाभावी पानी उद्योग खोल्न इजाजत दिँदा नगरका विभिन्न क्षेत्रमा खानेपानीको सङ्कट गहिरिएपछि उपमहानगरपालिकाले उद्योग नै बन्द गर्ने निर्णय गरेको उनले बताए ।

“निर्णय सम्बन्धित निकायमा पठाएका छौँ”, प्रमुख प्रशासकीय अधिकृत प्याकुरेलले भने “उद्योगका कारण नगरवासीका धारामा पानी आउनै छाड्यो । नगरका बस्ती नै सुख्खा हुन थालेपछि उपमहानगरपालिकाले उद्योग बस्ती बाहिर सार्ने नीति लिएको हो, हामीले सोहीअनुसार काम अघि बढाइरहेका छौँ ।”

उपमहानगरपालिकाको उक्त निर्णयप्रति पानी उद्योग सङ्घ बाँकेका पूर्वअध्यक्ष रचना श्रेष्ठले स्वभाविक र सकारात्मक प्रतिक्रिया जनाए । “जथाभावी उद्योग सञ्चालन इजाजत दिँदा अहिले यो समस्या आएको हो । कयौँ उद्योग सङ्कटमा परेका छन्”, उनले भने “नेपालगञ्जभित्र झण्डै ४० वटा पानी उद्योग सञ्चालनको सम्भावना नै रहेको छैन् ।”

यसैबीच, चरम गर्मीमा भूमिगत स्रोतको अभावले बन्द गरिएका दुई वटा पानी उद्योग अस्थायीरूपमा सञ्चालन गर्न उपमहानगरपालिकाले इजाजत दिएको छ । उद्योग सङ्घका पूर्वअध्यक्ष श्रेष्ठका अनुसार, न्यू सगरमाथा र वाइके ड्रिकिङ वाटरलाई सञ्चालन अनुमति दिइएको हो ।

वि.सं.२०७६ असार १९ बिहीवार १३:०९ मा प्रकाशित

Himalayan Life AD
वेस्टर्न मेगा कलेजद्वारा एमबिए अभिमुखीकरण कार्यक्रम सम्पन्न

वेस्टर्न मेगा कलेजद्वारा एमबिए अभिमुखीकरण कार्यक्रम सम्पन्न

बुटवल । वेस्टर्न मेगा कलेज, बुटवल-१५, रूपन्देहीद्वारा MBA 2025 Intake...

रुरुक्षेत्रका सबै स्वास्थ्य संस्थामा ल्याब सेवा

रुरुक्षेत्रका सबै स्वास्थ्य संस्थामा ल्याब सेवा

तम्घास (गुल्मी) । रुरुक्षेत्र गाउँपालिकाका सबै स्वास्थ्य संस्थामा ल्याब सेवा...

तुलसीपुरमा मौरीका चाका बनाउने उद्योग स्थापना

तुलसीपुरमा मौरीका चाका बनाउने उद्योग स्थापना

तुलसीपुर (दाङ) । दाङको तुलसीपुर उपमहानगरपालिका–१२ हरीपौरीका अशोककुमार शर्माले कुनै...

अतिक्रमित घर टहरा हटाउन सुरु

अतिक्रमित घर टहरा हटाउन सुरु

नेपालगञ्ज । रत्न राजमार्ग आसपासमा अतिक्रमण गरी बनाइएका घर टहरा...

सेजको भाडादर घट्दा उद्योगी उत्साहित

सेजको भाडादर घट्दा उद्योगी उत्साहित

भैरहवा (रुपन्देही) । भैरहवामा सञ्चालनमा रहेको विशेष आर्थिक क्षेत्र (सेज)...

जेनजी आन्दोलनका सहिदः जेनजी सहिद परिवारको माग : दोषीमाथि अविलम्ब कारबाही होस्

जेनजी आन्दोलनका सहिदः जेनजी सहिद परिवारको माग : दोषीमाथि अविलम्ब कारबाही होस्

नेपालगन्ज । गत भदौ २४ गते भएको जेनजी प्रदर्शनका क्रममा...