back
CTIZAN AD

ज्येष्ठ नागरिकलाई ‘बुढेसकालको लौरी’

वि.सं.२०७६ असार १९ बिहीवार

1.9K 

shares

१९ असार , तनहुँ। तनहुँको म्याग्दे गाउँपालिका–६ का ज्येष्ठ नागरिकलाई वडा कार्यालयले बुढेसकालको साथीको रूपमा लौरी वितरण गरेको छ ।

वडाभित्रका ८० वर्ष उमेर कटेका ८० ज्येष्ठ नागरिकलाई ‘आल्मुनियम फोल्डिङ स्टिक’ वितरण गरिएको हो । ज्येष्ठ नागरिकलाई राज्यले सामाजिक सुरक्षाभत्ता दिए पनि उक्त भत्ता लिन बैंकसम्म जान पनि समस्या रहेको हुँदा हिँड्डुलमा सहयोग पुगोस् भन्ने उद्देश्यले लौरी प्रदान गरिएको वडाध्यक्ष बसन थापाले जानकारी दिए ।

उनका अनुसार लौरीको सहायताले हिँड्डुल गर्दा ज्येष्ठ नागरिकको स्वास्थ्यमा पनि सहयोग पुग्ने अपेक्षा गरिएको छ । उक्त लौरी पोखराबाट प्रतिथान रु एक हजार २०० मा खरीद गरिएको हो ।

उक्त लौरी हिँड्डुल नगर्दाको समयमा फोल्डिङ गरेर झोलामा राख्न मिल्छ । वडा सदस्य निर्मला वाग्लेका अनुसार ज्येष्ठ नागरिकको सम्मानस्वरुप गत वर्ष चरसको थाल वितरण गरिएकामा यस वर्ष लौरी वितरण गरिएको हो । लौरी पाएपछि ८२ वर्षीय बुद्धिबहादुर थापाले लौरीको सहयोगमा हिँड्डुलमा सहज हुने बताए । लौरी नहुँदा घर वरपर हिँड्न पनि समस्या हुने गरेको सुनाउँदै उहाँले लौरीको सहायताले बैंकसम्म पुग्न सहज हुने बताए ।

अधिकांश ज्येष्ठ नागरिक काठको लौरी प्रयोग गर्न बाध्य छन् । काठको लौरी केही महीनापछि भाँच्चिने र अर्को लौरी खोज्न वा बनाउन पनि समस्या पर्ने हुँदा दुःख पाउने गरेको उनीहरुको गुनासो छ ।
लायन्सद्वारा ह्वीलचियर प्रदान
लायन्स क्लब इन्टरनेशनलले म्याग्दे गाउँपालिका–१ गुणादीका बलबहादुर थापालाई ह्वीलचियर प्रदान गरेको छ ।

सामान्य हिँड्डुल गर्न पनि नसक्ने थापालाई लायन्स क्लब अफ अन्तर्राष्ट्रिय ३२५ ‘बी १’ का सन् २०१८\१९ का गभर्नर अशोककुमार श्रेष्ठले ह्वीलचियर प्रदान गरेका हुन् ।

जन्मैदेखि अपाङ्गता भएका थापा शुरुमा सामान्य हिँड्नसक्ने भए पनि विगत ४\५ वर्षदेखि भने हिँड्डुल गर्न नसक्ने अवस्थामा छन् ।

वि.सं.२०७६ असार १९ बिहीवार १३:१६ मा प्रकाशित

एक हजार १८० रोपनीमा फलफूलखेती विस्तार

एक हजार १८० रोपनीमा फलफूलखेती विस्तार

गण्डकी । गण्डकी प्रदेशमा फलफूल विकास आयोजनामार्फत प्रारम्भिक चरणमा एक...

पोखरामा बहुवर्गीय निर्वाचन प्रणालीबारे बहस, गोपाल किराँतीद्वारा नयाँ अवधारणा प्रस्तुत

पोखरामा बहुवर्गीय निर्वाचन प्रणालीबारे बहस, गोपाल किराँतीद्वारा नयाँ अवधारणा प्रस्तुत

पोखरा । पोखरामा आयोजित एक वैचारिक अन्तरक्रिया कार्यक्रममा नेपालका कम्युनिस्ट...

चार लाख भारतीय रकमसहित पक्राउ

चार लाख भारतीय रकमसहित पक्राउ

नेपालगञ्ज । प्रहरीले अवैध कारोवारमा संलग्न भएका आरोपमा नेपालगञ्जस्थित बसपार्क...

बि.पी. विचार गोष्ठी एवम काव्य उत्सव– २०८३ सम्पन्न

बि.पी. विचार गोष्ठी एवम काव्य उत्सव– २०८३ सम्पन्न

वालिङ । नेपाली लेखक संघ (२००८), स्याङ्जाद्वारा ४४ औँ बि.पी....

अन्तरराष्ट्रिय उडान आकर्षित गर्न पोखरा विमानस्थलमा छुट

अन्तरराष्ट्रिय उडान आकर्षित गर्न पोखरा विमानस्थलमा छुट

गण्डकी । सरकारले पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा लाग्ने विभिन्न शुल्क छुट...

बर्खायाममा सडक विस्तारको कामले आवातजावतमा सास्ती

बर्खायाममा सडक विस्तारको कामले आवातजावतमा सास्ती

बागलुङ । बागलुङको ढोरपाटन आउने स्थानीय तथा पर्यटकहरुले आवातजावतमा सास्ती भोग्नुपरेको...