back
CTIZAN AD

बस्तीभित्रका पानी उद्योग हटाउँदै उपमहानगर

वि.सं.२०७६ असार १९ बिहीवार

1.6K 

shares

१९ असार, बाँके । नेपालगञ्ज उपमहानगरपालिकाको घना बस्तीभित्र रहेको पानी उद्योग बन्द गरिने भएको छ ।

पानी उद्योगका कारण बस्तीमा पिउने पानीको सङ्कट गहिरिएपछि उपमहानगरपालिकाले उद्योग बन्द गर्ने निर्णय गरेको हो ।

“हाम्रो पहिलो प्राथमिकता जनता हो”, उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरि प्याकुरेलले भने “नगर क्षेत्रमा पानी उद्योग दर्ता कार्य बन्द भइसकेको छ ।” प्याकुरेलका अनुसार, गुनासा आएका क्षेत्रमा उद्योग सार्ने प्रक्रियाका लागि निर्देशन दिइसकिएको छ । जथाभावी पानी उद्योग खोल्न इजाजत दिँदा नगरका विभिन्न क्षेत्रमा खानेपानीको सङ्कट गहिरिएपछि उपमहानगरपालिकाले उद्योग नै बन्द गर्ने निर्णय गरेको उनले बताए ।

“निर्णय सम्बन्धित निकायमा पठाएका छौँ”, प्रमुख प्रशासकीय अधिकृत प्याकुरेलले भने “उद्योगका कारण नगरवासीका धारामा पानी आउनै छाड्यो । नगरका बस्ती नै सुख्खा हुन थालेपछि उपमहानगरपालिकाले उद्योग बस्ती बाहिर सार्ने नीति लिएको हो, हामीले सोहीअनुसार काम अघि बढाइरहेका छौँ ।”

उपमहानगरपालिकाको उक्त निर्णयप्रति पानी उद्योग सङ्घ बाँकेका पूर्वअध्यक्ष रचना श्रेष्ठले स्वभाविक र सकारात्मक प्रतिक्रिया जनाए । “जथाभावी उद्योग सञ्चालन इजाजत दिँदा अहिले यो समस्या आएको हो । कयौँ उद्योग सङ्कटमा परेका छन्”, उनले भने “नेपालगञ्जभित्र झण्डै ४० वटा पानी उद्योग सञ्चालनको सम्भावना नै रहेको छैन् ।”

यसैबीच, चरम गर्मीमा भूमिगत स्रोतको अभावले बन्द गरिएका दुई वटा पानी उद्योग अस्थायीरूपमा सञ्चालन गर्न उपमहानगरपालिकाले इजाजत दिएको छ । उद्योग सङ्घका पूर्वअध्यक्ष श्रेष्ठका अनुसार, न्यू सगरमाथा र वाइके ड्रिकिङ वाटरलाई सञ्चालन अनुमति दिइएको हो ।

वि.सं.२०७६ असार १९ बिहीवार १३:०९ मा प्रकाशित

कलमा लामो समयसम्म कुराकानी गर्दा श्रवण क्षमता कमजोर हुन्छ

कलमा लामो समयसम्म कुराकानी गर्दा श्रवण क्षमता कमजोर हुन्छ

बाँके । लामो समयसम्म मोबाइलमा गरिने कुराकानीले ध्वनि प्रदूषण हुँदा...

म्याग्दीमा ७३ करोडको आलु र सुन्तला बिक्री

म्याग्दीमा ७३ करोडको आलु र सुन्तला बिक्री

म्याग्दी । एक वर्षको अवधिमा म्याग्दीबाट रु ७३ करोड मूल्यबराबरको...

दाङमा अब ग्यासको लागि लाइनमा बस्नु नपर्ने

दाङमा अब ग्यासको लागि लाइनमा बस्नु नपर्ने

दाङ ।  खाना पकाउने ग्यासका लागि घण्टौँ लाइन बस्नुपर्ने अवस्थाको...

जबरजस्ती करणी गरेको अभियोगमा पाल्पामा एक पुरुष पक्राउ

जबरजस्ती करणी गरेको अभियोगमा पाल्पामा एक पुरुष पक्राउ

पाल्पा ।  १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा रम्भा...

अशक्तका लागि घरमै पुग्छ नागरिकता र राष्ट्रिय परिचयपत्र

अशक्तका लागि घरमै पुग्छ नागरिकता र राष्ट्रिय परिचयपत्र

चैनपुर (बझाङ) । भित्तामा देखिएका एक थान स्टिलका पुराना भाँडाले...

भक्ताखोला डाइभर्सन निर्माण भएसँगै डुबानको त्रास हट्यो

भक्ताखोला डाइभर्सन निर्माण भएसँगै डुबानको त्रास हट्यो

राँझा (बाँके) । बाँकेको राप्ती सोनारी गाउँपालिका–९ का बासिन्दालाई हरेक...