२७ असार, काठमाण्डौं । विहिबारदेखि देशभरी सुरु भएको झरी साउन १ गते सम्म जारी रहने भएको छ । ज्योतिषशास्त्र अनुसार यहि असार ३१ गते खण्डग्रास चन्द्र ग्रहण लाग्दैछ । सामान्यतया ग्रहण लागेका बेलामा सामुद्रिक छाल उठ्ने, सुनामी आउने, निरन्तर वर्षा हुने ज्योतिषिहरुले बताएकाछन । उनीहरुका अनुसार अहिले पनि चन्द्रग्रहण लाग्ने समय नजिक आइरहेको छ । सामान्यतया पुर्णिमाको दिन पृथ्वी र चन्द्रमाको दुरी नजिक हुन्छ । त्यस माथी खण्डग्रास भएको बेला पृथ्वीको छायाँ नपरेको भाग झन शक्तिशाली हुन्छ । यस्तो बेला प्राकृतिक बिपत्तिको जोखिम बढ्ने बैज्ञानिकहरुले बताएका छन । यसपालीको चन्द्र ग्रहण २ घण्टा ५९ मिनेट लामो रहने बताईएकोछ ।
कसरी लाग्दछ त चन्द्र ग्रहण ?
सामान्यतया सुर्य, चन्द्रमा र पृथ्वी एउटै रेखामा परेको बेला पृथ्वीको छाँया चन्द्रमामा परेको अबस्थालाई ग्रहण लागेको भनिन्छ । चन्द्र ग्रहण प्राय पुर्णिमाको दिनमा मात्र लाग्दछ । प्रत्येक एक महिनामा औंसिको दिन पनि पृथ्वीको छायाँ नै चन्द्रमामा पर्ने हो । तर ग्रहण चाहिं केहि समय मात्र रहन्छ । अहिले लामो समय रहने गरिको खण्डग्रास चन्द्र गहण लाग्ने हुदाँ यसले प्राकृतिक बिपत्ति पनि निम्त्यउँछ त्यसकारण सबै जना सजग रहनु पर्ने ज्यतिषहरुले बताएकाछन ।
वि.सं.२०७६ असार २७ शुक्रवार १८:३४ मा प्रकाशित






























