back
CTIZAN AD

११ साउनमा लगाउन तयार खोप पानीले डुबायो

वि.सं.२०७६ साउन ७ मंगलवार

840 

shares


७ साउन, काठमाडौँ । असार २८ र २९ गतेको वर्षापछि आएको बाढीले महोत्तरीमा बालबालिकालाई लगाउन तयार राखिएको भ्याक्सिन बिगारेको छ ।

महोत्तरी स्वास्थ्य कार्यालयभित्र पसेको पानीले त्यहाँको स्टोरमा राखिएका विभिन्न प्रकारका आठ हजार तीनवटा खोप डुबेको हो । ठूलो मात्रामा भ्याक्सिन नष्ट भएपछि साउन ११ गतेदेखि लगाइने नियमित खोप प्रभावित हुने देखिएको हो ।

परिवार कल्याण महाशाखाका खोप अधिकृत भरत भण्डारीले बाढीका कारण ठूलो परिमाणमा भ्याक्सिन बिग्रिएको बताए । ‘एक महिनाका लागि भ्याक्सिन भण्डारण गरिएको थियो,’ उनले भने,‘अधिकांश बिग्रेका छन् ।’ उनका अनुसार स्टोर तीन फिटसम्म डुबेको थियो ।

बाढीबाट जिल्ला स्वास्थ्य कार्यालयमा रहेका १० वटामध्ये सातवटा रेफ्रिजेरेटर बिग्रेका छन्, हाल तीनवटा मात्रै रेफ्रिजेरेटर सञ्चालनमा रहेको भण्डारीले बताए । मंगलबारको नयाँ पत्रिका दैनिकबाट

वि.सं.२०७६ साउन ७ मंगलवार ०८:१८ मा प्रकाशित

सुनचाँदीकोे मूल्यमा सामान्य वृद्धि

सुनचाँदीकोे मूल्यमा सामान्य वृद्धि

काठमाडौँ ।  स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्यमा सामान्य वृद्धि भएको...

आजको मौसम: कोशी, बागमती र गण्डकीमा चट्याङसहित वर्षाको सम्भावना

आजको मौसम: कोशी, बागमती र गण्डकीमा चट्याङसहित वर्षाको सम्भावना

काठमाडौँ । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहनुका साथै...

समानुपातिकतर्फका उम्मेदवारलाई बुधबार प्रमाणपत्र दिइने

समानुपातिकतर्फका उम्मेदवारलाई बुधबार प्रमाणपत्र दिइने

काठमाडौँ । निर्वाचन आयोगले यही चैत ५ गते समानुपातिक निर्वाचन...

ग्यासको अवैध कारोबार भइरहेको सूचना पाए जानकारी दिन विभागद्वारा अनुरोध

ग्यासको अवैध कारोबार भइरहेको सूचना पाए जानकारी दिन विभागद्वारा अनुरोध

काठमाडौँ । अन्तरराष्ट्रिय बजारमा देखिएको अभावलाई कारण बनाएर खाना पकाउने...

गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल नियमित सञ्चालनमा ल्याउन माग

गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल नियमित सञ्चालनमा ल्याउन माग

सिद्धार्थनगर (भैरहवा) । गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थललाई तत्काल पूर्ण क्षमतामा सञ्चालनमा...

पूर्वी नाकाबाट भित्रिए छ हजार ७९१ पर्यटक

पूर्वी नाकाबाट भित्रिए छ हजार ७९१ पर्यटक

झापा । पूर्वी नाका काँकडभिट्टा हुँदै आठ महिनामा छ हजार...