back
CTIZAN AD

चार लाख बिरामी लाई सिएमसीले दियो सेवा

वि.सं.२०७६ साउन १३ सोमवार

984 

shares


१३ साउन, काठमाडौँ । एकदशकदेखि सेवा दिँदै आएको चितवन मेडिकल कलेज (सिएमसी) मा एक वर्षमा चार लाखभन्दा बढी बिरामीले उपचार पाएका छन् ।

आर्थिक वर्ष २०७५÷०७६ मा बहिरङ्ग सेवा (ओपिडी) मा चार लाख ४४ बिरामीलाई सेवा दिइएको छ । अस्पतालका निर्देशक डा दयाराम लम्सालले सो अवधिमा ३२ हजार ५७६ जनाको आकस्मिक कक्षमा उपचार भएको जानकारी दिए । आकस्मिक कक्षमा उपचार गराउन आउनेमध्ये ३६ प्रतिशत दुर्घटनाका विरामी हुन् । सोही अवधिमा ४२ हजार ७०६ बिरामी भर्ना भएर सेवा लिएका छन् । त्यस्तै दुई हजार ९९३ ले निःशुल्क प्रसूति, सात हजार ८३० ले शल्यक्रिया, दुई हजार ५२८ ले मुख्य शल्यक्रिया सेवा लिएका छन् ।

गत आर्थिक वर्षमा ११ हजार ११ जनाको सिटिस्क्यान, दुई हजार ९७९ को एमआरआई, ५१ हजार ८६९ को युएसजी ९भिडियो एक्स–रे० गरिएको थियो । सो अवधिमा ७४ हजार ४६३ जनाले बीमामार्फत सेवा लिए । भर्ना हुने बिरामीमध्ये पाँच हजार ६८४ जनाले बीमा सेवा उपयोग गरेको अस्पताल प्रबन्धक पारस अधिकारीले जानकारी दिए ।

अस्पताले गत आर्थिक वर्षमा सात जिल्लाका १२ ठाउँमा स्वास्थ्य शिविर सञ्चालन गरेर छ हजार ५५१ जनालाई सेवा दिएको थियो । अस्पतालले ७०० श्ययाको अनुमति लिएको छ । शुरुआतका वर्षमा अस्पतालबाट थप उपचारका लागि काठमाडौँ जानेको सङ्ख्या ठूलो भए पनि हाल यो सङ्ख्या एक प्रतिशतभन्दा कम रहेको अधिकारीले दावी गरे।

यसैबीच अस्पतालले विश्व हेपाटाइटिस डे ९जुलाई २८० का अवसरमा आइतबारदेखि कलेजो प्रत्यारोपण सेवा शुरु गरेको छ । अस्पतालका निर्देशक डा लम्सालका अनुसार कलेजो रोगको बहिरङ्ग (ओपिडी) सेवा शुरु गरिएको हो ।

चितवनमा नै पहिलोपटक हेपाटाइटिस तथा कलेजो प्रत्यारोपण विशेषज्ञ डा सागर पौडेलबाट दैनिकरुपमा यो सेवा उपलब्ध हुँदै आएको छ । अस्पतालले कलेजो प्रत्यारोपणको स्वीकृतिसमेत पाइसकेको छ । अस्पतालका अध्यक्ष एवं प्रबन्ध निर्देशक प्रा डा हरिशचन्द्र न्यौपानेले कलेजो प्रत्यारोपणको दक्ष जनशक्ति तयार भइसकेको जानकारी दिँदै अस्पताललाई देशकै कलेजो प्रत्यारोपणको केन्द्र बनाउने लक्ष्य रहेको बताए ।

उहाँका अनुसार बहिरङ्ग सेवामा कलेजो दिने र लिने दुवैको स्वास्थ्य परीक्षण, परामर्श सेवा दिइनेछ । न्यौपानेका अनुसार चितवन मेडिकल कलेज निजीमा सबैभन्दा बढी सङ्कायको पढाइ गर्ने कलेज हो । प्रविणता प्रमाणपत्रतह देखि स्नातकोत्तरसम्मको स्वास्थ्यसँग सम्बन्धित विभिन्न २६ वटा सङ्कायको पढाइ हुँदै आएको छ ।

न्यौपानेले सघन उपचार तथा बाल सघन उपचार कक्षजस्ता अत्यावश्यक जटिल उपचारमा पनि अस्पतालले सेवा दिइरहेको बताए। गङ्गालालपछिको मुटु रोगको उपचारमा चितवन मेडिकल कलेजलाई लिइने गरेको न्यौपानेको दावी छ । (रासस)

वि.सं.२०७६ साउन १३ सोमवार १३:५५ मा प्रकाशित

प्रधानमन्त्रीद्वारा पशुपतिनाथको दर्शनसहित रुद्राभिषेक पूजा

प्रधानमन्त्रीद्वारा पशुपतिनाथको दर्शनसहित रुद्राभिषेक पूजा

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आज बिहान पशुपतिनाथको दर्शन गरी...

पर्यापर्यटनको केन्द्रका रूपमा विकास हुँदै ‘म्हाजु’

पर्यापर्यटनको केन्द्रका रूपमा विकास हुँदै ‘म्हाजु’

वालिङ (स्याङ्जा) । आँधीखोला गाउँपालिका–१ मा अवस्थित म्हाजु भञ्ज्याङ पर्यटकको...

सुनचाँदीकोे मूल्य घट्यो

सुनचाँदीकोे मूल्य घट्यो

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्य घटेको छ ।...

जग्गा विवादमा आमाको हत्या

जग्गा विवादमा आमाको हत्या

कञ्चनपुर । दोधारा–चाँदनी नगरपालिका–४ माननीय चोक निवासी हरिप्रसाद श्रेष्ठले ७५...

लागुऔषधसहित सात जना पक्राउ

लागुऔषधसहित सात जना पक्राउ

भद्रपुर (झापा) । लागुऔषध खैरो हिरोइनसहित सात जना पक्राउ परेका...

नौ करोड दुई लाखमा बन्यो फलेवास नगरपालिकाको भवन

नौ करोड दुई लाखमा बन्यो फलेवास नगरपालिकाको भवन

पर्वत । सङ्घीय सरकारको ५० प्रतिशत अनुदान र ५० प्रतिशत...