back
CTIZAN AD

राष्ट्रिय पोशाक अनिवार्य गराउन पहल गर्ने – नेता नेपाल

वि.सं.२०७६ साउन १८ शनिवार

3.1K 

shares

१८ साउन, ललितपुर । नेपाल कम्युनिष्ट पाटी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले देशको पहिचान अघि बढाउन राष्ट्रिय पोशाकको महत्वपूर्ण भूमिका रहेको बताएका छन् ।

‘हाम्रो शान, हाम्रो पहिचान, राष्ट्रिय पोशाक संरक्षण महाअभियान’ भन्ने मूलनाराका साथ ललितपुरमा राष्ट्रिय पोशाक संरक्षण महाअभियानले शुक्रबार आयोजना गरेको ‘औपचारिक राष्ट्रिय पोशाक घोषणामा आमनागरिकको भूमिका विषयक विचार गोष्ठी’मा उनले नेपालमा राष्ट्रिय पोशाक अनिवार्य गराउन पहल गर्ने बताए ।

“हरेक नेपालीले राष्ट्रिय पोशाक लगाउँदा नेपालको शान र मानअघि बढाउन सहयोग गर्दछ”, उनले भने, “नेपाली टोपीले विदेशी मुलुकमा नेपालीको परिचय अघि बढाएको उदाहरण मैले स्वयम् पाएको छु ।” आफू प्रधानमन्त्री भएर विदेशी मुलुकका कार्यक्रममा जाँदा शिरको टोपी देखेर अमेरिकाका पूर्वराष्ट्रपति बाराक ओबामाले आफू सामुन्ने आइ अन्य मुलुकका मानिसको बीचमा मिस्टर नेपाल भनी हात मिलाउन आउँदा देशको सान बढेकोे नेता नेपालले बताए ।

उनले नेपालका पुरुषका तुलनामा महिलाले राष्ट्रिय पोशाकको सम्मान गर्दै अघि बढेका उल्लेख गरे । नयाँ पुस्ताले आफ्ना पूर्खाबाट हरेक सकारात्मक कुरा सिकी नेपालको पहिचान अघि बढाउन उनले आग्रह गरे । हरेक वर्ष राष्ट्रिय दिवसका दिन प्रत्येक कार्यालय र निकायमा कार्यरत कर्मचारीलाई अनिवार्य राष्ट्रिय पोशाक लगाउन नेता नेपालले आह्वान गरे ।

महाअभियानका अध्यक्ष विवश घिमिरेले नेपाली दौरा सुरुवाल, टोपी र गुन्यू चोलीलाई राष्ट्रिय पोशाकका रूपमा अनिवार्य गर्न माग गरे । उनले भने, “नेपालका विभिन्न जात जातिको पहिचान अघि बढाउन राष्ट्रिय पोशाक सङ्ग्रहालय स्थापना गर्न आवश्यक छ ।”

सांसद नवराज सिलवालले राष्ट्रिय पहिचान भएका मुलुक विकासको गतिमा अघि बढिरहेका बताए । प्रदेशसभा सदस्य लालकुमारी पुनले नेपालको सभ्यता झल्काउन राष्ट्रिय पोशाकले सदैव हरेक नेपालीलाई सहयोग गर्ने बताए ।

नेपाली काङ्ग्रेस नेता कृष्णप्रसाद सिटौलाले नेपालका सबै जातजाति भाषाभाषी एकै स्थानमा समेट्न राष्ट्रिय पोशाक सङ्ग्रहालयले सहयोग गर्नेमा जोड दिए । वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीले विभिन्न क्षेत्रमा सरकारले नीति बनाए जसरी नेपालमा राष्ट्रिय पोशाक नीति बनाउन आवश्यक रहेको बताए । (रासस)

वि.सं.२०७६ साउन १८ शनिवार ०७:५७ मा प्रकाशित

प्रधानमन्त्रीद्वारा पशुपतिनाथको दर्शनसहित रुद्राभिषेक पूजा

प्रधानमन्त्रीद्वारा पशुपतिनाथको दर्शनसहित रुद्राभिषेक पूजा

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आज बिहान पशुपतिनाथको दर्शन गरी...

पर्यापर्यटनको केन्द्रका रूपमा विकास हुँदै ‘म्हाजु’

पर्यापर्यटनको केन्द्रका रूपमा विकास हुँदै ‘म्हाजु’

वालिङ (स्याङ्जा) । आँधीखोला गाउँपालिका–१ मा अवस्थित म्हाजु भञ्ज्याङ पर्यटकको...

सुनचाँदीकोे मूल्य घट्यो

सुनचाँदीकोे मूल्य घट्यो

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्य घटेको छ ।...

जग्गा विवादमा आमाको हत्या

जग्गा विवादमा आमाको हत्या

कञ्चनपुर । दोधारा–चाँदनी नगरपालिका–४ माननीय चोक निवासी हरिप्रसाद श्रेष्ठले ७५...

लागुऔषधसहित सात जना पक्राउ

लागुऔषधसहित सात जना पक्राउ

भद्रपुर (झापा) । लागुऔषध खैरो हिरोइनसहित सात जना पक्राउ परेका...

नौ करोड दुई लाखमा बन्यो फलेवास नगरपालिकाको भवन

नौ करोड दुई लाखमा बन्यो फलेवास नगरपालिकाको भवन

पर्वत । सङ्घीय सरकारको ५० प्रतिशत अनुदान र ५० प्रतिशत...