back
CTIZAN AD

सिमेनको स्थापना दिवसमा वृक्षरोपण

वि.सं.२०७६ साउन २० सोमवार

960 

shares

२० साउन, काठमाडौँ । नेपाल सौर्य विद्युत् उत्पादक सङ्घ (सिमेन) को १९औँ स्थापना दिवसको अवसरमा आज टोखा नगरपालिका– ३ भूतखेलस्थित इन्द्रायणी सामुदायिक वनमा विभिन्न १९ प्रकारका फलफूलका बिरुवा रोपिएको छ ।

वृक्षरोपण कार्यक्रममा पूर्वमन्त्री गणेश शाहले शहरी वातावरणीय स्वच्छताका लागि रोपिएका बिरुवाको संरक्षण गर्नु आवश्यक भएको बताए। उनले यस प्रकारका कार्यक्रमबाट वातावरण व्यवस्थापनमा सन्देशमूलक भूमिका निर्वाह गर्न निरन्तरता दिनुपर्नेमा जोड दिए ।

सङ्घका अध्यक्ष किरण गौतमले सङ्घले स्वच्छ ऊर्जाको माध्यमबाट वातावरणको क्षेत्रमा पनि काम गर्दै आएको उल्लेख गर्दै वृक्षरोपण कार्यक्रमबाट शहरी वातावरणलाई स्वच्छ बनाउने अभियान थालनी गरिएको बताए ।

सो अवसरमा टोखा नगरपालिकाका उपप्रमुख ज्ञानमाया डङ्गोल, वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका निर्देशक नवराज ढकाल, नवीकरणीय ऊर्जा परीक्षण केन्द्रका कामु महाप्रबन्धक डा रवीन्द्र ढकाल, नवीकरणीय ऊर्जा परिसङ्घका अध्यक्ष गुणराज ढकालले वृक्षरोपण र नवीकरणीय ऊर्जा प्रविधिको अन्योन्याश्रित सम्बन्ध रहेको चर्चा गरे।

नवीकरणीय ऊर्जा प्रविधि महत्व र उपयोगका लागि सक्रिय रहेका विभिन्न निकाय तथा सङ्घ संस्थाको प्रतिनिधिको सहभागितामा भएको सो कार्यक्रममा वातावरण संरक्षण र जलवायु परिवर्तनको असर न्यूनीकरणको लागि स्वच्छ ऊर्जा प्रविधिको रुपमा सौर्य विद्युत् ऊर्जा प्रणालीले पु¥याएको योगदानबारेमा चर्चा गरिएको थियो ।

नेपालको ऊर्जा सङ्कट कम गर्न र ग्रामीण विद्युतीकरण गर्न सदस्य कम्पनीको माध्यमबाट आफ्ना गतिविधि सञ्चालन गर्दै आइरहेको सङ्घ देशभरि क्रियाशील रहेका सौर्य विद्युत् उत्पादन हुने विभिन्न प्रणाली उत्पादन, बिक्री र जडान गर्ने निजी कम्पनीको छाता सङ्गठन हो । हाल यस सङ्घमा ११० कम्पनी सदस्य रहेका छन् । (रासस)

वि.सं.२०७६ साउन २० सोमवार १५:४८ मा प्रकाशित

ललितपुरमा दुई स्थानमा अस्थायी मतदान केन्द्र

ललितपुरमा दुई स्थानमा अस्थायी मतदान केन्द्र

ललितपुर । आगामी फागुन २१ गते तय गरिएको प्रतिनिधिसभा सदस्य...

सिरहा–३ का जसपा नेपालका उम्मेदवार अशेश्वर यादव पक्राउ

सिरहा–३ का जसपा नेपालका उम्मेदवार अशेश्वर यादव पक्राउ

गोलबजार (सिरहा)। गैरकानुनी गतिविधि गरेको आरोपमा जनता समाजवादी पार्टी ९जसपा०...

यस्तो छ, निर्वाचनमा खटिने कर्मचारीले पालना गर्नुपर्ने आचरण

यस्तो छ, निर्वाचनमा खटिने कर्मचारीले पालना गर्नुपर्ने आचरण

काठमाडौँ । निर्वाचनमा खटिने कर्मचारीले आफ्ना सेवा समूहसम्बन्धी कानुनमा व्यवस्था...

कुपण्डोलस्थित दाउरा थकालीमा लागेको आगो नियन्त्रणमा

कुपण्डोलस्थित दाउरा थकालीमा लागेको आगो नियन्त्रणमा

पाटन (ललितपुर) । ललितपुरको कुपण्डोलस्थित दाउरा थकालीमा लागेको आगो नियन्त्रणमा...

यस्तो छ, निर्वाचनमा खटिने कर्मचारीले पालना गर्नुपर्ने आचरण

यस्तो छ, निर्वाचनमा खटिने कर्मचारीले पालना गर्नुपर्ने आचरण

काठमाडौँ । निर्वाचनमा खटिने कर्मचारीले आफ्ना सेवा समूहसम्बन्धी कानुनमा व्यवस्था...

निर्वाचनका लागि उपत्यकाबाट बाहिरिँदै मतदाता

निर्वाचनका लागि उपत्यकाबाट बाहिरिँदै मतदाता

काठमाडौँ । बिहिबार हुन गइरहेको प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै काठमाडौँ...